Author: महेन्द्रनगर पोष्ट

अछाम : अछाममा जुवाखालबाट ३६ हजारसहित ९ जना पक्राउ परेका छन्। जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने ३५ वर्षीय बिनोद शाहीसहित ९ जनालाई मंगलबार राति पक्राउ गरिएको हो। उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले नगद ३६ हजार १ सय र तास ४ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

डडेल्धुरा: जुवातास खेलिरहेको अवस्थामा प्रहरीले डडेल्धुराबाट ९ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका–२ भेलका चन्द्र भण्डारीको पुरानो कुखुरा फार्मभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय बिरेन्द्र खडायतसमेत ९ जनालाई मंगलबार राति पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले उनीहरूलाई नगद १३ हजार रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो।

Read More

अछामः अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–४ पायलका रबिन्द्र देउकरको श्रीमती ३५ वर्षीया सरस्वती देउकरको मंगलबार मृत्यु भएको हो। मंगलबार दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरिर भरी एक्कासी अरिङ्गालले टोकेपछि उनी घाइते भएकी थिइन्। घाइते सरस्वतीको स्थानीय अस्पताल बयलपाटामा उपचारको क्रममा सोही साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित होटल सञ्चालक र दुईजना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”का होटेल सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्की मंगलबार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कार्कीको आफ्नै घरमा सञ्चालनमा रहेको उक्त होटेलमा चेकजाँच गर्दा ९२.४२ ग्राम लागुपदार्थ चरेश फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस्तै भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट २.०७ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र सोही ठाउँका २४ वर्षीय दिल्ली राज भाटलाई पनि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Read More

डोटी :;डोटीमा भालुको आक्रमणबाट एक जना महिला घाइते भएकी छन्। जिल्लाको आदर्श गाउँपालिका–३ घट्टेखोलाकी २८ वर्षीया कमला आउजी भालुको आक्रमणबाट घाइते भएकी हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार घाँस काट्न जङ्गलमा गएका बेला मङ्गलवार बेलुका ५ बजेतिर आउँजीलाई भालुले आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएकी आउँजीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनलाई उपचारको लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइएमा थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको अस्पताले जनाएको छम

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं : उत्तरी छिमेकी चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ। नेपालस्थित चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन्। चीन सरकारको तर्फबाट थप १५ मिलिनय आरएमबी अर्थात् नेपाली २६ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको राजदूत सोङले बताएका छन्। राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले पनि १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ। चिनियाँ रेडक्रस र त्यहाँको सरकारबाट नेपालका भूकम्पपीडितका लागि थप सहयोगका रुपमा २७ करोड ९३ लाख १० हजार रुपैयाँ उपलब्ध…

Read More

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका १० वटा पालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण तीव्र रूपमा अगाडि बढेको छ। प्रदेशका पाँच जिल्लाका १० वटा स्थानीय तहमा एकीकृत कृषि तथा पशु सेवा केन्द्रका भवन बन्न लागेका हुन्। जुन निर्धारित समयमै सम्पन्न गर्ने गरि काम चलिरहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक कोरिडोर कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुराका चार, कैलाली र दार्चुलाका दुई/दुई तथा बैतडी र डोटीका एक/एक पालिकामा सेवा केन्द्रका भवन निर्माण भइरहेकाे कार्यालय प्रमुख द्रोणबहादुर बुढाथोकीले जानकारी दिए। १० वटा भवन निर्माणका लागि भ्याटसहित ३२ करोड बजेट छुट्याइएको उनको भनाइ छ। ´अरू ठाउँमा तिव्र रूपमा काम भइरहेको छ। …

Read More

काठमाडौँ : स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ। मङ्गलवार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले सफाइ दिने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षअघि गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाएकोमा अदालतले सफाइ दिइएको हो। ०७९ असार ३ मा अख्तियारले भण्डारीमाथि ६ करोड २४ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको अभियोगमा मुद्धा चलाएको थियो। ०७३ असोज २१ मा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीका रूपमा सार्वजनिक सेवामा प्रवेश गरेका भण्डारीले साउन ०७७ देखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका थिए। उनले सरकारी…

Read More

काठमाडौँ : ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन् । पोल्यान्ड पठाउने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Read More