काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको अनुसन्धानका लागि भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ ।
फ्लाई दुबईको उडानमार्फत आएका रसुवाका चन्द्र घलेलाई सुनसहित विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा थप चार जना पक्राउ परेका छन् । उनीहरूको प्राविधिक पक्षको विश्लेषणका लागि भन्सार कार्यालयले सीआईबीको सहयोग मागेको हो ।
सीआईबीबाट प्राविधिक सहयोगका लागि केही अधिकृतहरूलाई खटाइएको बताइएको छ । यसअघि विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन प्रकरणको अनुसन्धान सीआईबीले गरेको थियो । भन्सारले सुन प्रकरणको छानबिनका लागि प्रमुख भन्सार अधिकृत मनिराम पौडेल नेतृत्वमा समिति बनाएको छ ।
Facebook Comments Box