विराटनगर : भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्। पहिचान पक्षधरहरूले नेकपा एमालेको संकल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन्। पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन्। कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मन्जु राई, जिल्ला सदस्य दिनेश राइई, धिरज राई, मणी राई, विद्यार्थी नेता धिरेन खिम्बु , तयाबङु राई र विकास रहेका छन्।
Author: महेन्द्रनगर पोष्ट
बझाङ: बझाङमा जीप दुर्घटना भएको छ। जिल्लाको थलारा गाउँपालिका–९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान जीप दुर्घटना भएको हो। सुर्मा गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय आवाज बोहोराले चलाएको सुपप्र ०१००१ च ३९६५ नं को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। जीप साहु ३२ वर्षीय केशब थापाको कम्मर र हातमा चोट लागेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जीप चालक बोहोरालाई प्रहरीले नियन्त्रण्मा लिएको छ।
दाङ : लुम्बिनी प्रदेश सरकारले महिला कर्मचारीलाई ‘महिनाबारी’ बिदा दिने भएको छ। निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न वनेको ऐनको परिच्छेद १३ को दफा ११७ को उपदफा १ मा निजामती कर्मचारीले पाउने बिदामा महिनावारी (पिरियड) बिदा भनेर समावेश गरिएको छ। कर्मचारीले भैपरी आउने र पर्व बिदा, घर बिदा अनि महिनावारी पिरियड बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुती स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा पाउने उल्लेख छ। बिदा निजामती कर्मचारीको अधिकार नभई सहुलियत मात्र रहेको ऐनमा उल्लेख गरिएको छ। प्रदेशसभामा असार २२ गते विधेयक दर्ता भएको थियो। सरकारले दर्ता गरेको विधेयकमाथि निरन्तर छलफल भएको…
दाङ : तुलसीपुरमा बालक दुई दिनदेखि सम्पर्कविहीन छन्। तुलसीपुर उपमहानगरपालिका– ५ विशालनगरका १३ वर्षीय युवराज वली दुई दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा उजुरी दिएका छन्। उनी त्रिदेव बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत थिए। हिजो बिहान साढे ५ बजे ट्युसन पढ्न हिँडेका युवराज अझै घर नफर्किएपछि परिवारले प्रहरीमा उजुरी दिएको उनकी आमा सिता वलीले बताइन्। ‘हिजो बिहानै टिउसन पढ्न भनेर दिदी भाइ संगै घर बाट निस्किएका थिए,’ सीताले भनिन् ‘ तर, दिदी मात्रै स्कुल गइछन् र ऊ स्कूल नै गएनछ।’ छोरा सम्पर्कविहीन भएपछि बुवा मोहवीर वली विहीबार बिहानै खोजीका लागि भनेर काठमाडौंतर्फ लागेको सीताले बताइन्। वली परिवारले बुधबार नै इलाका…
काठमाडौं : सुनको भाउ आज एकैदिन तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ। सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ। यो हिजोको भाउभन्दा तोलामा दुई हजार ८ सय रुपैयाँले धेरै हो। यसअघि गएको १८ गते सोमवार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने लगातारजसो घटेको भाउ आज फेरि एकै पटक दुई हजार ८ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५५ रुपैयाँले बढेर…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ। खाणको मुद्दामा यसअघि दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्का न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो। जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो। अब न्यायाधीश कोइरालाको इजलासले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छ, त्यही आदेश कार्यान्वयन हुन्छ। तेस्रो राय दिएमा भने निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ।
काठमाडौं : सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । सशस्त्रका अनुसार साधाण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका १५ जना असईका लागि बरिष्ठ हवल्दारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो । सशस्त्रका अनुसार उक्त बढुवा सिफारिस विरुद्ध सात दिनभित्र उजुरी दिन सकिने पनि जनाइएको छ । सूचीः
कैलाली: दार्चुलाका लोकेन्द्रसिंह धामीको हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छन् । ६ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ । ‘एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सन निकै प्रयास गर्दा सकिरहेकी छैन,’ मञ्जुले भनिन्, ‘छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन ।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनी बताउँछिन्। ‘राज्यले क्षमताअनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो । त्यो घटना बिर्सने आधार बन्थ्यो,’…
काठमाडौं : प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ। बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने एक मन्त्रीले बताएका छन्।
बैतडी : बैतडीको एक घरमा आगलागी भएको छ। जिल्लाको पाटन नगरपालिका–२ बिनोडास्थित जयन्ती पन्तको घरमा बुधबार राति साढे ११ बजेतिर आगलागी भएको स्थानीय ईश्वरदत्त पन्तले बताए। आगलागीबाट पन्तको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ। दुईकोठा र एक भान्सा भएको काठको भुँइतले घरमा आगलागी भएको र आगलागीबाट घरमा भएको सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। भान्सा कोठामा बालेको आगो घरमा सल्किएपछि आगलागी भएको हो। जयन्ती पन्त र उनका दुई छोरा तल्लो घरमा रहेकाले मानवीय क्षति नभएको पन्तले बताए। आगलागीबाट पन्तको घरभित्र रहेका अन्नपात, भाँडाकुडा, गरगहना र नगद २५ हजार जलेर नष्ट भएका प्रारम्भिक जानकारी आएको छ।