धनगढीः सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। बिहीवार बिहान सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा१झ ८७९९ नम्बरको सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर घाइते भएको ट्रफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बौनिया गाउँनजिक महेन्द्रराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते मगरको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ।
एम्बुलेन्स र एम्बुलेन्स चालक गोविन्द प्रसाद दहाल प्रहरीको नियन्त्रणमा छन्।
Facebook Comments Box