Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी-२० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट कप्तान नियुक्त गरेको छ। निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म ओडीआई कप्तानको नाम तोकेको छैन। मसूदको जसले एक दशकअघि आफ्नो टेस्ट डेब्यू गरेका थिए। तर, केही वर्ष उनी टिममा परेका थिएनन्। पछिल्लो पटक श्रीलंकाविरुद्ध खेलेका उनले ३० टेस्ट खेलेका छन्। यता २३ वर्षीय अफ्रिदीले अष्ट्रेलियामा हुने टेष्टपछि पाकिस्तान पाँचवटा टी–२० खेल्न न्यूजिल्याण्ड जादा टिमको कप्तानी गर्नेछन्। जुन २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपका लागि उनका लागि कप्तानका लागि अनुभवी हुन ६ महिना समय हुनेछ।

Read More

अछाम: अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भने, चारजना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पोचालक कमलबजार नगरपालिका– ४ का दीपक बोहाेरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। दुर्घटनामा परी कमलबजार– ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्। उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

Read More

अछामः अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको निधन भएको छ। उपचारको क्रममा काठमाडौंको ब्लड हस्पिलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्। पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–३ घर भएकी शर्मा नगरपालिकामा विगत ५ वर्षदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन्। मृतक शर्माको श्रीमान र एक छोरा छन्।

Read More

धनगढीः कैलालीमा युवतीको बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करिब ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसीलाई पक्राउ गरेको छ।

Read More

बाजुराः बाजुरामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्लाको मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१००१ स ७४५२ नम्बरको अटो दुर्घटना भएको हो। अटोमा ६ जना सवार रहेकामा पाँच जना घाइते भएका हुन्। घाइते हुनेमा ३४ वर्षकी तुलसी कटुवाल, उनी छोरी १० वर्षकी सृष्टि कटुवाल, २४ वर्षकी राधीका बोहरा थापा, उनका छोरा आयुष बोहरा र १६ वर्षका विशाल कटुवाल रहेका छन्। घाइते पाँचै जनाको बाजुरा जिल्ला अस्पतालमा उपचार भएको छ। अटोमा सवार सबै जना भाइटीकाका लागि माइतीघर जानेहरु नै थिए। मार्तडीदेखि जडागा तर्फजाँदै गर्दा बाजुरा जिल्ला अस्पतालको मोडमा अटो अनियन्त्रित भएर दुर्घटना भएको बाजुरा प्रहरीले बताएको छ।

Read More

अछाम : अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेरबहादुर भण्डारी पक्राउ परेका हुन्। प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको, टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो। विष्टका श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका थिए। उनले मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। महिलाको पोस्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।

Read More

काठमाडौँ: गत शुक्रबारदेखि प्रर्दशनमा आएकाे फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित गरिएको छ । चलचित्र हलसँग विमति राख्दै यो फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण कम्पनी सिनेमा आर्ट्सले जनाएकाे छ । आर्ट्सले हलहरूले नेपाली फिल्मलाई सधैँ अन्यायपूर्ण व्यवहार गर्ने गरेको कारण यसको प्रतिवाद गरेको एक बिज्ञप्ति मार्फत बताएको छ । “विगतदेखि हामी नेपाली चलचित्र निर्माताले प्रदर्शकहरूबाट सधैँ अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौँ । विदेशी चलचित्रलाई बिना तर्क प्रशस्तै शोहरू दिने र दर्शकको अत्यधिक चासो भएको र दर्शकहरूले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो,” विज्ञप्तिमा अगाडि भनिएको छ, “पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर…

Read More

कञ्चनपुर : शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो । “विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,” बिष्टले भने, “अरुले बनाएका मूर्तिलाई नियाल्दै बनाउन सिके, अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु ।” मूर्ति बनाएर हुने आम्दानीले परिवारको खर्च सहजरूपमा चल्दै आएको उनले बताए । “काम गर्न भ्याइ नभ्याइ छ,” उनले भने, “मासिकरूपमा रु ५० हजारदेखि ७० हजारसम्म कमाई हुन्छ ।” मूर्तिकलानै जीवन जिउने आधार बनेको बिष्टले बताए । घरको आर्थिक अवस्था कमजोर हुँदा उच्च शिक्षा हासिल गर्ने धोको पूरा गर्न नसकेकामा उनलाई…

Read More

काठमाडौँ : आयोजक राष्ट्र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतले बुधबार खेलिएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको हो । ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय २७ रनमात्र बनाउन सक्यो । मुम्बइस्थित वानखेड स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको भारतका लागि प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी सतक बनाएका थिए । उनले टोलीका लागि एक सय १७ रनको योगदान गरेका थिए । यसक्रममा उनले एक…

Read More

काठमाडौं : देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो । विभागले आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ…

Read More