Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाल प्रहरीका २० जना कर्मचारी सम्पर्कविहीन भएका छन्। प्रहरी नायव निरीक्षकदेखि जवानसम्म २० जना सम्पर्कविहीन भएका हुन्। लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय, कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा नआए उनीहरुलाई सेवाबाटै हटाउने चेतावनी दिएको हो। उनीहरु झन्डै तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेको कार्यालयले जनाएको छ। गैर हाजिर हुनेमा तीनजना सई, एक जना असई, दुईजना हबल्दार, दुईजना कार्यालय सहयोगी र बाँकी प्रहरी जबान रहेका प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

Read More

धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट नौ लाख ३१ हजार ६ सय बरावरको अवैध भन्सार छलीका सामान बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीले दिएको जानकारी अनुसार सोमवार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–९, को त्रीवेणीघाट, भजनी नगरपालिका–३ को बर्दवाफाँटा, सोही नगरपालिका–६ को नवलपुर, टीकापुर नगरपालिका–१ को ब्लक नं।१२ नजिक, सोही नगरपालिका–८ को पायलगाउँ, जोशीपुर गाउँपालिका–३ को लक्कड, र जानकी गाउँपालिका–४ को झबैपुलबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको करिब सात लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको छ । बरामद भएको सामानमा प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोबाइल चार्जर, एयरफोन लगायतका…

Read More

धनगढी : बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदी बरामद गरेको छ। सोमबार दिउँसो विषेश सुराकीको आधारमा प्रहरीले बिल भरपाइ नभएको ३४ तोला सुन र साढे १० केजी चाँदीसहित केही मानिसलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेकाहरूलाई पत्रकार सम्मेलन गरी मंगलबार सार्वजनिक गरिने एसपी कार्कीले बताए। जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले विषेश सूचनाका आधारमा सुन बनाउने एक कारखानामा सुन दिन गएका व्यक्तिलाई पिछा गर्ने क्रममा ठूलो परिमाणमा सुन र चाँदीसहित केही मानिसलाई नियन्त्रणमा लिइएको बताए। पक्राउ परेकाहरूले ‘सुनारमण्डली’ भन्ने ठाउँबाट ३४ तोला सुन र चाँदी ल्याएको प्रारम्भिक बयान दिएको डिएसपी डाँगीले जानकारी दिए। 

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा सांसदहरूलाई घुमाउरो बाटोबाट रकम छुट्याउन लागेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबरका योजनाको सिफारिस माग गरेको छ । गत असार १ मा बजेट ल्याएका अन्य प्रदेशले पनि यही शैलीमा सांसदहरूका योजनालाई बजेट विनियोजन गरेका थिए ।  भदौ १५ भित्र बजेट ल्याउने तयारी भइरहेको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । यसअघि जेठमा तयार गरिएको बजेट कार्यक्रमलाई मन्त्रालयहरूले पुनर्लेखन गरिरहेका छन् । चालु आर्थिक वर्षका लागि गत असार १ मा तत्कालीन सरकारले प्रदेशसभामा पेस गरेको बजेट पारित हुन सकेको थिएन । त्यति बेला ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँ…

Read More

काठमाडौं : नव भारत टाइम्सको हालै गरिएको सर्वेक्षणमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भाजपा शासित राज्यका मुख्यमन्त्रीहरूबीच उच्च लोकप्रियता हासिल गरेका छन्। ५१.१ प्रतिशत जनताले उनलाई सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीका रूपमा अनुमोदन गरेका छन्। उनी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथपछि दोस्रो स्थानमा रहेका छन्। धामीको लोकप्रियता वृद्धिमा उनका केही ठूला निर्णयहरूको महत्वपूर्ण भूमिका रहेको छ। नक्कल विरोधी कानून, समान नागरिक संहिता (यूसीसी) लागू गर्ने निर्णय, र भूमि जिहादविरुद्धको कारबाहीले उनलाई चर्चाको शिखरमा पुर्‍याएको हो। यी निर्णयहरूका कारण उत्तराखण्डले दिगो विकास लक्ष्य मापनमा पनि अग्रस्थानमा रहन सफल भएको छ। मुख्यमन्त्री धामीले सख्त कानूनी कदमहरू उठाएर, जस्तै नक्कल विरोधी कानून र धर्म परिवर्तन…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको विकास र संवृद्धिबारे प्रदेश प्रमुख नजिर मियाँसँग छलफल भएको छ। एमाले केन्द्रीय सदस्य तथा युवा नेता ऐन महरसहित बझाङका वडाध्यक्ष तथा अन्य सरोकारवालहरूले संयुक्त रुपमा प्रदेश प्रमुख मियाँसँग प्रदेशको विकारका विषयमा छलफल गरेका हुन् । एमाले नेता महरले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना हुँदा हुँदै पनि पर्याप्त विकास हुन नसेको बताएका थिए । उनले सेती लोकमार्ग हुँदै उरै नाका खोल्न सक्दा सुदूरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रिय अर्थतन्त्रमा नै महत्त्वपूर्ण योगदान पुग्ने बताए। यो सडक मार्फत भारतको राजधानी नयाँ दिल्लीलाई चीनको तिब्बतसँग छोटो दुरीमा जोड्न सक्ने महरको भनाइ थियो । केही समय अघि एमाले केन्द्रीय सचिव समेत रहेका…

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्नका लागि सर्कुलर जारी गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न देशभरका ईकाईहरुमा पत्राचार गरेको हो । विभागका प्रमुख तथा एआईजी भीम ढकालद्वारा हस्ताक्षरित पत्रमा, ‘सर्वोच्च अदालतबाट ६ भदौमा जारी भएको अन्तरिम आदेश प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय कानून शाखाको पत्र यस विभागमा प्राप्त भएको छ ।’ प्रहरी नियमावलीको नियम १२७ मा उल्लेखित अनिवार्य अवकशका प्रावधानहरु मध्ये ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरुसँग सम्बन्धित विषयमा अदालतको अन्तरिम…

Read More

धनगढी : जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाहबीच झगडा हुदाँ कुँवर घाइते भएका छन् । आइतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा संगै मदिरा सेवन गरेका कुँवर र शाहबीच विवादपछि कुटपिट भएको हो। कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा गम्भीर चोट लागेको छ। घटनापछि कुँवरलाई जिल्ला अस्पताल अछाममा भर्ना गरिएको छ भने शाहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता (डिएसपी) इश्वरीप्रसाद भण्डारीका अनुसार मदिरा सेवनपश्चात व्यक्तिगत विवादले उग्र रूप लिएपछि सरकारी निवासमै झगडा भएको थियो। प्रहरीले दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। घटनाका दुबै जना नेपाली कांग्रेसका नेता भएकोले…

Read More

काठमाडौं : श्रीलंकाका पूर्वसेना प्रमुख फिल्ड मार्शल सनथफोन्सेकाले हिन्द महासागर क्षेत्रमा चिनियाँ जासुसी जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले हिन्द महासागरक्षेत्र खासगरी श्रीलंकाली जलक्षेत्रमा चिनियाँ जहाजको उपस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले छिमेकी मुलुक भारतको सुरक्षा चासोलाई श्रीलंकाले प्राथमिकता दिनुपर्ने उल्लेख गरे । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा पूर्वसेना प्रमुख फिल्डमार्शल फोन्सेकाले श्रीलंकाली जलक्षेत्रमा कुनै पनि सैनिक उपस्थिति आफ्ना लागि अस्वीकार्य रहेको समेत बताए । केही समयअघि श्रीलंकाको राजधानी कोलम्बोको बन्दरगाहमा चिनियाँ जहाजलाई रोकेर बन्दोबस्तीका सामान लोड गर्न दिइएको थियो । उनले श्रीलंकामा आगामी सेप्टेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा पनि गरिसकेका छन् ।…

Read More

धनगढी : गौरा पर्वको महत्वपूर्ण दुर्वाष्टमी अर्थात् अठेवाली आज सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाइँदै छ । गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्वपूर्ण मान्दछन् । दुबोले गौराको पूजा गरिने भएकाले आजको दिनलाई दुर्वाष्टमी भनिएको हो । पवित्र धागोबाट निर्माण गरिएको ‘दुवधागो’लाई विधिपूर्वक अभिमन्त्रित गरी नारीहरूले निरहार बसेर आजकै दिन धारण गर्दछन् । दुवधागो ग्रहण गरेका महिलालाई पवित्र मानिन्छ । दुवधागो धारण गरेका महिलालाई भातभान्सा गर्ने पहिलो अधिकार रहन्छ । यो चलन परम्परागतकालदेखि सुदूरपश्चिममा चल्दै आएको छ । दुवधागो धारण गरेका महिलालाई गौरा पूजन गर्ने पूर्ण अधिकार रहन्छ । महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र…

Read More