Author: महेन्द्रनगर पोष्ट

बैतडी : तिहारमा सुरक्षाका लागि बैतडी प्रहरीले दुईसय बढी सुरक्षाकर्मी परिचालन गरेको छ। चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरिएको हो। जिल्लाभरी तिहार लक्षित सुरक्षाका लागि दुई सय बढी प्रहरी खटाइएको प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। डीएसपी गिरीकाअनुसार तिहारको समयमा हुन सक्ने जुवातास नियन्त्रणका लागि प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका नागरिक सहायता कक्ष र यात्रु सहायता कक्षबाट पनि प्रहरीले सेवा दिइरहेको उनले जानकारी दिए।

Read More

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् । उनले भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकामा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन पनि गरेका छन् ।

Read More

धनगढी : दोदा जलाधार क्षेत्रका सबै १० ओटा स्थानीय तहहरूले वृहत छलफल गरी दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरेका छन्। कञ्चनपुरका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिका, डडेलधुराका आलिताल गाउँपालिका र परशुराम नगरपालिका, कैलालीका चुरे गाउँपालिका र गोदावरी नगरपालिका तथा डोटीको जोरायल गाउँपालिकाका प्रमुख तथा उपप्रमुख सहित सरोकारवाला पक्षहरुको भेलाले उक्त मञ्च गठन गरेको हो। विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तर स्थानीय तह स्तरीय संयन्त्र मार्फत सम्बोधन गर्न सोमबार र मंगलबार धनगढीमा दुई दिवसीय कार्यशाला गोष्ठी सञ्चालन गरिएको थियो। सोही गोष्ठी मार्फत शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रण बहादुर महराको…

Read More

काठमाडौं : बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। ४२ वर्षीय यामबहादुर सुवेदी हेटौँडा-११ स्थित बनदेवी मन्दिर परिसरमा झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले मंगलबार बिहान भण्डारी झुन्डिएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

Read More

काठमाडौं : बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले  जानकारी दिए ।

Read More

दाङ : कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको  लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गरे। पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो। ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिए। एक दर्जनभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिए। ‘राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो’ उनले भने।

Read More

सप्तरी : सप्तरीको बोदे बर्साइन नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक बैजनाथ साहलाई प्रहरीले लागुअ‍ौषधसहित पक्राउ गरेको छ। नगरपालिकाका स्वास्थ्य संयोजक राजनारायण ठाकुरको मोटरसाइकलमा लागुअ‍ौषध राखेर फसाउने षड्यन्त्र गरेको आरोपमा सह-संयोजक साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी सप्तरीका प्रवक्ता एवम् डीएसपी ढुण्डिराज न्यौपानेले बताए। बाेदे बर्साइन नगरपालिका वडा नम्बर ५ का सह-संयोजक साहले ठाकुरको लुम्बिनी ५५ प ५४३९ नम्बरको मोटरसाइकलमा नाइट्राभेट २७ ट्याब्लेट र स्पासमो १५ ट्याब्लेट लागुअ‍ौषध राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको न्यौपानेले बताए। त्यही आरोपमा बोदे बर्साइन नगरपालिका-५ जाँजरका मोनजामुद्विन इराकीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए।

Read More

काठमाडौं : नेपाली महिला क्रिकेटर रुबिना क्षत्री र सिता रानामगरले हङकङमा फेन्चाइज लिग क्रिकेट खेल्ने भएका छन्। आगामी १० नोभेम्बरमा सुरु हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन् । दुवै अलराउन्डर हुन् ।

Read More

डडेल्धुराः नवदुर्गा गाउँपालिकामा निर्माणधिन कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माणका गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको आरोप लागेको छ। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय डडेल्धुराले नवदुर्गा गाउँपालिकामा निर्माण गरिरहेको उक्त भवनमा गुणस्तरहीन सामग्री प्रयोग आरोप लागेको हो। नवदुर्गा गाउँपालिकाको मुकाम नजिकै निर्माण भइरहेको कृषि तथा पशु सेवा केन्द्रको भवन गुणस्तरहीन काम भइरहेको स्थानीय शेरबहादुर बिष्टले जानकारी दिए। ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मातहतको आर्थिक करिडोर कार्यालय डडेल्धुराले उक्त सेवा केन्द्रको भवन निर्माणका लागि सिनर्जी विल्डर्स काठमाण्डौसँग सम्झौता गरेको छ। तर, निर्माण कम्पनी सिनर्जी विल्डर्सले भने परामर्सदाता इन्जिनियरसँगको मिलेमतोमा गुणस्तरहीन सामग्री प्रयोग गरेको बिष्टको आरोप छ।…

Read More

बाँके : जमुना बुढामगर भर्खर १९ वर्षकी भइन् । केही दिनअघिको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कंदै गरेको आठमहिने शिशुलाई गुमाइन् । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्ट्याइरहन्छिन् । भूकम्पमा परी घाइते उनी हाल नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छिन् । गएको शुक्रबार रातिको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिका–६, भारगाउँकी जमुनाकोे संसार नै अँध्यारो बनाइदिएको छ । भूकम्पपीडितको व्यथा एउटै–एउटैजस्तो देखिन्छ । तर, जमुनालाई आफ्नो व्यथा अरूको भन्दा धेरै गहिरो लागेको छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्कंदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होस पूर्ण रूपमा फर्किएको छैन । श्रीमान्…

Read More