कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित होटल सञ्चालक र दुईजना पक्राउ परेका छन्।
जिल्लाको कृष्णपुर नगरपालिका-२ बंक स्थित “होटल माँ डिलासैनी गेष्ट हाउस एण्ड लज”का होटेल सञ्चालक ४८ वर्षीय पदमबहादुर कार्की मंगलबार साँझ पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कार्कीको आफ्नै घरमा सञ्चालनमा रहेको उक्त होटेलमा चेकजाँच गर्दा ९२.४२ ग्राम लागुपदार्थ चरेश फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट २.०७ ग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र सोही ठाउँका २४ वर्षीय दिल्ली राज भाटलाई पनि मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
Facebook Comments Box