Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: बेलायतमा एक नेपाली महिलाको निधन भएको छ। चार दिनअघि मात्रै विद्यार्थी भिसामा बेलायत पुगेकी स्याङ्जा बिरुवा–४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो।  उनी नोभेम्बर ३० तारिकमा बेलायत पुगेको गैरआवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए। उनको स्वास्थ्यमा समस्या देखिएपछि त्यहाँस्थित रोयक बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो। भर्ना गरिएकै दिन उनको निधन भएको मगरले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। 

Read More

डोटी : यही मंसिर १२ गते बिहान मृत अवस्थामा भेटिएका दिपायल सिलगढी नगरपालिका–५ पुन्ना ३० वर्षीय युवा समिर भट्टको अन्तिम संस्कार हुन सकेको छैन। आफन्तहरूले घटना भएको एक हप्ता बित्दा पनि शव बुझ्न नमानेपछि अन्तिम संस्कार हुन नसकेको हो। मंसिर ११ गते शैलेश्वरी जात्राबाट फर्किए घरतिर गएका समिरको भोलीपल्ट गाउँ नजिकै सडक छेउमा शव भेटिएको थियो। उनको शव कपडा खोलिएको अवस्थामा फेला परेको थियो। उनको हत्या भएको र हत्यारा पत्ता नलगाएसम्म शव नबुझ्ने आफन्तहरुको अडान छ। समिरको शवलाई अहिले जिल्ला अस्पताल डोटीको शव घरमा राखिएको छ। मृतक भट्टको टाउकोको पछाडि भागमा चोट लागेको छ । घटना भिरबाट खसेको जस्तो देखाउन…

Read More

काठमाडौं: दक्षिण कोरियाले १५ हजार भन्दा बढी नेपाली कामदार माग गरेको छ। ईपीएस भाषा परीक्षामार्फत उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ जनाका लागि आवेदन आह्वान गरेको हो। कोरियन भाषा परीक्षा संचालन गर्न एचआडी कोरियाले वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखालाई पत्र पठाएको हो । सोही आधारमा कोरिया शाखाले आवेदन आह्वान गरेको हो। आगामी पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिने ईपीएस शाखाले जनाएको छ। परीक्षासम्बन्धि जानकारी माघ २२ गते सार्वजनिक गरिने जनाईएको छ। १८ वर्ष पूरा भई ३९ वर्षभित्रका नेपाली नागरिकहरूले आवेदन दिन सकिनेछ। परीक्षा आवेदन फाराम https://eoers.epsnepal.gov.np मा गई अनलाईनबाट मात्र भर्नु पर्नेछ ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी, मधेस, बागमती र गण्डकी…

Read More

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन अनुरोध गरेको छ । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर साइबरजन्य ठगीका घटना बढेकाले ब्यूरोले यस्तो अनुरोध गरेको हो । वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले थोरै रकम जोगिने प्रलोभनमा अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरेर ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाइदिनु’ भनी दिने गरेको पाइएको ब्यूरोको अनुसन्धानबाट खुलेको छ । आज प्रकाशित सूचनामा भनिएको छ, ‘विदेशी रकम प्राप्त गरेपश्चात् निज अमुक व्यक्तिले ‘हुन्छ, म तपाईंले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु !’ भन्ने…

Read More

अछामः अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–७ का ६२ वर्षीय चन्द्र थापाको सल्लेरी भिरबाट लडेर मृत्यु भएको हो। भिरबाट लडेर घाइते भएका उनको उपचारलागी धनगढी ल्याउनेक्रममा बिच (डोटी) बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउँदले बताए।

Read More

काठमाडौँ : मलेसियन कम्पनी आजियटा एनसेलको सबै शेयर बिक्री गरेर बाहिरिएको छ । तर, सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी एउटा मुद्दा अझै टुंगिएको छैन । ठूला करदाताको कार्यालयले एनसेलमाथि करिब ५७ अर्ब रुपैयाँ थप कर निर्धारण गरेपछि एनसेल सर्वोच्च गएको थियो । त्यसको भोलि सुनुवाइ हुँदैछ । सर्वोच्चको पेसीभन्दा चार दिनअगाडि आजियटा एनसेलको शेयर बेचेर हिँडेको हो । अब उक्त मुद्दाको भाँउतोबाट कम्पनी पन्छिएको छ । तर, यदि एनसेलको विपक्षमा फैसला आए के हुन्छ भन्ने स्पष्ट भएको छैन । आजियटाले २०७२ साल चैतमा एनसेलको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख डलर (करिब १ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी)…

Read More

काठमाडौँ : रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन परराष्ट्र मन्त्रालयले रुस सरकारलाई पत्र पठाएको छ । रुसी सेनामा कम्तीमा ५ सय नेपाली भर्ना भएको अनुमान गरिएको छ । रुसी सेनामा भर्ती भई युक्रेनको युद्धमा ६ जना नेपाली मारिएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन पत्र पठाएको हो । नेपालले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न समेत अनुरोध गरेको छ । नेपालले भारत र बेलायतसँग मात्रै सेनामा भर्ती गर्न पाउने सम्झौता छ । ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमाथि आक्रमणका क्रममा हमास समूहले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको बताएका छन् । मूलधारका मिडिया सम्पादकहरूसँगको कुराकानीका क्रममा सोमवार प्रधानमन्त्री प्रचण्डले जोशी सकुशल रहेको जनाउँदै छिट्टै रिहाइ हुने सूचना पाएको बताएका हुन् । ‘विपिन जोशी सकुशल रहेको सूचना पाएका छौं । उनी छिट्टै रिहाइ हुनेछन्,’ उनले भने, ‘सरकार उनको सुरक्षाको लागि संवेदनशील भएर लागेको छ ।’ सरकारले जोशीको रिहाइका लागि कूटनीतिक पहल गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे । अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’ उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे । केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

Read More