Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमको पहाडमा भूकम्प गएको छ। बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो। यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।  बाजुरामा आज बिहानै गएको भूकम्पका कारण विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ। भूकम्पले बाजुरामा कतिपय घर भत्किएका छन्। मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ। बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको बाजुरा प्रहरीले जनाएको छ। भूकम्पले…

Read More

धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन्। सुदूरपश्चिम र जनकपुर एनपिएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजेदेखि फाइनल खेल शुरु हुनेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइलन यात्रा तय गरेको हो भने जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेको हो। सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तान आसिफ शेखले गर्नेछन्। नियमित कप्तान अनिलकुमार शाह घाइते हुँदा पछिल्लो दुई खेलमा आसिफले कप्तानी गरिरहका छन्। सुदूरपश्चिम जनकपुरमाथि जितको ह्याट्रिक गर्दै उपाधि चुम्न चाहन्छ। यसअघिका भएका दुई खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको…

Read More

काठमाडौं: नेपाल प्रहरीबाट निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही यतिबेला फरार सूचीमा छिन्। उनी आफैं प्रहरी रहेपनी प्रहरीले अदालतको आदेशअनुरुप फरार सूचीमा राखेर खोजीरहेको जनाएको छ। यद्यपि वास्तविकतामा भने प्रहरीले औपचारिकता निभाएर उनलाई पक्राउ नै नगर्न खोजेको प्रष्ट भएको छ। नेपाली काङ्ग्रेस पृष्ठभुमिकी इन्सपेक्टर शाहीलाई गृहमन्त्री रमेश लेखकले नै संरक्षण दिएपछि प्रहरी पक्राउ गर्नबाट हच्किएको बताइएको छ। शाही यस अगाडि गृहमन्त्री लेखकको गृहजिल्ला बसेका बेला लेखकसँग साइनो जोडेर निकट भएकी थिइन्। त्यसपछि भैसेपाटी प्रकरण भएका बेला पनि गृहमन्त्रीसँग उनको निकै हिमचिम थियो। सोही कारण अदालतले पक्राउ गर्न भनेपनी प्रहरीले अहिलेसम्म शाही खुलेआम काठमाडौंमा घुमिरहेकी छन्। उनी हालैमात्र जारी नेपाल प्रिमियर लिग (एनपीएल)को…

Read More

काठमाडौं: नेपाल प्रहरीका दुईजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि डीआईजीद्वयको नाम सिफारिस गरेको थियो। एआईजी भीमप्रसाद ढकाल र केदार ढकालको अवकासपछि रिक्त पदमा उनीहरूलाई बढुवा गरिएको हो। सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर ट्राफिकमा कार्यरत छन्। उनीहरूमध्ये बोहराको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो भने दुर्गाको घर बैतडी भएर हाल कञ्चनपुर बसोबास छ।

Read More

धनगढी: सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ। नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरूप १५ किलोको माला  लगाइएको हो। नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो। नेता कोइरालालाई धनगढी विमानस्थलमा डडेलधुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो।  स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद, सुदूरपश्चिमले के भन्छ , १५ औँ महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए। साथै, स्वागतका लागि थारु संस्कृति झल्कने पहिरन सहित…

Read More

काठमाडौं: कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको सुतेको तस्बिर सार्वजनिक भएको घटनाबारे छानबिन गर्न समिति गठन भएको छ। प्रहरी प्रधान कार्यालयले गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। यसअघि गृहमन्त्री रमेश लेखकले तस्बिर सार्वजनिक गर्ने र जिम्मेवार प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका थिए। लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए। तर आफूलाई रास्वपाकै ‘एक शुभचिन्तक’ बताउने चिकित्सक निकोलस भुसालले तस्बिर सार्वजनिक गरेको जिम्मा लिएका छन्।

Read More

डोटी: नेकपा एमाले डोटी जिल्ला कमिटी सदस्यमा सरस्वती साउद चयन भएकी छन्। जिल्ला अधिवेशनमार्फत अनेरास्ववियु प्रदेश कमिटी सदस्य समेत रहेकी सरस्वती खुला महिला सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकी हुन्। उनी जिल्लाकै कान्छी सदस्य समेत रहेको दाबी गरिएको छ। २५ वर्षीय सरस्वतीको घर डोटीको पूर्वीचौकी गाउँपालिका–७ हो। उनले समाज शास्त्र र पत्रकारिताबाट स्नातक तह पास गरिसकेकी छन्। साथै उनी हाल अनेरास्ववियू प्रदेश कमिटी सदस्य छन् भने सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद (आमा) को स्वकिय सचिवको रुपमा समेत कार्यरत छन्। गत मंसिर २९ गतेको नवौं जिल्ला अधिवेशनमार्फत अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी थिइन्।

Read More

कञ्चनपुर: मनाङको चामेबाट हराएका कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्। भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए। खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका थिए। त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका थिए। भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउँछन्। राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइल फोनमा घण्टी बजे पनि फोन उठेको थिएन। त्यसपछि उनको मोबाइल  ‘स्वीचअफ’ भएको थियो।  सम्पर्कविहीन भएको…

Read More

धनगढी: नेपाल प्रहरीको सुदूरपश्चिमस्थित प्रदेश कार्यालयका प्रहरी प्रमुख डीआईजी गणेश चन्दले हालको गृहजिल्लासमेत रहेको कञ्चनपुरबाट निरीक्षण सुरु गरेका छन्। चन्द हालै सरुवा भएर आएकोमा कञ्चनपुरबाट निरीक्षण सुरु गरेका हुन्। यस अगाडिका डीआईजी रविन्द्र केसीको सरुवापछि चन्द आएका थिए। उनै चन्दले हिजो ४ गतेका नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरको स्थलगत निरीक्षण गरे। सो क्रममा उनले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए। यस्तै निरीक्षणको क्रममा उनले प्रहरी कर्मचारीहरुले आचरण ब्यवहारमा सुधार गर्न, गलत प्रवृति भएका मानिसहरुसंग अनुचित सम्बन्ध नबनाउन, ब्यक्तिगत फाईदाको लागि आफ्नो अधिकारको दुरुपयोग नगर्न, प्रहरी आचरण…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका निर्विवादित भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पालले नौलो सुरुवातका कामहरु थालेका छन्। बैतडीबाट माननीय निर्वाचित भएर एकपटक प्रदेशको अर्थमन्त्रीसमेत भैसकेका मन्त्री पालले प्रदेशमै नौलो, अनुकरणीय एवं पारदर्शी कामहरुको सुरुवात गरेका छन्। उनले यस अगाडि योजना, बजेट किनबेच रोक्नेदेखि योजना कार्यान्वयनको हकमा हुने कमिसनखोरी रोक्न निकै भूमिका खेलेका थिए। त्यसबाहेक उनले सामाजिक तथा परोपकारी काम पनि गर्दै आएका छन्। यसैक्रममा उनले हालै एउटा निर्णय गरेका छन्। जसको आम जनता र कर्मचारीतन्त्रले स्वागत गरेको छ। मन्त्री पालले यस अगाडि मन्त्रीहरुले आफ्ना कार्यकर्ता तथा आसेपासेलाई करारमा मन्त्रालय एवं मातहत जागिर खुवाउने परिपाटीको अन्त्य गरेका छन्। उनले जसका लागि करारमा…

Read More