Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिममा सशस्त्र प्रहरी बल नेपालले सीमानाका व्यवस्थापन सहज र चुस्त बनाउन अभियान थालेको छ। जसका लागि प्रदेशको सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरीया, कैलालीले “सीमावासीसँग सशस्त्र प्रहरी” अभियान थालेको हो। सो अभियान अन्तरगत आज (बुधबार) वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कैलाली र कञ्चनपुरका सीमा ईलाकासंग जोडिएका वडाका वडा अध्यक्षहरुसहित सरोकारवालाबीच अन्तरक्रिया गरिएको थियो। डिआइजी न्यौपानेले वाहिनीमा कार्यरत अधिकृतसहित वडाध्यक्ष र पत्रकारसमेतको उपस्थितिमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रममा थालिएको जानकारी दिए। उनका अनुसार आजको अन्तरक्रियामा भारतसंग सीमा जोडिएका वडाहरुका २२ जना वडा अध्यक्षहरुको सहभागिता थियो। अन्तरक्रियाका क्रममा सीमा अतिक्रमण हुन नदिने र सीमा…

Read More

काठमाडौँ : प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन् । दूतावासका अनुसार मंगलबार भारतले आफ्नो उद्धार विमानमा नेपालीका लागि २० वटा सिट उपलब्ध गराए पनि १८ जना मात्रै सम्पर्कमा आएका थिए । दूतावासले नेपाल फर्किन चाहनेहरूका लागि आवश्यक व्यवस्था गर्ने सार्वजनिक सूचना नै जारी गरेको छ । दूतावासले आक्रमण सुरु भएको तेस्रो दिनदेखि नेपाल फर्किन चाहनेको विवरण माग गरेको थियो । त्यसरी सूचना जारी गर्दा नाम दर्ता गराएका करिब चार सयभन्दा बढीमध्ये २५४…

Read More

धनगढी: धनगढीमा एक होटलबाट प्रहरीले अवैध चरेस र चितुवाको छाला बरामद गरेको छ। आज (बुधबार) प्रदेश प्रहरी, आरआइटी, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले छाला र चरेस बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार भर्खरै धनगढीको सहिदगेट नजिकै रहेको जुमेरा होटलमा भाडामा बसेका ३ जनाको साथबाट चरेस र छाला बरामद गरिएको हो। चितुवाको छाला र साढे ६ किलो चरेससहित उनीहरु तीनैजनालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द,बाजुराकाे गाैमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण राेकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जाेशी रहेकाे वडा…

Read More

काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बर्ताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षा लगायतका विषयमा निर्देशन दिदै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी…

Read More

कञ्चनपुर: कञ्चनपुरमा मदिरा चोर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार झलारिको बम टेर्ड्र्स एण्ड मदिरा पसल र एभरेष्ट मदिरा पसलमा चोरी गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० का प्रविन भनिने ओम प्रकाश ओली,वडा नम्बर ११ का आकाश तिरुवा र कमल तिरुवालाई ईलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

Read More

एजेन्सी : अमेरिकी राष्ट्रपति जो वाइडेन युद्धग्रस्त इजरायलमा पुगेका छन् । आफ्नो कार्यकालकै सबैभन्दा महत्वपूर्ण भ्रमणका रुपमा उनी इजरायल पुग्नुलाई हेरिएको छ । उनी बुधबार इजरायल पुगेका हुन् । इजरायलमा उनी तेल अबिब क्षेत्रमा अवतरण गरेका छन् । इजरायलमा भ्रमणमा रहेका वाइडेनले गाजा सिटी अस्पतालमा भएको आक्रमण ‘अर्को समूह’ले गरेको भन्दै कूटनीतिक जवाफ दिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातनयाहुसँग भेटवार्ता गरेका बाइडेनले अमेरिकीहरु चिन्तामा रहेको बताएको सीएनएनले जनाएको छ ।

Read More

विराटनगर : कोसीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ र ५ विपक्षमा मत परेको हो। राप्रपाका एकजना सांसद अनुपस्थित रहे। मत दिन्न भन्ने पक्षमा शून्य मत प्राप्त भएको छ। उपसभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेकी हुन्। गठबन्धनबाट विद्रोह गरेका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन्। मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले, नेपाली कांग्रेस,ने कपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत…

Read More

काठमाडौं : नेपाल वायुसेवा निगमले किस्ताबापतको ५३ करोड बढी रुपैयाँ भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये असोज महिनाको किस्ता भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। उनका अनुसार न्यारोबडीको पूरा र वाइडबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको हो। निगमले यसअघि गत २०७९ असारदेखि २०८० आसारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो। व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षभन्दा सुधार हुँदै गएको निगमले जनाएको छ।…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पले नै कम परिमाणमा पेट्रोल बिक्री गर्ने गरेको भेटिएको छ । स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्पबाट कम परिमाणमा बिक्री गरेको भेटिएसँगै प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएको टोलीले उक्त पम्प सिल गरेको हो । बुधवार गरिएको अनुगमन क्रममा सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हल चोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका सहसचिव प्रधुम्न उपाध्यायले बताए । ‘उपाध्यायले भने, ‘६ पटक जाँच गर्दा पनि चार पटक परिणाम भन्दा थोरै देखिएपछि सिल गरियो ।’ मंगलबार मात्रै अनुगमनका क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने गैरी…

Read More

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेकाे नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More