Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ। इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत  गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ।

Read More

बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका-१ नेटास्थित खर काट्ने क्रममा बुधबार दिउँसो भिरबाट लडेर गोमा गम्भिर घाइते भएकी थिइन्। घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी लग्ने क्रममा सोही राति बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

Read More

काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज ओमानको सामना गर्दैछ ।  बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने खेलले समूहको विजेता र उप–विजेताको टुंगो लगाउने छ । समान दुई खेलमा ४ अंक भए पनि ओमान नेटरनरेटका आधारमा अंकतालिकाको शीर्ष स्थानमा छ । दुवै टोली समूह ए बाट सेमिफाइनलमा पुगेका छन् । फाइनलमा पुग्ने दुई टिम यसै वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी २० विश्वकपमा छनोट हुनेछन् ।

Read More

कञ्चनपुर: कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो। नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्। ‘पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दशक भन्दा बढी समय भइसक्यो’, दोधारा चादँनी नगरपालिका–१ का वडाध्यक्ष हरिसिंह धनाडीले भने, ‘अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोज्न सकेका छैनौँ।’ उनका अनुसार पछिल्लो एक महिनामा मात्रै हात्तीले चार स्थानीयवासीका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पु¥याएको छ।  जोगबुढा नदी पारीमा…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

कैलाली : धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका ३ त्रिनगर व्यारेल नजिक बैतडी शिगास गाउँपालिका-९ बस्ने २४ वर्षीय सन्जिव चन्द र कैलालीको धनगढी उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय आकाश मगरलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका चन्द र मगरको साथबाट सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटीको टोलीले १ ग्राम ८६० मिलिग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरेको छ। थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ३८ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवार उपसचिव प्रमुख जिल्ला अधिकारी रहने विभिन्न ११ जिल्लाका सिडिओ र मातहतका उपसचिवहरूको सरुवा गरेको हो । अवधि पुगेका प्रजिअसहित मन्त्रालयको अतिरिक्तमा रहेका र मातहतमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गरिएको हो ।

Read More

डोटी : डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिकाको गैरा नजिकै बुधवार साँझ ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४र२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ धोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । मृतक र घाइतेको परिचय खुल्न बाकी छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले गरीब (विपन्न) असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न १२ अस्पताललाई परिपत्र गरेको छ । पटक–पटक लिखित जानकारी गरिएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख गरिएको छ । धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ । कूल शय्याको १०५ शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानूनी प्रावधान छ । उपमहानगरले माया मेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर प्रालि, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, सीपी…

Read More

धनगढी: धनगढीमा प्रहरीले ९ जना जुवाडेलाई समातेको छ। आज (बुधबार) कैलाली प्रहरीको टोलीले धनगढी उप-महानगरपालिका १ स्थित साथीभाई होटलबाट उनीहरुलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले होटलमा जुवातास भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको जानकारी दिए। समातिएकामा एकजना पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेकै बेला केही समय अघिमात्र रिटायर भएका पूर्व इन्सपेक्टर प्रेमसिंह खड्का पनि जुवाखालबाट समातिएको खुलेको हो। ५२ वर्षीय खड्का धनगढी उपमहानगरपालिका वडानम्बर २ का बासिन्दा हुन्। यस्तै धनगढी उपमहानगरपालिका ५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२…

Read More