Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा ४२ राँगा र १५ बोकाको बलि   दिइएको छ ।  जिल्लाको  पाटन नगरपालिका- ६ स्थित उदयदेव मन्दिरमा आज महानवमीमा लागेको जात्रामा ४२ राँगा र १५ बोकाको बलि   दिइएको सिद्धनाथ उदयदेव धार्मिक विकास समितिका उपाध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए । महाअष्टमीदेखि सुरु भएको  जात्रामा  आज पशुबलि दिइएको उनले  बताए । मन्दिरमा आज महानवमीका दिन बोका तथा रांगाको बलि दिने चलन रही आएको उनले बताए । उदयदेव  मन्दिरमा महाष्टमीका दिन रांगा लग्ने र महानवमीका दिन काट्ने चलन रही आएको छ ।  

Read More

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमै भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रन बनाए । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए। आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । यूएईका मोहम्मद जवादुल्लाहले २ र अकिफ राजाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो । यूएईका लागि वृत्य अरविन्द र बासिल हमीदले समान ४५…

Read More

काठमाडौं : चीनमा भएको बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन् । मन्त्री श्रेष्ठ पाँच दिने उपचार पश्चात स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ । उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमका अनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन् ।

Read More

धनगढी : यूएईविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कुशल भुर्तेल पहिलो ओभरमा नै मात्र एक रन बनाएर आउट भएका हुन् । उनलाई मोहम्मद जवादुल्लाहले आउट गरे । सोमपाल कामी दुई रन बनाएर आउट भएका छन्। अकिप राजको बलमा उनलाई विकेट किपर बृत्या अरबिन्दले क्याच आउट गरेका हुन्। यसैगरी कुशल मल्ल शून्य रनमै रन आउट हुन पुगेका छन्। यो समाचार तयार पार्दा नेपालले २.४ ओभरमा १३ रन बनाएको छ। त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु जीतका लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । बृत्या अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको…

Read More

काठमाडौं : युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ। त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले ७ विकेटको क्षतिमा १६४ रन बनाएको हो। नेपालले सुरुवाती तीन खेल जितेसँगै फाइनलमा पुगिसकेको छ भने हङकङलाई हराउँदै यूएईले पनि फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ। नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। हङ्‍कङलाई दुवै खेलमा नेपालले ६ विकेट र ७९ रनले हराएको थियो। तालिकामा नेपालले ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ। यूएईले २ खेलबाट २ अंक जोडेको छ भने हङकङ ३ खेलबाट अंकविहीन हुँदै तालिकाको पुछारमा छ।

Read More

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत युएईसँगको खेलमा विकेट किपर आसिफ शेख घाइते भएका छन्। घाइते भएपछि शेख भएर मैदान बाहिर गएका छन् । उनको ठाउँमा विनोद भण्डारी आएका छन् । १८.२ ओभरमा अभिनास बोहराले बलिङ गरेका थिए । फिल्डरले बल स्टम्पतर्फ फ्याँक्दा आसिफ शेखलाई लागेको थिए । त्यसपछि उनलाई मैदान बाहिर लगियो र, विकेट किपरको भूमिकामा विनोद भण्डारी आएका छन् ।

Read More

काठमाडौँ :   नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार  विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

Read More

महेन्द्रनगर: मुलुकभर दसैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।   छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए । “दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो”, छिमेकी सुरेश पालले भने, “परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै…

Read More

काठमाडौं : आमाशयमा सुन्निने, घाउ हुने, अल्सर हुनेलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्राइटिको मुख्य कारण भनेको हाम्रो खानपानमा गडबडी नै हो । धेरै चिल्लो पिरो, तातो चिजहरु, भुटेको तारेको आदि खानाले ग्यास्ट्रिक बनाउँछ । त्यसैले दसैंका बेला चिल्लो पिरो खादा विशेष सावधानी अपनाउनुपर्छ । त्यस्तै अर्को भनेको अनिद्रा तथा मानसिक तनावले पनि ग्यास्ट्रिकको समस्या उत्पन्न हुन्छ । ग्यास्ट्रिक भएको बेला पेट पोल्ने, पेटको माथि एकनासले पोल्ने, खाली पेटमा भन्दा खाना खाएपछि पेट दुख्ने, पेट फुल्ने, वाकवाकी आउने आदि यसका लक्षण हुन् । यदि घाउ नै भयो भने त्यसलाई अल्सर मानिन्छ । ग्यास्ट्रिक भएका व्यक्तिले विशेषगरी खानपिनमा ध्यान दिनुपर्छ ।…

Read More

बैतडी: बैतडीको पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा आज जात्रा लाग्दै छ। जिल्लाको पाटन नगरपालिका– ६ स्थित उदयदेव मन्दिरमा हिजो जात्रा सुुरु भएकोमा आज पशुबलिसहित भव्य जात्रा लाग्दै छ। महाष्टमीका दिन मन्दिरमा रांगा लग्ने र महानवमीका दिन रांगा काट्ने चलन रही आएको छ । यसैबीच मन्दिरमा लाग्ने मेलालाई मध्यनजर गरेर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । दुई दिन मदिराको विक्रि वितरणमा रोक लगाइएको बताइएको छ। उदयदेव मन्दिरमा महाष्टमी र महानवमीका दिन बिशेष जात्रा लाग्ने गर्दछ । महानवमीका दिन राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको बताइएको छ। स्थानीय भाषामा मैतडको जात भनिने उदयदेव मन्दिरको दर्शनका लागि टाढाका भक्तजनहरु समेत मन्दिरमा आउने…

Read More