दार्चुलाः अरिंगालको टोकाइबाट दार्चुलामा एक वृद्धको मृत्यु भएको छ। मंगलवार बिहान अरिङ्गालले टोक्दा महाकाली नगरपालिका–९ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मृत्यु भएको हो। घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त सख्त घाइते भएको ९ नम्बर वडाका सदस्य खिमसिंह सामन्तले बताए। घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको लागि लोगो तयारीमा लागेको छ । फागुन २३ र २४ गते आयोजना हुन लागेको सम्मेलनको लागि लोगो तयारी गर्न लागेको हो। प्रदेशको आर्थिक मामिला मन्त्रालयले लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको मंगलबार एक सूचना जारी गर्दै जानकारी दिइएको छ। ‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ,’ सूचनामा भनिएको छ ‘प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजात सहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ।’ प्रतियोगितामा छनौट भएको उत्कृष्ट लोगो निर्माणकर्ता…
पोखरा: प्रदेश लोक सेवा आयोग गण्डकीले ६ सय भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको छ। गण्डकी प्रदेश सरकारको प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त आह्वान गरिएको छ। कार्यालयका अनुसार विभिन्न पदका लागि ६२३ जनाको दरखास्त आह्वान गरिएको हो । दरखास्त यही पुस ३ गतेसम्म दिन सकिने पनि सूचनामा जनाइएको छ।
नयाँ दिल्ली : विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशीस्थित सिल्क्यराको निर्माणाधीन सुरुङमा फसेका ४१ जना कामदारको सकुशल उद्धार गरिएको छ। उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै उद्धार कार्यको १७औँ दिनमा सबै कामदारलाई सकुशल बाहिर निकालिएको बीबीसीले जनाएको छ। बाहिर निकालिएका मजदुरलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले स्वागत गरेका छन्। उनीहरूलाई एम्बुलेन्सबाट सिधै चिनयालीसौरको स्वास्थ्य केन्द्रमा लान लागिएको छ। त्यहाँ सरकारी चिकित्सकको निगरानीमा उपचार हुने बताइएको छ। उनीहरुलाई निकाल्न करिब ५८ मिटरको सुरुङ खनिएको थियो। रिपोर्टका अनुसार सुरुङमा फसेका सबै मजदुरको स्वास्थ्य अवस्था ठिक रहेको छ। पछिल्लो १६ दिनमा सुरुङमा फसेका मजदुरलाई टेलिफोन सेवा उपलब्ध गराइएको र उनीहरुले परिवारका सदस्यहरुसँग लगातार कुराकानी गरिरहेको उत्तराखण्ड…
काठमाडौं: रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्र्की, दोलखा मेलुङ ६ सुनारपानीका राजकुमार रोक्का र इलाम ५ इलामका गंगाराज मोक्तान छन्। नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको थियो। त्यसपछि नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो। रुसी सेनामा रहेका नेपालीहरूको गत १५ नोभेम्बर गते मृत्यु भएको हो।
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् । अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोलन गरेपछि परीक्षा बोर्डका पदाधिकारीको सामूहिक राजीनामा समेतका कारण मिति पछि सर्दा शैक्षिक वर्ष २०८०–८१ का लागि प्रवेश परीक्षामा करिब २० प्रतिशत विद्यार्थी सहभागी नभएको पाइएको छ । बोर्डले सुरुमा गत भदौ २५ गते परीक्षा लिने कार्यसूची बनाएका कारण आन्दोलन र विवादका कारण कात्तिक १४ गते मात्रै परीक्षा भएको थियो । ढिलो परीक्षा हुँदा चिकित्सा शिक्षा एमबिबिएस प्रवेश परीक्षासँग समय जुधेको र कतिपय विद्यार्थीले…
धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। डोटीको शिखर नगरपालिका–५ की ७० वर्षीया ईश्वरीदेवी ओझा गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन्। उनी धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएकी थिइन्।
काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशका उच्च…
कञ्चनपुर : कञ्चनपुरमा घर बनाउने क्रमममा एक मिस्त्रीको ज्यान गएको छ । आज दिउँसो बेलडाडी -३ खैरीघाटमा घरको सिढी निर्माणका क्रममा सिढी खस्दा बेलडाडि गाउँ पालिका-३ बैवाहाका मिस्त्री २८ वर्षिय सन्तोष डगौराको मृत्यु भएको हो । सन्तोष ठेक्का लिइ घर निर्माणको गरिरहेका थिए । आफैले निर्माण गरेको सिढी खस्दा घाइते भएका सन्तोषको उपचारको क्रममा धनगढीको निसर्गमा मृत्यु भएको हो । शवको पोस्टमार्टमका लागि सेतीमा लगिएको छ ।
काठमाडौं : भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ। मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।