Author: महेन्द्रनगर पोष्ट

मोरङ: मोरङको उर्लाबारीमा गएराति भएको आगलागीमा २८ जना घाइते भएका छन्। घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ। घाइते हुनेहरुमा चार जना प्रहरी पनि रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए। स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको हो। घाइतेहरुको विराटनगर र बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लक्ष्मी पूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी समेत घाइते भएका हुन्। आगलागी नियन्त्रणमा आएको र अरु विस्तृत विवरण सङ्कलनको काम भइरहेको डीएसपी दाहालले जानकारी दिए।

Read More

धनगढी : कैलालीसँग जोडिएको सीमावर्ती भारतीय बजार वनगाउँमा नेपालीमाथि कुटपिट गरिएको छ। किनमेलका लागि सीमावर्ती बजार वनगाउँ पुगेका कैलालीका तीन जनामाथि त्यहाँका स्थानीय व्यापारीले कुटपिट गरेका हुन्। कुटपिटबाट २३ वर्षीय झलक कुँवरसहितका तीन जना घाइते भएका छन्। कुटपिटमा परेका अन्य दुई जनाले भने परिचय गोप्य राखिदिन आग्रह गरेका छन्। कपडा किन्न वनगाउँ पुगेका बेला कपडा व्यापारीले टाउकोमा हानेको कुँवरले बताए। लुगा नेपालभन्दा महँगो भयो भनेकै कारण व्यापारीहरु मिलेर आफूमाथि कुटपिट गरेको उनको भनाइ छ। उनीमाथि वनगाउँ बजारमा रहेको न्यू बलाजी किराना स्टोर र गोल्डी कल्थ कलेक्सनका सञ्चालकले कुटपिट गरेका हुन्।

Read More

भोजपुर : लक्ष्मीपूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ।  जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए। आगलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाडावर्तन, सुनका गरगहना, र नगद रु १५ हजारसमेत नष्ट भएको उनले बताए। जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

Read More

राैतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा लुटेरा समूहले लाखौँको धनमाल लुटपाट गरेका छन्। सो क्रममा लुटेरा समूहले आक्रमण गर्दा दुई जना महिला घाइते समेत भएका छन्।  आइतबार राति ४ जना भन्दा बढीको सङ्ख्यामा आएका लुटेराहरूले चन्द्रपुर ५ का सोनेलाल चौधरीको घरमा लुटपाट गरेको प्रहरीले जनाएको छ। घरको मुलगेट फुटाएर प्रवेश गरेका उनीहरूले चौधरीको श्रीमती कान्ति चौधरी र छोरी नीकम चौधरीलाई धारिलो हतियार प्रहार गरी घाइ बनाएका हुन्। लक्ष्मीपूजा गर्ने क्रममा राखिएको नगद १ लाख ४५ हजार, १४ तोला सुन, ५४ तोला चाँदी लुटेरा समूहले लगेको पीडित परिवारले जनाएको छ। घाइते दुवै जना महिलाहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय…

Read More

कैलाली: जिल्ला प्रशासन कार्यालय कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको छ। सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ।

Read More

बैतडी: बैतडीको पुर्चौंडीमा एक घरमा आगलागी भएको छ। पुर्चौंडी नगरपालिका वडा नं १ डाँडाकोटस्थित जयानन्द जोशीको घरमा आइतबार राति साढे ९ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। लक्ष्मीपूजाको राति जोशीको दुई तले आठकोठे कच्ची घरमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। जोशीमा घरमा लागेको आगो एकघण्टापछि राति साढे दश बजे नियन्त्रणमा लिइएको थियो। सबैले मिलेर आगलागी नियन्त्रणमा लिएकाले मानवीय र पशुचौपायामा क्षति हुन नपाएको प्रहरी निरीक्षक केसीले बताए। आगलागीबाट जोशीको घरभित्र रहेको अन्नपात, लत्ताकपडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन्। आगलागीबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको छ।

Read More

हेटौँडा: हेटौँडा उपमहागनरपालिका–११ राप्ती पुलनजिक आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कमलडाँडा बस्ने २२ वर्षीय महेन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। थापाले चलाएको मोटरसाइकलमा दुई युवती सवार थिए। पछाडी सवार हेटौँडा उपमहानगरपालिका–२ संगमचोक बस्ने १८ वर्षीया बेबिसा खड्की र हेटौँडा–५ गर्दोही बस्ने १९ वर्षीया बिनिता थापा घाइते भएका छन्। खड्कीलाई थप उपचारको लागि गए राति साढे ११ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ। थापा उपचारपछि डिस्चार्ज भएकी छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट थानाभर्याङतर्फ…

Read More

मुस्ताङ: लामो समयदेखि बन्द रहेको मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा आउने भएको छ। गण्डकी प्रदेशलाई चीनसँग जोड्ने प्रमुख नाका आज बिहान १० बजेदेखि सञ्चालनमा आउन लागेको हो। नेपाल र चिनियाँ अधिकारीले एक संयुक्त कार्यक्रममार्फत नाका सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी गरेका छन्। कोरोना महामारी फैलिने डरले चीनले उक्त नाका बन्द गरेको थियो ।

Read More

डोटी : डोटी उद्योग वाणिज्य संघले आयोजना गरेको चिट्ठा उपहार कार्यक्रम ‘लक्ष्मीको नजर कसलाई ?’ मा ३ वर्षीय बालक सारांश भट्ट मुख्य विजेता वनेका छन्। आइतबार दिपायल पिपल्लामा खोलिएको चिट्टाबाट दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका सारांशले १५० सिसीको बजाज पल्सर मोटरसाइकल जितेका हुन्। विजया दशमी, शुभ दीपावली तथा छठ पर्व–२०८० को उपलक्ष्यमा खेलाइएको चिट्ठा उपहार कार्यक्रममा सारांशका बुवाले छोराको नाममा चिट्ठा काटेका थिए । चिट्ठा कार्यक्रममा शिखर नगरपालिका–१० का विक्रम नाथ दोस्रो भएका छन् । उनले ‘सामसुङ ग्यालेक्सी एजिरोफोरएस’ मोबाइल जितेका छन् । त्यस्तै, तेस्रो भएका शिखर नगरपालिका–२ मुडेगाउँका ऋषिराज जोशीले १० हजार रुपैयाँ नगद उपहार प्राप्त गरेका डोटी उद्योग वाणिज्य…

Read More

काठमाडौं : आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।  उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Read More