Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ । सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । घाइते हुनेमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । बा १५ च ९०६४ नम्बरको कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

Read More

बझाङ : धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट बचेको छ। जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो। सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ । बस निकाल्ने प्रयास भइरहेको र मेसिन आएपछि बस तानेर मात्र राजमार्ग सुचारु हुने बताइएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको छ। इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ। प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।

Read More

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना भएको छ दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–२ स्थित पाताल भुमेश्वर गेट नजिकै शुक्रबार बिहान सुपप्र ०१–००२त ४५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। सतबाँझबाट पाटनतर्फ जाँदै गरेको खाली ट्याक्टर दुर्घटनामा परी सडकबाट २० मिटर तल खसेको छ। ट्याक्टर चालक फरार रहेका अस्थायी प्रहरी पोष्ट सतबाँझले जनाएको छ।

Read More

-करिश्मा मानन्धर समाजशास्त्रमा कुनै पनि नीति, नियम, सिद्धांत सर्वकालिन सर्वमान्य हुन सम्भव छैन । आज समय सान्दर्भिक भयेको सिद्धांत, विचार, भोलि नै असान्दर्भिक लाग्न सक्छन्। विभिन्न चलहरुको कार्यको परिणाम स्वरुप कार्य ठोस नहुन पनि सक्छन् ! त्यो समय अनुकुल नहुन पनि सक्छन् । आज सान्दर्भिक लागेको कुरा भोलि सान्दर्भिक नलाग्न पनि सक्छन् । यहि हो समाज विज्ञानको विशेषता । यो विशुद्ध विज्ञान जस्तो सर्वमान्य हुदैन । जसरी मानिसको जीवन चलायमान छ, मानिसको इच्छा आकांक्षा चलायमान छ, त्यसको परिणाम स्वरुप हरेक समाज चलायामान छ । यस्तोमा हिजो गरेका निर्णयले भोलि तगारो हाल्न पनि सक्छ । सन्दर्भ .. गैर आवसिय नेपाली संस्था…

Read More

काठमाडौं: आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ। काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका छन्। मन्दिर नजानेहरू आफ्नै दशैं घर वा पूजा कोठामा देवीको पूजा आराधना गर्दछन्। धर्मशास्त्रका जानकार डा। वासुदेवकृष्ण शास्त्रीका अनुसार कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ। यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक वचन छ। कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय आदि नष्ट हुने धार्मिक विश्वास रहेको डा. शास्त्री बताउँछन्।

Read More

काठमाडौं: गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन्। नयाँ नेतृत्वका लागि बिहीबार भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी निर्वाचित भए।केसीले एक हजार ३७८ मत पाए। उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार श्रेष्ठले एक हजार २२५ मत र रविना थापाले ४७ मत पाए। उपाध्यक्षमा डाक्टर विनोद श्रेष्ठ, डाक्टर हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन्। युवा उपाध्यक्षमा रोशन थापा दुई हजार ४६८ मतसहित निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन्। महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन्। उनले…

Read More

काठमाडौं: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Read More

अछाम : १९औं एसियाडमा क्रिकेटमा कीर्तिमान बनाएका दीपेन्द्र सिंह ऐरीलाई साँफेबगर नगरपालिकाले सम्मानसहित नगद प्रदान गर्ने भएको छ । साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवरले रेडियो जनप्रिय एफएमले आयोजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा क्रिकेटमा कीर्तिमान बनाएका ऐरीलाई सम्मान सहित नगर ७५ हजार रुपैया सहयोग गर्ने घोेषणा गरेका हुन् । एसियाडमा ८ वर्षपछि पुनरागमन गरेको क्रिकेटमा दीपेन्द्रले ९ बलमा अर्धशतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाएका थिए ।सुरुको ६ बलमा लगातार छक्का प्रहार गरेका उनले दुर्लभ जस्तै रहेको कीर्तिमान आफ्नो नाममा बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक प्रहार गरेका थिए । नगर प्रमुख कुँवरले उक्त प्रतियोगितामा ऐरीले देशको स्वाभिमान…

Read More

बारा : दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी आफू ‘पत्रकार हुँ’ भन्दै पत्रकार र प्रहरी लगायतको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेका छन् । उनले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टलबाट विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको आरोप छ । साथै यसबापत दसैँ खर्च माग गरेको उजुरीको अनुसन्धानको क्रममा वादविवाद र अभद्र व्यवहार गरेकोले वर्णवाललाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको…

Read More