काठमाडौं : नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन्।
‘कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन। असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ ’ उनले भने, ‘हामी अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका छौं । यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ।’
उनले कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने समेत बताएका छन्।
Facebook Comments Box