Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ। शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको हो। सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय समेत गरेको गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ लाभको कामना गरेको छ।

Read More

काठमाडौं : गए राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। शनिबार बिहान गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा सो तथ्यांक प्रस्तुत भएको हो। जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १३८ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै हाल २३१ जना घाइते उपचाररत रहेको जनाइएको छ। बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५र५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ।

Read More

डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई सहयोग स्वरुप गाउँपालिकाले एकलाख पचास हजार दिने भएको हो। पालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सानो सहयोग स्वरुप पालिकाको तर्फबाट एकलाख पचास हजार सहयोग गर्ने जानकारी गराएका हुन्। गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ। जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्पमा परी १४० जना घाइते भएका छन् ।

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइते भएकाहरूको उद्धार उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। अध्यक्ष ओलीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले एकसय जनाभन्दा बढीको ज्यान गएको दुःखद अवस्थामा रहेको भन्दै घाइतेहरूको उद्धार र उपचारमा परिचालित हुन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान गरेका हुन्। ‘उद्धार र राहतमा संलग्न स्वयंसेवक साथीहरूले त्यससँग सम्बन्धित आवश्यक सूचना र उद्धार राहतमा आवश्यक सामग्रीको व्यवस्थाका लागि सामाजिक सञ्जाललाई सदुपयोग गर्नुहोला’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘देशभरिका साथीहरूले राहत र घाइतेको उपचारमा कसरी सहयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला।’ उनले विशेष गरी सुर्खेत, नेपालगन्ज, काठमाडौँका पार्टीका…

Read More

काठमाडौं : जाजरकोटको नलगाडबाट ७ जना घाइते र ७ जना कुरुवालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत फर्किएका छन्। उनी आफू चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरेर फर्किएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Read More

काठमाडौं : नेपाली काँग्रेसले भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट सरकारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पार्टीको तर्फबाट विपद्को यो बेला सरकार, राजनीतिक दल, सङ्घसंस्था सबै एक भएर विपद्को सामना गर्न सबैमा अपिल गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले काँग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरे। शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक क्षति भएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका मेयर भरत जोशीले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफूले पाउने सुविधावापतको एकलाख रकम जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितलाई दिने घोषणा गरेका हुन्। ‘यस दुःखद घटनामा पीडित जनतालाई साथ दिन मैले नगरपालिकाबाट नियमानुसार पाउने सेवा सुबिधा तथा ब्यक्तिगत खर्च कटौती गरि सानो सहयोग स्वरूप १ लाख दिने प्रतिबद्धता व्यक्त गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

Read More

काठमाडौं : काठमाडौंको सडकपेटीमा नेपाली सेनाका लेस नायक मृत फेला परेका छन्।  शनिबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-१३  सोल्टीमोडस्थित दरबार बैंक्वेट अगाडि सडकपेटीमा लेस नायक मृत फेला परेका हुन्।  चन्द्रागिरि नगरपालिका- ६ घर भई गणेश दल गण जंगी अड्डा भन्द्रकालीमा दरबन्दी भएका लेस नायक २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सडकपेटीमा एक जना मानिस लडिरहेको भन्ने खबर प्रहरीले पाएको थियो। मृतकको शरीरमा सेनाको परिचयपत्र फेला परेको थियो। मृत्युको कारण नखुलेको एसपी ढुंगेलले बताए।

Read More

डडेल्धुराः कैलालीको  गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा डडेल्धुराका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ११ बस्ने २१ वर्षीय खडक बिष्ट रहेका छन। गए राती करिव ८ः४० बजे साझ सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गए राती करिव साढे दुई बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं : आईसीसी विश्वकप टी- २० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने नेपाल क्रिकेट संघ (क्यान)को घोषणा गरेको छ । क्यानले शनिबार सूचना निकाल्दै नेपाल र ओमनबीच आइतबार हुने फाइलन खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भुकम्प पिडितको सहयोगार्थ प्रदान गरिने घोषणा गरेको हो । गए राति जाजरकोट केन्द्रबिन्दु भएको गएको भुकम्पमा सयौं मानिसले ज्यान गुमाएका छन् भने हजाराै घाइते भएका छन्।

Read More