Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढी उपमहानगरपालिका–४ का शिक्षक योगेन्द्र ओझाको घरबाट चोरी गरिएका सुनका गरगहना खाल्डोमा लुकाएको अवस्थामा फेला परेको छ । नगद, सुन र चाँदीका गरगहना चोरी गरेका धनगढी उपमहानगरपालिका–१८ फुलबारी बस्ने ३१ वर्षीय हर्कबहादुर गिरीले धनगढी उपमहानगरपालिका–१ मा खाल्डोमा लुकाएको अवस्थामा गरगहना फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमले शिक्षक ओझाको घरबाट गिरीले चोरी गरेको सुनको एउटा नौगेडी, २ वटा मंगलसुत्र, ३ वटा सुनका माला, एउटा बाला र १६० वटा टप खाल्डोमा गाडिएको अवस्थामा भेटिएको जानकारी दिए । प्रहरीले घटनास्थल कार्य सकेर उक्त गरगहना बरामद गरेको छ । बुधबार शिक्षक ओझाको घरमा कोही नभएको…

Read More

काठमाडौं : हिन्दु धर्ममा जातीय विभेद भएको भन्दै बेलाबेला टिकाटिप्प्णी हुने गर्छ । कतिपयले जात र लिंगको नाम दिएर हिन्दु धर्मको विरोध नै गर्ने गर्छन् । तर, ती भाष्यलाई चुनौती दिंदै मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने, “संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा…

Read More

काठमाडौं : नेपाली सेनाले पाँच जना सहायक रथी र आठ जना महासेनानीको सरुवा गरेको छ । सेनाको भाषामा काज नियुक्ति पाउने पाँच जनामध्ये पहिलो नम्बरमा सैनिक कल्याणकारी निर्देशनालयका सहायक रथी किरण केसीलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा लगिएको छ । प्रधान सेनापतिको कार्यालयका विष्णुकुमार खड्कालाई सैनिक सचिव विभागको अतिरिक्त समूहमा, विपद् व्यवस्थापन निर्देशनालयका प्रकाशराज थापालाई आफ्नो कार्यसँगै अतिरिक्त निमित्त निर्देशक सैनिक कल्याणकारी निर्देशनालयको जिम्मेवारी तोकिएको छ ।  यसैगरी सरुवा हुने अन्य सहायक रथीहरुमा पूर्वी पृतना हेडक्वार्टरबाट द्रव्यराम भण्डारीलाई सैनिक सामग्री प्राप्ती निर्देशनालयको निमित्त निर्देशक र साइबर सुरक्षा निर्देशनालयका पूर्णबहादुर खत्रीलाई प्रधान सेनापतिको कार्यालयमा निमित्त सहायक बनाइएको छ ।  सरुवा हुने अन्य…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परेर १ सय ७२ जनाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर ५ सय ३६ जना घाइते भएका छन्। सो अवधिमा २६७ जना गम्भीर घाइते भएका छन् भने २६९ जना सामान्य घाइते भएका छन्। सो अवधिमा ३ सय ९ वटा सडक दुर्घटना हुँदा ४ सय ६ वटा सवारीसाधनमा क्षति पुगेको छ। कुल सवारीसाधन दुर्घटनामध्ये ५० प्रतिशत मोटरसाइकल दुर्घटनामा परेको पाइएको छ। ट्राफिक प्रहरीले भने सडक दुर्घटना न्यूनीकरण गर्न साढे ६ हजार पटक जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जनाएको छ। सवारी दुर्घटनामा १३७ पुरुष, २३ महिला, ७ बालक र ५ बालिकाको मृत्यु…

Read More

काठमाडौँ : ब्राजिलको राजधानी साओ पाउलोमा शुक्रबार भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। विमानमा सवार सबै ५७ यात्रु र चालक दलका ४ सदस्यको मृत्यु भएको हो।  विमान सञ्चालन गर्ने भोपास एयरलाइन्सका अनुसार यो ट्विन इन्जिन भएको टर्बोप्रप विमान ब्राजिलको दक्षिणी सहर परानाको कास्काभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस जाँदै गर्दा भिन्हेडो सहरनजिकै दुर्घटना भएको हो। सामाजिक सञ्जालमा भाइरल भइरहेको फुटेजमा एटीआर ७२–५०० विमान आकाशमा घुमिरहेको र सिधै तल खसेको देखिन्छ। स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका छन्। कास्कभेलको उपेक्कन क्यान्सर अस्पतालले मृतकमध्ये दुई जना प्रशिक्षार्थी डाक्टर पनि रहेको बताएको छ। ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला डा…

Read More

धनगढी : देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन्…

Read More

धनगढीः बैतडीका मानबहादुर बिष्टको मलेसियामा निधन भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–२ ग्वानीका बिष्ट शुक्रवार काम सकेर साझँ कोठामा फर्केका थिए। उनको एक्कासी टाउको दुखेपछि साथीहरुले अस्पताल लगेका थिए। मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसार उपचारको क्रममा राति १० बजे मानबहादुरको मृत्यु भएको हो। मलेसियाको अजम अर्मदा सेक्युरिटी कम्पनिमा कार्यरत मानबहादुरको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। आज आधा दिन कार्यालय खुला हुने भएका कारण पोस्टमार्टम हुन सकेको छैन। मलेसियामै रहेका पुर्णबहादुर बिष्टका अनुसा आइतवार पनि विदा भएका कारण सोमवार मात्रै पोस्टमार्टम गरिने र अस्पतालले मृत्यु प्रमाणपत्र दिए पश्चात शव बुझिने छ। त्यसपछि मात्रै शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने बताइएको छ।…

Read More

धनगढी : दार्चुलामा जुवाखालबाट दुई वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, दुहुँ गाउँपालिका–२ घर भई हाल महाकाली नगरपालिका–४ खलंगा तिंकरखेडामा रहेको बडाल फास्टफुडको चौथो तल्लाबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन सिंह महरा, नौगाड गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका वडा नम्बर ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का निरज धामी, नौगाड गाउँपालिका वडा नम्बर १ का जनक ठेकरे र होटल संचालक जनक बडाल रहेका छन्। प्रहरीले पक्राउ गरिएको स्थानबाट १ लाख २४ हजार ८८० नगद र २…

Read More

काठमाडौँ : विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पूर्वप्रशासक चूडामणि शर्मा साउन २३ गते आत्मसमर्पण गरेर थुनामा बसेका छन्। थुनाबाहिरै रहेर विशेष अदालतको फैसलाविरूद्ध पुनरावेदन गर्न नपाएपछि उनले आत्मसमर्पण गरेका थिए। कर फर्स्योट आयोगमा छँदा व्यापारीहरूलाई ठूलो रकम अन्धाधुन्ध छूट दिएको प्रकरणमा उनी दोषी ठहर भएका थिए। उनी आन्तरिक राजस्व विभागको महानिर्देशक छँदा आयोगको सदस्य सचिव भएर काम गरेका थिए। अख्तियार दुरूपयोग अनुसनधान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव शर्माविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले ९ वर्ष कैद गर्नुका साथै बिगो र जरिवाना…

Read More

काठमाडौं : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ । यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन् ।

Read More