डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ। मङ्गलवार बिहान दिपायल सिलगढी नगरपालिका-५ पुन्ना स्थित सडक नालीमा मृत भेटिएका ३० वर्षीय भट्टको हत्या आशङ्कामा तीन जनालाई नियन्त्रण लिइएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार तीन जनालाई नियन्त्रणमा लिएर बिहीबार म्याद थप गरी अनुसन्धान थालिएको छ।नियन्त्रणमा लिएकाहरूको प्रहरीले परिचय ने खुलाएको छैन।
यता मृतकका आफन्तले शव बुझेका छैनन्। हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने मृतकका काका उमाकान्त भट्टले बताएका छन्।
पोस्टमार्टम गरिएको भट्टको शव ५ दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको छ।
यो पनि:
डोटीमा सडकको नालीमा युवक मृत भेटिए, हत्याको आशंका
Facebook Comments Box