धनगढी: चीनले अब राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) का कर्मचारीलाई तालिम प्रदान गर्ने भएको छ। आफ्नै देशमा बोलाएर चीनले तालिम दिने भएको हो।
यस अघिदेखि नै चीनले नेपाली सेना निजामती कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जनशक्तिलाई विभिन्न तालिम दिँदै आएको थियो।
तर अहिले भने हाल प्रधानमन्त्री कार्यालयमा लगिएको अनुसन्धान विभागको पनि क्षमता विकास गर्न तालिम दिने भएको हो। विभागका अनुसार चीनले आफ्नो देशमा बोलाएर अधिकृतहरुलाई तालिम दिने प्रस्ताव पठाएको छ।
तत्कालका लागि १० जना अधिकृतलाई चीनका विभिन्न सहरमा छोटो समयको तालिम दिने प्रस्ताव उताबाट प्राप्त भएको बताइन्छ। अहिले सोही प्रयोजनको निम्ति नाम छनौट प्रक्रिया शुरु भएको बुझिएको छ।
Facebook Comments Box