Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कलुवापुर– बेलौरी सडकखण्डको कालोपत्रे गर्ने कार्यलाई चाँडै अगाडि बढाइने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले चुनावका बेला सडक कालोपत्रे गर्ने प्रतिबद्धता गरेको कुरालाई नबिर्सिएको बताए । “सडकको अवस्थाबारे मलाई राम्ररी थाहा छ”, उनले भने, “अबेर जरुर भएको छ, अन्धेर हुन दिदैनौँ ।” सडकको क्षेत्राधिकार कायम गर्नेबारे नगरपालिकाले समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले कालोपत्रका लागि सुदूरपश्चिम प्रदेशका मुख्य सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र निर्माण व्यवसायीलाई निर्देशन दिइसकेको बताए । सडककै लागि गुनासो सुन्नु नपरोस् ठेक्का सम्झौता बमोजिमको कार्य निर्धारित समयभित्रै पूरा गर्न गराउनका लागि निर्माण व्यवसायी र सम्बद्ध पक्षसँग…

Read More

काठमाडौं अस्ट्रेलियाविरुद्ध खेलिने टी–२० श्रृंखलाका लागि भारतीय टीमको घोषणा गरिएको छ। सूर्यकुमार यादवलाई टीमको नेतृत्व सुम्पिएको छ। यो श्रृंखलामा भारत र अस्ट्रेलियाले पाँच वटा टी–२० खेल्ने छन्। सूर्यकुमार यादवले कप्तानी गर्ने श्रृंखलामा ऋतुराज गायकवाडले उप–कप्तानी गर्नेछन्। अन्तिम दुई खेलामा टीममा आवद्ध हुने श्रेयसलाई ती खेलमा उपकप्तानीको जिम्मेवारी दिइने छ। यस्तो छ भारतीय टीम सूर्यकुमार यादव (कप्तान) ऋतुराज गायकवाड (उप–कप्तान) ईशान किशन यशस्वी जायसवाल तिलक वर्मा रिंकू सिंह जितेश शर्मा (विकेटकीपर) वाशिङ्टन सुन्दर अक्षर पटेल शिवम दुबे रवि बिश्नोई अर्शदीप सिंह प्रसिद्ध कृष्णा आवेश खान मुकेश कुमार

Read More

धनगढी: धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ। उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देवतालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो। प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए। उनले भने, ‘उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौँ, व्यावसायिक उत्पादनपछि बजारमा पठाउँछौँ।’ प्रशोधन केन्द्रबाट नगरपालिका क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैलाजस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्यास उत्पादन…

Read More

काठमाडौं : बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी गर्न व्याजदर घटाउन लागि परेका हुन् । बैंकहरुको व्याजदर महँगो भएका कारण उद्योग धन्दा फस्टाउन नसकेका कारण कर्जा व्याजदर एकल अंकमा झार्नुपर्ने दबाब उद्यमी व्यवसायीहरुको परेका कारणले पनि बैंकहरुले व्याजदर घटाउन थालेका हुन् । गतवर्षसम्म बैंकहरुमा तरलताको अभाव भएपछि बैंकहरुले कर्जाको व्याजदर बढाएका थिए…

Read More

कैलाली : धनगढीमा चरेससहित १ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट अवैध लागुऔषध चरेस ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका–२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति लुम्बिनी प्रदेश लगायत कोशी, बागमती र गण्डकी…

Read More

काठमाडौँ : काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा लगायतका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्। जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरवारको पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा मंसीर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न पाइने छैन। शान्ति, सुरक्षा तथा सर्वसाधारण नागरिकको सेवा प्रवाहलाई ध्यानमा राखेर आदेश जारी गरिएको जनाइएको…

Read More

कैलाली : कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सोमबार साँझ ४ बजेर ४० मिनेटको समयमा गोदावरीको बुढीतोलामा से १ ख १४३८ नम्बरको मिनीट्रक दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । पहाडबाट कैलालीतर्फ आउँदै गरेको मिनीट्रक आफै अनियन्त्रीत भई सडकको छेउमा पल्टिँदा नाम थर वतन खुल्न नआएकी अन्दाजी ३६ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । दुर्घटनामा परि डोटी जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ३४ वर्षीय ललिता सारू, पाँच वर्षीय आर्यान सारू, दुई वर्षीय आरसी सारू, ४० वर्षीय हुकुम विक, १४ वर्षीय जीवन…

Read More

काठमाडौं : उजुरी दर्तापछि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यसँग समाजका अध्यक्ष र महासचिव काठमाडौं, ४ मंसिर । जुत्ताको ब्राण्डमा ‘आचार्य’ लेखिएको भन्दै प्रहरीमा उजुरी परेको छ । आचार्य थरको अपमान हुने गरी जुत्तामा थर लेखिएको भन्दै आचार्य बन्धु समाजले प्रहरीमा उजुरी दिएको हो । समाजका अध्यक्ष बाबुराम आचार्यका अनुसार उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दर्ता भएको छ । ब्यूरोका एसएसपी दिनेश आचार्यले उजुरीमा तोक लगाएर आवश्यक कारबाहीका लागि साइबर ब्यूरो पठाएका छन् । केही दिन अघि काठमाडौंमा बसेको आचार्य समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जुत्ताको ब्राण्ड आचार्य लेखिएमा कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं : रुपन्देहीमा ट्रकको ठक्करबाट राष्ट्रिय सहकारी बैंकका सञ्चालक माधव देवकोटासहित दुई जनाको ज्यान गएको छ । देवकोटासहित तिलोत्तमा नगरपालिका–२, जानकीनगरकी यादा क्षेत्रीको सवारी दुर्घटनामा आज दिउँसो निधन भएको बताइएको छ । शंकरनगरबाट मोटरसाइकलमा मणिग्राम जाँदै गरेका उनीहरुलाई तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलामा सहभागी हुन लु.४९ प २२३० नम्बरको मोटरसाइकलमा जाँदा ना.६ ख ८१६१ ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुवैलाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । हाल दुवैको शव अस्पतालमा राखिएको छ । तिलोत्तमामा रहेको…

Read More