Author: महेन्द्रनगर पोष्ट

दमक : नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा झापाको कमल गाउँपालिका- ६ का एक युवकको मृत्यु भएको छ। कन्काइ नगरपालिका–८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल–६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। स्कारपियो र चालक नेपाल प्रदेश प्रहरी…

Read More

धनगढी : धनगढीमा श्रीमद भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ २०८० मंसिर ७ गतेबाट आयाेजना हुने भएकाे छ। नेपाल मानव धर्म सेवा समिति शाखा धनगढीकाे आयाेजनामा महायज्ञकाे आयाेजना गर्न लागिएकाे हाे। नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम भवन निर्माणार्थ ७ गते देखि १५ गतेसम्म नेपाल मानव धर्म सेवा समिति सेती क्षेत्र शाखा आश्रम धनगढी आश्रम प्राङ्गणमा कार्यक्रमकाे आयाेजना गरिने धनगढी समितिका अध्यक्ष हेमराज अधिकारीले बतााए। आचार्य पं. श्री राघव उपाध्यायकाे मुखारविन्दबाट कथाकाे वाचन हुने उनले बताए। धर्मले लाेक कल्याण गर्ने भएकाले धर्म विस्तारका लागि पनि याे कार्यक्रमकाे आयाेजना गरिएका अध्यक्ष अधिकारीले बताए। महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्वारा किर्तनका साथै देवलीला झाँकीहरुकाे…

Read More

कञ्चनपुर : सशस्त्र प्रहरी बलले गड्डाचौकीस्थित सीमा क्षेत्रको अनुगमन गरेको छ। महाकाली नदीले बगाएको सीमा स्तम्भको अनुगमन गरेर सशस्त्र प्रहरीले मुचुल्का तयार गरेको हो। २०७० साल असार २ गते महाकाली नदीमा आएको बाढीले नेपाल–भारत सीमा क्षेत्रको रहेको ८०५ नम्बरको मुख्य पिल्लर बगाएको थियो। उक्त पिल्लरको अहिलेसम्म समेत स्थापना हुन सकेको छैन्। लामो समयदेखि सीमा स्तम्भ नराखिएको भन्दै स्थानीय तेज रावत लगायतले प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाएको केही दिनपछि सशस्त्र प्रहरीले उक्त क्षेत्रको अनुगमन गर्दै प्रारम्भिक मुचुल्का तयार पारेको हो। लामो समयदेखि मुख्य सीमा स्तम्भ नराखिदा सीमा मिचिने जोखिम निकै बढेको स्थानीयको भनाइ छ। सरकारले…

Read More

जाजरकोट : जाजरकोटममा चिसोका कारण २ जना भूकम्पपीडितको मृत्यु भएको छ। जाजरकोटको नलगाड नगरपालिका-४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको हो। वडाध्यक्ष बद्री पन्तका अनुसार उनीहरू दीर्घरोगी हुन्। ७७ वर्षीय रावल भूकम्प जानुभन्दा एकसाता अघि नगर अस्पताल दल्लीमा उपचार गरी घर फर्किएका थिए। उनी दमका बिरामी थिए। भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नुपरेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको वडाध्यक्ष पन्तले जानकारी दिए। भूकम्पपछि उनको घरमा बस्नै नहुने गरी क्षति पुगेपछि बारीको पाटामा त्रिपालमुनि बसिरहेका थिए।

Read More

काठमाडौं : नेपाली गायिका मेनुका पौडेललाई फिल्मको अफर आएको छ। इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी उनलाई शोको दिपावली विशेष एपिसोडमा फिल्मको अफर आएको हो। मेनुकाको गायकीबाट प्रभावित भएर उनलाई एक गेस्टले फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन्। उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्- एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ। एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन्। त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ।’ मेनुका सो को टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छन्।

Read More

काठमाडौँ- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाख रुपैयाँ बराबरका पशुपन्छीको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्यांकन गरी क्षतिको उक्त विवरण निकालेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीका अनुसार जाजरकोटमा सबैभन्दा धेरै पशुपन्छीको क्षति भएको छ। उनका अनुसार उक्त क्षेत्रमा एक करोड सात लाख रुपैयाँ बराबरको क्षति भएको मूल्यांकन गरिएको छ। दुवै जिल्लामा ६०६ घाइते पशुको उपचारसमेत गरिएको छ। जाजरकोटमा मात्रै ५९२ पशुको उपचार गरिएको छ। उनका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ।…

Read More

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरका लागि भर्ना आह्वान गरेको छ। त्रिवि शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमिष्टरको लागि भर्ना आह्वान गरेको हो। भर्ना आवेदन मङ्सिर १ गतेदेखि मङ्सिर २५ गतेसम्म बुझाउन सकिनेछ। पुस ११ गतेदेखि कक्षा सञ्चालन गरिने शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। प्रवेश परीक्षा तथा भर्नासम्बन्धी अन्य विवरण पछि सार्वजनिक गरिनेछ। विद्यार्थीले पढ्न चाहेको संकायका लागि छुट्टाछुट्टै आवेदन फारम बुझाउनुपर्ने छ। आवेदन दिदा फारामसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि समेत बुझाउनुपर्नेछ।

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ। सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको हो। आईसीसीले श्रीलंकाले स्वतन्त्र रूपमा आफ्नो काम अघि बढाउन सक्षम नभएको पनि बताएको छ। श्रीलंका क्रिकेटले सरकारी हस्तक्षेप बिना श्रीलंकामा क्रिकेटको प्रशासन र नियमन जस्ता जिम्मेवारीहरू पूरा गर्न सक्छ भन्ने सुनिश्चित गर्न सक्षम नभएको आरोप आईसीसीको छ।

Read More

धनगढीः धनगढी–अत्तरिया छ लेन सडकको गेटामा अटोको ठक्करबाट एकजना घाइते भएका छन्। अत्तरियादेखि धनगढी आउदै गरेको से १ ह १९०५ नम्बरको अटोको ठक्करबाट साइकलयात्री २५ वर्षीय रामसिंह राना शुक्रवार घाइते भएका हुन्। घाइते रानाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ। अटो चालक कैलाली–५ का ५५ वर्षीय दिपेन्द्र चौधरी घाइतेसँगै अस्पतालमा रहेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अटो गेटा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामै रहेका बेला ज्यान गुमाएका युवकको शव आफन्तले बुझेका छन्। हत्या अभियोगमा पक्राउ परेर थुनामै ज्यान गुमाएका धनगढी उपमहानगरपालिका– १६ को बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको शव शुक्रबार आफन्तले बुझेको प्रहरीले जनाएको छ। सेट्टीको शव परीक्षणपछि आफन्तले बुझेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। उनकाअनुसार घटनाबारे अनुसन्धान गर्न मृतकका परिवारले ज्यान सम्बन्धी मुद्दासमेत दर्ता गराएका छन्। जिल्ला प्रहरी कार्यालयमा बिहीबार बिहान बयान लिने क्रममा ढलेर बेहोस भएका सेट्टीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको थिए। सेट्टीलाई कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा विद्यालय…

Read More