Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० जनामध्ये थप तीन जना नेपालीको शव पहिचान भएको छ । ज्यान गुमाउनेमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । योसँगै ज्यान गुमाएका आठ जनाको शवको पहिचान भएको छ । दुई वटा शव पहिचानको क्रममा रहेका दूतावासले जनाएको छ । आक्रमणमा घाइते भएका चार जनामध्ये दुई जना डिस्चार्ज भएका र दुई जनाको उपचार भइरहेको छ । सम्पर्कविहीन भएका विपिन जोशीको खोजी भइरहेको दूतावासले जनाएको छ ।

Read More

काठमाडौँ : नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस ललितपुरको पाटन दरबार स्क्वायर पुगेका छन्। आइतबार दिनभर उच्चस्तरीय भेटवार्ता सकाएर गुटरेस पाटन दरबार क्षेत्रमा पुगेका हुन्। पाटनमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले महासचिव गुटरेसलाई स्वागत गरे। उनको स्वागतमा सांस्कृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो। आज बिहान १ बजे काठमाडौँ आएका महासचिव गुटरेस भोलि नाम्चे, पोखरा लुम्बिनी जाने कार्यक्रम छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक गाईगोठमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरियाकी फागु सार्कीको गाईगोठमा आगलागी भएको हो। आगलागीबाट गाईगोठ र पराल जलेर पुर्णरुपमा नष्ट भएको छ। आगलागीबाट करिब ७५ हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउँन बाकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : माओवादी केन्द्रले पार्टी सुदृढीकरणका लागि थालेको रूपान्तरण अभियान एक महिनाका लागि थप गर्ने भएको छ। माओवादीले भदौ १६ गतेदेखि तीन महिनाका लागि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सुरु गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार मंसिर १६ गतेसम्म रहेको कार्यक्रम एक महिना थपेर पुस मध्यसम्म पुर्‍याइने भएको हो। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकले रूपान्तरण अभियान प्रभावकारी भएको निष्कर्ष निकाल्दै यसको अवधि थप गर्ने तयारी गरिएको एक नेताले जानकारी दिए। त्यस्तै रूपान्तरण अभियानको समापनका क्रममा पुस १५ गते माओवादीले काठमाडौँमा सभा गर्ने भएको छ। अभियान समापन कार्यक्रमलाई माओवादीले आफ्नो शक्ति प्रदर्शनको अवसरका रूपमा प्रयोग गर्ने भएको हो।

Read More

काठमाडौँ : नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुकर्ममा नलाग्न चेतावनी दिएका छन । शान्ति प्रक्रियामा धेरै काममा एमाले र सरकारका तर्फबाट वार्ता र छलफलहरूमा सहभागी भएका र विषयका बारेमा जानकार रहेका रावलले सामाजिक सञ्जाल मार्फत आइतबार रावलले यस्तो चेतावनी दिएका हुन । नेता रावलले नेपालको शान्ति प्रक्रिया अल्झाउने संयुक्त राष्ट्र संघकै नियोग रहेको र त्यो कुरा जान्दा जान्दै प्रधानमन्त्री प्रचण्डले नेपालको हातमा आएको अधिकार फेरि उसैलाई सुम्पिएर गैरजिम्मेवारी देखाउन खोजेको भन्दै रावलले कडा शब्दमा निन्दा गरेका छन । उनले शीर्ष नेताहरू रमिते किन भन्दै प्रश्न समेत गरेका छन । रावलले भनेका छन,…

Read More

काठमाडौं : नेकपा एमाले नेता तथा पुर्व उपसभामुख भोजराज जोशीको स्वास्थ्य अवस्था बुझ्न एमाले सचिव तथा कर्णाली ईन्चार्ज लेखराज भट्ट भारत पुगेका छन् । उपचारार्थ जोशीको स्वास्थ्य अवस्था बुझ्न सचिव भट्ट भारतको उत्तराखण्ड राज्यको खटिमास्थित प्रयास अस्पताल पुगेका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जोशी भारत पुगेका थिए । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अहिले जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले प्रमुख सत्ताघटक नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग गुटरेसले भेटवार्ता गरेका हुन् । सभापति देउवा र महासचिव गुटरेसको भेटमा नेता शेखर कोइराला, उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ र कांग्रेस नेता तथा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए । भेटवार्ताका क्रममा नेता शेखर कोइरालाले महासचिव एन्टोनियो गुटरेसलाई जलवायु परिवर्तनका असरबारे विश्वमञ्चमा आवाज उठाइदिन आग्रह गरेका थिए । ‘तपाईं सगरमाथा क्षेत्र पनि जाँदै हुनुहुन्छ। जलवायु परिवर्तनका असर नेपालले कति खेपिरहेको छ र हामीलाई कति अप्ठ्यारो छ भन्ने कुरा तपाईंले विश्वमञ्चमा आवाज उठाइदिनुहोला,’ महासचिव गुटरेससँग कोइरालाको…

Read More

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका-१ निगालेमा जिप दुर्घटना हुँदा पूर्वसांसदसहित ११ जना घाइते भएका छन् । तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा १४ च ७०७७ नं को जिप आइतबार दिउँसो २:४० बजेतिर दुर्घटना हुँदा एमालेकी पूर्वसांसद नवीना लामासहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गाडीमा सवार १८ जनामध्ये ११ जना घाइते भएको र उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाइतेहरुको अवस्था सामान्य छ । दुर्घटनामा घाइते हुनेहरुमा काभ्रेको चौरीदेउराली गाउँपालिका-७ की पूर्वसांसद ४० वर्षीया नवीना लामा, स्याङ्जा पुतलीबजार ५ बस्ने ३६ वर्षीया…

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्। राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए। यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए। चार दिने नेपाल भ्रमणका क्रममा रहेका उनले सोमबार र मङ्गलवार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मङ्गलवार…

Read More

डडेल्धुरा : डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकामा नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। नगरको वडा नम्बर ६ को कार्यालयको आयोजनामा ‘स्वर्गिय नरबहादुर धामी स्मृति पाँचौं नगरस्तरीय पुरुष खुल्ला क्रिकेट प्रतियोगिता’ हुने भएको हो। स्व. धामी सोही वडाका पूर्व वडासदस्य थिए। वडा नम्बर ६ कै पुरानो चौकीको खेलमैदानमा हुन लागेको उक्त क्रिकेट प्रतियोगिताको विजेताले ६१ हजार ५५५ रुपैयाँ र उपविजेताले ३१ हजार ५५ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउने वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले जानकारी दिए। साथै उत्कृष्ट बलर र ब्याटस्म्यानलाई उचित पुरुस्कारसमेत दिइने उनले बताए। प्रतियोगिता यहि कात्र्तिक १८ गतेदेखि हुने आयोजकले जनाएको छ।

Read More