Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ। गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो। मङ्गलवार, बुधवार र हिजो बिहीवार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुलेको हो। यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ।

Read More

डडेल्धुरा: डडेल्धुराको प्रसिद्ध जगन्नाथ मेला मंसिर १३ गते लाग्ने भएको छ। स्थानीय भाषामा ‘खोलेइ जाँत’ नामले परिचित जगन्नाथ मंसिर १२ गते रतेडी र १३ गते (दिउसेडी) मेला लाग्ने भएको हो। अजयमेरु गाउँपालिका ३ र ४ को चिपुरमा रहेको जगन्नाथ मन्दिरमा राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। गुनपाल ,चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा ‘देउरो’ आएर मेला हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए। पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गर्नेको बिहानैदेखि भक्तजनको भिड लाग्छ। ‘खोलेइ जाँत’ को रूपमा मानिने यो मेला हेर्नका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट श्रद्धालुहरु आउने गर्दछन्। साथै संरक्षणका साथ…

Read More

काठमाडौं : सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो।  टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेकाे सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनकाअनुसार हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

Read More

धनगढी: कैलालीको धनगढीकी सरिता(नाम परिवर्तन) गत माघमा आफ्नो काममा निस्किइन्। उनलाई बाटोमा एक अन्जान व्यक्तिले रोके। आफ्नो नाम मनोज कुँवर बताउने व्यक्तिले सरितालाई ‘तपाईंको श्रीमान् र मेरो बहिनीको अफेयर चलेको छ’ भनेर सुनाए। उनले दुवैजना टिकटकमा कुराकानी गर्ने र उनीहरुको मेसेज आफूसँग रहेको बताए। त्यो सुनेपछि सरिता छक्क परिन्। श्रीमानको बारेमा त्यस्तो नानाथरी कुरा सुन्दा उनलाई विश्वास लागेन। अर्को दिनको भेटमा मनोजले सरिताका श्रीमान् र आफ्नी बहिनी भनिएकी युवती मनिषा(नाम परिवर्तन) मो मेसेज देखाए। तर, उनले भनेजस्तै अफेयर पुष्टि हुने खालका कुराकानी भने ती मेसेजमा थिएनन्। सरिताले उक्त कुरा आफ्ना श्रीमानलाई सुनाइन्। श्रीमानले आफूहरुको बीचमा त्यस्तो केही नरहेको तथा ती…

Read More

कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ। शुक्लाफाटा नगरपालिका–१० टोटि बस्ने ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा भान्सा घर तथा गोठ र सोही ठाउँका ५० वर्षीय तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट दुवै जनाको गरी करिब ३ लाख रूपैयाँ बरारबरको धनमाल नष्ट भएको छ।

Read More

जाजरकोट : जाजरकोटमा भूकम्पपछि त्रिपालमा बस्दै आएका चार जना दीर्घरोगीको ज्यान गएको छ । गएको कात्तिक १७ गतेको भूकम्पपछि दुई हप्तामा तीन जना वृद्ध र एक महिलाको ज्यान गएको हो । घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको मङ्गलवार र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको बुधवार ज्यान गएको स्थानीयवासीले बताएका छन् । कार्की र सिंह दमका बिरामी थिए । यसअघि कात्तिक २४ गते शुक्रवार नलगाड नगरपालिका–४ का ८४ वर्षका गोपालबहादुर रावल र ४८ वर्षकी पम्फा रावलको ज्यान गएको थियो । गोपालबहादुर दम र पम्फा निमोनियाबाट पीडित थिए । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका…

Read More

काठमाडौं: लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ साढे २ सयभन्दा बढी कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो। आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो। उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ।

Read More

काठमाडौँ: आजदेखि विधिवत् रूपमा छठ पर्व सुरु भएको छ। विशेषगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ। भगवान् सूर्यको पूजाआराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ। छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ। छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ। अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने व्रतालुले शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रूपमा स्नान गरी अरुवा…

Read More

काठमाडौं: अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको छ । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । अब आइतबार अस्ट्रेलियाले विश्वकपको उपाधिका लागि भारतको सामना गर्नेछ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ सय १२ रन बनाएको थियो, जवाफमा अस्ट्रेलियाले ४८औँ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अस्ट्रेलिया आठौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा पाँच पटक विजेता बनेको थियो । उसले १९८७, १९९९, २००३, २००७ र २०१५ को विश्वकप जितेको…

Read More

काठमाडौँ : हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको  आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी,  बागमती, गण्डकी  प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका उच्च…

Read More