दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेकाे नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन्। उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए।
काठमाडौ : नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गरेका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले एमाले स्तब्ध भएको समेत बताएका छन्। ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘हामी यस आक्रमणको…
काठमाडौं : नेपालको तेस्रो विकेट पतन भएको छ। आसिफ शेख २३ रन बनाएर आउट भएका छन्। २७ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरेका थिए। यसअघि कुशल मल्ल ११ रन कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए। युएईले निर्धारित ओभरको खेल खेल्दै नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। यो समाचार तयार पार्दा नेपालले ११.३ ओभरको समाप्तिमा ६७ रन बनाएर खेलिरहेको छ ।
डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा टोल स्तरीय वडा कप भलिबल हुने भएको छ। जिल्लाको अमरगढी नगरपालिका-२ र ३ को काँडे कोटमा बैजनाथ कृषि समूहको आयोजना र अमरगढी नगरपालिका वडा नम्बर २ र ३ को प्रायोजनमा खुला वडा कप भलिबल प्रतियोगिता हुन लागेको हो। भलिबल प्रतियोगितामा २ र ३ नम्बर वडाका खेलाडीले मात्रै सहभागीता जनाउन पाउने कार्यक्रमका संयोजक हरेन्द्र भण्डारीले जानकारी दिए। प्रतियोगिता यहीँ कात्तिक ३ र ४ गते काँडे कोटको खेल मैदानमा हुनेछन्। संयोजक भण्डारीका अनुसार टिम दर्ता शूल्क एक हजार दुई सय रुपैयाँ रहेको छ। प्रथम पुरस्कार १२ हजार एक, दोस्रो हुनेलाई सात हजार एक, तेस्रो हुनेलाई चार हजार…
दार्चुला: दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका-७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय राम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको जनाइएको छ।
डडेल्धुरा : उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका हर्कबहादुरको पारिवारिक दबाबका कारण २०५३ मंसिरमै विवाह भयो। मंसिरकै महिनामा बुवाको निधन भयो। त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए। २०३३ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरमा जन्मेका हर्कबहादुर कैनीले उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। ०५६ सालमा विवाह गर्दा लागेको ऋण तिर्न मुम्बइ पुगेका उनले एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरेका थिए । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले। अनि चिया पकाउने काम छोडेर नयाँ कामतर्फ लागे, तर बिना तलब । ‘५ महिनासम्म काम सिकेपछि…
धनगढीः कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद गरिएको छ। कैलालीका विभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको लेडिज सुट, चिनी, मिश्री, नरिवल, हार्डवेयरका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यसैगरि, भजनी नगरपालिका-३ काँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६ हजार ७ सय मूल्य बराबरको सुतीको कपडा, धोतीको कपडा, कुर्ता सुरुवाल लगायतका सामान बुधबार बिहान प्रहरीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका…
काठमाडौं : त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ। मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन्। सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन्। नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ। हङकङ र यूएईले कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन्। अंक तालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं : नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन्। ‘कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन। असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ ’ उनले भने, ‘हामी अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका छौं । यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ।’ उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने समेत बताएका छन्।