भजनी: कैलालीको टीकापुर नगरपालिका-६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ। जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्। राष्ट्रिय भूमि आयोग गठन भएर जग्गा वितरणको काम सुरु भएसँगै वडा कार्यालयबाट लालपुर्जाको निस्सा पाएपछि उनी खुसी भएका हुन्। “जग्गा भएर पनि सुकुम्बासीजस्तो भएर बस्नुपरेको थियो। त्यस जग्गाबाट उत्पादन गर्नभन्दा अर्को विकल्प नहुँदा धेरै सपना मार्नुपरेको थियो। निसाद भन्छन्, “पहिले नै लालपुर्जा पाएको भए त्यही जग्गा बैंकमा राखेर कैयौँ काम गर्न सकिन्थ्यो होला। त्यो हुन सकेन। अब आशा जागेको छ। स्थानीय सरकारले ढिलै भए पनि लालपुर्जा…
Author: महेन्द्रनगर पोष्ट
गाजा- युद्धविराम अन्त्यपछि गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी १७८ जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण तीव्र पारेको थियो। इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धबिरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएको बीबीसीले जनाएको छ। इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ। गएको अक्टोबर ७ तारिखदेखि सुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो। युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए।
काठमाडौँ : दुई महिनाअघि बेलायतमा स्थापना गरिएको एक कम्पनीले दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत स्वामित्व खरिद गरेको छ । नेपाली मूलका सिङ्गापुरका नागरिक सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले यसअघि कम्पनीमा रहेको आजियटाको उक्त स्वामित्व खरिद गरेको हो । बेलायतको लन्डनस्थित वन फ्लिट प्लेसमा दर्ता ठेगाना रहेको उक्त कम्पनीको एनसेलमा प्रवेशसँगै स्वामित्व खरिदबिक्रीको नयाँ चरण सुरु भएको छ । गत असोज ९ गते सो कम्पनी दर्ता भएको देखिन्छ । एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व स्पेक्ट्रलाइटलाई बिक्री गरेको आजियटाले पनि पुष्टि गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आजियटाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री सम्बन्धी सम्झौता पूरा भएको र…
डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा तीन जनालाई नियन्त्रण लिइएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार तीन जनालाई नियन्त्रणमा लिएर बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको छ।नियन्त्रणमा लिएकाहरूको प्रहरीले परिचय ने खुलाएको छैन। यता मृतकका आफन्तले शव बुझेका छैनन्। हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने मृतकका काका उमाकान्त भट्टले बताएका छन्। पोस्टमार्टम गरिएको भट्टको शव ५ दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ। यो पनि: डोटीमा सडकको…
बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८गते सोमबारका सार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका वडा नं ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ। कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। कैलपाल धुरा मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर…
काठमाडौं: काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो । काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।
काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हिमपात र देशभरिको तापक्रम गिराबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।
धनगढीः दिनभर तनावग्रस्त बनेको कैलालीको लम्की क्षेत्र साँझपख सामान्य बनेको छ । बिहीवार साझ कैलालीको लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका मोहन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर बिष्टका आफन्त र स्थानियले राजमार्ग अवरुद्धपछि आज (शुक्रवार) दिनभर लम्की क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। आज विहान ८ बजे देखि अवरुद्ध पुर्बपश्चिम राजमार्ग साझ करीब ४ बजेपछी प्रहरीले बल प्रयोग गरी खुलाएको हो। राजमार्ग खुलाउने क्रममा आज दिनभर पिडितपक्षको अवरोध र प्रहरीको बल प्रयोगका कारण लम्की बजारमा झडप समेत भएको थियो । प्रदर्शनकारीले राजमार्ग सञ्चालन गराउन नछोड्दा प्रहरीले…
लान्झोउ : पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको (प्रमाणित) तेल भण्डार र ५६.२ मिलियन टनको (अनुमानित) तेल भण्डार फेला पारेको चाङ्छिङ आयलफिल्ड कम्पनीका उपमहाप्रबन्धक निउ सियाओबिङले बताएका छन्। हाल, नयाँ तेल क्षेत्रको दैनिक कच्चा तेल उत्पादन ५०४ टन पुगेको छ र पत्ता लगाइएको तेल भण्डारहरूले प्रति वर्ष ५००,००० टनको कच्चा तेल उत्पादन क्षमता बनाएको निउले उल्लेख गरेका छन् । यसअघि, चाङ्छिङ आयलफिल्डले विश्व(स्तरीय अल्ट्रा(ठूलो तेल निर्माण गरेको थियो ।
दार्चुला : दार्चुलामा एचआईभी संक्रमणका कारण हाल सम्म ७ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका एचआईभी संक्रमितहरुले ज्यान गुमाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले दिएको जानकारी अनुसार नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेका ५ जना पुरुष र २ जना बच्चाको एचआईभीकै कारण ज्यान गएको बताएका छन् । मृत्यु हुनेमा महाकाली नगरपालिकाका २ जना, मालिकार्जुन गाउँपालिका ,लेकम गाउँपालिका तथा मार्मा गाउँपालिकाका समान १÷१ जना गरी ५ जना पुरुषको एचआईभी संक्रमणका कारण मृत्यु भएको एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले जानकारी दिए । यस्तै शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका…