कैलाली : कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। बुधवार बेलुका सुमन थारुले चलाएको से७प ५३४७ र लवकुश चौधरीले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ। घाइते भएका बर्दगोरिया–२ कुम्भीयाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box