Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको छ । भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको रोमाञ्चक सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई तीन विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो । अब आइतबार अस्ट्रेलियाले विश्वकपको उपाधिका लागि भारतको सामना गर्नेछ । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ सय १२ रन बनाएको थियो, जवाफमा अस्ट्रेलियाले ४८औँ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । अस्ट्रेलिया आठौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो । अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा पाँच पटक विजेता बनेको थियो । उसले १९८७, १९९९, २००३, २००७ र २०१५ को विश्वकप जितेको…

Read More

काठमाडौँ : हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको  आंशिक प्रभाव र कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी,  बागमती, गण्डकी  प्रदेशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । बागमती र गण्डकी प्रदेशका उच्च…

Read More

भक्तपुर : भक्तपुरको सूर्यविनायकमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त थिमीबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका–४ पाल्लेटारस्थित खोल्साको झाडीमा नवजात शिशु (बालिका) मृत अवस्थामा फेला पारेको हो । झाडीमा उक्त शिशु हिजो साँझ मृत भेटिएको बताइएको छ । प्रहरीले शिशुको शव कानूनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौं : सिरहामा लागुऔषधसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । लहान नगरपालिका–१९ का २२ वर्षीय विजय महतो लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय, लहानबाट खटिएको टोलीले उनको कोठा खोजतलास गर्ने क्रममा सिरानीको खोलभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको बताइएको छ । प्रहरीका अनुसार नाइट्राभेट ६० पिस र साइप्रोन १६ पीस बरामद भएको छ । त्यस्तै, पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

काठमाडौं: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्। उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए। पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए। स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुला कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर डडेल्धुरा रहेको…

Read More

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ रहेका ८१ सैनिक नेपाल फर्किएका छन् । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ८१ सैनिक नेपाल फर्किएका हुन् । ईओडी गुल्म (शा.से.) नवौँ डफ्फाका ८१ जना नेपाली शान्ति सैनिक प्रमुख सेनानी चित्र कुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा आज स्वदेश फिर्ता भएको छ । मालीमा तैनाथ शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसंघको निर्णय अनुरुप नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरत समेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली नेपाल आइपुगेको हो । नेपाल संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका…

Read More

काठमाडौँ : युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रस तथा सेन्टिग्रेड महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।

Read More

काठमाडौँ : चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म फिल्म हलहरूमा प्रदर्शन हुने भएको छ। विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’को प्रदर्शनी रोक्ने घोषणा गरेका थिए। निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका थिए। उक्त घोषणापछि बिहीबार नेपाल चलचित्र सङ्घ र ‘दिमाग खराब’को निर्माताहरूबीच छलफल भएको हो। सङ्घका महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै छलफल सकारात्मक भएको बताएका छन्। यस्तै बाँकी विषयमा आउँदो मंगलबार पुनः छलफल गर्ने र त्यतिन्जेल चलचित्र पनि प्रदर्शन जारी राख्ने निर्णय भएको हो। चलचित्र यही कात्तिक २४ गतेदेखि प्रदर्शनीमा आएको थियो।

Read More

सोल : आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ । तीव्ररूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमानेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ । बैंक अफ कोरियाको नयाँ अध्ययनमा घरेलु स्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ३९ लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा रहेको व्यवसायमा पर्नेछन् । “उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएका कामदारहरूले एआईको ठूलो जोखिमको…

Read More

काठमाडौँ : तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ। यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ। सोही अवधिमा प्रहरीले पटाका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो। उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटाका बरामद गरिएको थियो। उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु…

Read More