Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा यात्रुहरुलाई ठगी गरेर मनलाग्दी भाडा असुल गर्ने बस धनीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।चाडपर्वको समयमा बढी भाडा असुल गर्ने यात्रुवाहक सवारी साधनलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले सवारी धनीलाई कारबाही गरेको हो। धनगढीबाट पहाडी जिल्लाका लागि छुटेका पाँचवटा यात्रुवाहक बसले बढी भाडा लिएको पाइएपछि कारबाही गरेर यात्रुको भाडा फिर्ता गर्न लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख दीपक मल्लकाअनुसार चाडपर्वको यो बिचमा धनगढीबाट बझाङका लागि छुट्ने ३०३१ नम्बरको बसले एक हजार एक सय ३९ भाडा लिनुपर्नेमा ३६ यात्रुबाट एक हजार पाँच सय लिएको पाइएपछि बढी असुल भएको रकम यात्रुलाई नै फिर्ता…

Read More

अछामः  अछाममा एक बालिकाको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–३ दर्बाकी १० वर्षीया झर्ना बि.क को सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। झर्नालाई बारीमा बाख्रा चराइरहेका बेला आइतवार अरिङ्गालले टोकेको थियो। उनको उपचारको क्रममा आज (सोमवार) सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

Read More

बैतडी: बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि   दिइएको छ ।  जिल्लाको  पाटन नगरपालिका- ६ स्थित उदयदेव मन्दिरमा आज महानवमीमा लागेको जात्रामा ४२ राँगा र १५ बोकाको बलि   दिइएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए । महाअष्टमीदेखि सुरु भएको  जात्रामा  आज पशुबलि दिइएको उनले  बताए । मन्दिरमा आज महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । उदयदेव  मन्दिरमा महाष्टमीका दिन रांगा लग्ने र महानवमीका दिन काट्ने चलन रही आएको छ ।  

Read More

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए। आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५…

Read More

काठमाडौं : चीनमा भएको बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन् । मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।

Read More

धनगढी : यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका हुन् । उनलाई मोहम्मद जवादुल्लाहले आउट गरे । सोमपाल कामी दुई रन बनाएर आउट भएका छन्। अकिप राजको बलमा उनलाई विकेट किपर बृत्या अरबिन्दले क्याच आउट गरेका हुन्। यसैगरी कुशल मल्ल शून्य रनमै रन आउट हुन पुगेका छन्। यो समाचार तयार पार्दा नेपालले २.४ ओभरमा १३ रन बनाएको छ। त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु जीतका लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बृत्या अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको…

Read More

काठमाडौं : युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ७ विकेटको क्षतिमा १६४ रन बनाएको हो। नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै यूएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। हङ्‍कङलाई दुवै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो। तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएईले २ खेलबाट २ अंक जोडेको छ भने हङकङ ३ खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

Read More

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईसँगको खेलमा विकेट किपर आसिफ शेख घाइते भएका छन्। घाइते भएपछि शेख भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थिए । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् ।

Read More

काठमाडौँ :   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार  विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

Read More

महेन्द्रनगर: मुलुकभर दसैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।   छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए । “दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो”, छिमेकी सुरेश पालले भने, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै…

Read More