Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् । उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको रहेछ भन्ने विषयमा बुझ्ने बताइन् । ‘भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे हाम्रो ध्यानाकर्षण भएको छ । के हो भनेर हामी जानकारी लिने क्रममा छौँ । एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदाको प्रोटोकल जे हो, त्यो पूरा गर्नुपर्छ । थप बुझ्दै छौँ’, उनले भनिन् । दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले…

Read More

काठमाडौँ : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५४ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल गएका थिए । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको…

Read More

काठमाडौँ : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद केदार कार्कीले बहुमत सांसद (४७ जना) को हस्ताक्षर बुझाएका छन्। प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेटेर कार्कीले बिहीबार काँग्रेसका ८ जना र नेकपा एमालेका उपसभामुखबाहेक ३९ जना गरी कूल ४७ जना सांसदको हस्ताक्षर बुझाएका हुन्। कोशी प्रदेश सभा ९३ सदस्यीय हो। सरकार बनाउन यहाँ ४७ जना भए बहुमत पुग्छ। मुख्यमन्त्री हिक्मत कार्कीले गत असोज २० गते पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुख खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएका थिए। आजै यस अघि माओवादी संसदीय दल नेता इन्द्र आङ्बोले पनि…

Read More

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ। पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए। ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ। उहाँ अहिले बाहिर हुनुहुन्छ, सक्रिय हुनुहुन्छ’, प्रधानमन्त्रीले भने, ‘उहाँको किताव विमोचन गर्न पाउँदा खुसी लागेको छ। आउन दिनमा पनि अरु राम्रा रचना आउने…

Read More

काठमाडौं : नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गाडीमा तोडफोड गरेपछि त्यस्को हिसाव किताब हुने बताएका छन् । झापाको अर्जुनधारामा एमाले नेता बस्नेत सहभागी कार्यक्रममा तोडफोड भएपछि सामाजिक संञ्जालमा बस्नेतले यस्तो चेतावनी दिएका हुन् । ‘झापाबाट कार्यक्रम भब्य ढंगले सम्पन्न गरेर काठमाण्डौ फर्कने क्रममा युवाहरुबाट बिदाई सम्पन्न भयो । कार्यक्रम सम्पन्न भएपछि अराजक दुर्गा प्रसाईंका पाखण्डीहरुले कथित पहिचानबादीको आडमा पार्किङ्ग गरिराखेको सर्वसाधारण र सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदशन गरेका छन् । यस्को हिसाव किताब अबस्य हुनेछ !’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् । सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा…

Read More

काठमाडौँ : सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीमा विभिन्न जोखिम रहेकाले त्यसलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । सहकारी बैंकले आयोजना गरेको गोष्ठीमा ‘सहकारी सञ्चालन एवं अनुपालना जोखिम: मापन ता व्यवस्थापन रणनीति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले जोखिमलाई अवसरको रूपमा लिएर अगाडी बढ्न सके उचाइ समेत प्राप्त गर्न सक्ने बताए । सहकारीमा विशेषतः कर्जा, तरलता, सञ्चालन, प्राविधिक, ब्याजदर, लगानी, साख र अनुपालना जस्ता जोखिम रहेको उनले उल्लेख गरे । त्यसैगरी सदस्यको निष्क्रियता, कमजोर व्यवस्थापन, फितलो सुशासन, दक्ष जनशक्तिको कमी, स्पष्ट योजनाको अभाव, फितलो अनुगमन, कमजोर वित्तीय व्यवस्थापन र सुशासन सहकारी सञ्चालन…

Read More

काठमाडौं: युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् । नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

Read More

काठमाडौं : ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजाय काटिरहेका योगराज ढकाल रिगलको कैद मिनाहाविरुद्ध दायर भएको रिटमा सुनुवाइ भए पनि आदेश भने आएन। बिहीबार पूर्ण इजलासमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । बहस सुरु गरे पनि प्रधानन्यायाधीश श्रेष्ठले यस्ता प्रकृतिका मुद्दाको फैसला अधिक गरेकाले फैसला नदिएका हुन् । मुद्दाको अर्को पेसी कात्तिक १४ का लागि तोकिएको छ । रिगल समूहको खुँडा प्रहारबाट मारिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटको सुनुवाइ दोस्रोपटक हुन लागेको हो । यसअघि गत बिहीबार (१८ असोज) प्रारम्भिक सुनुवाइ भएको थियो ।

Read More

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग गरेका छन्। आज बिहीवारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताएका हुन्। उनले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गरे। सभापति लामिछानेले गुन्जी क्षेत्र नेपाली भूमि रहेको र नेपालको चुच्चे नक्सामा समेत समेटिएको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए।

Read More

धनगढी : रणबहादुर चन्द। सुदूरपश्चिमको राजनीतिमा चिरपरिचित नाम हो। अनेरास्ववियुको पञ्चोदय कमिटीबाट एमालेको राजनीति थालेका उनै चन्द बिहीबार सुदूरपश्चिम प्रदेश सचिवमा सर्वसम्मत रुपमा चयन भएका छन्। उनीसँग प्रतिस्पर्धामा उत्रिएका राजेश खाती, जीवन बम र रतन रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द सर्वसम्मत निर्वाचित भए। झण्डै ३० वर्षदेखि एमालेको राजनीतिमा सक्रिय चन्दले पार्टीको कैलाली सचिवका रुपमा रहेर काम गरिसकेका छन्। चन्दको योग्यता, क्षमता, दक्षता, पार्टी निर्माणमा खेलेको भूमिका तथा नेतृत्व गर्न सक्ने खुबी लगायतका कारण पार्टी नेतृत्व र आम नेता, कार्यकर्ताले विश्वास गरेर चन्दलाई प्रदेश सचिवको जिम्मेवारी दिएको छ। दुई वर्ष अघि पार्टी गुटबन्दीको सिकार भएर कैलाली जिल्ला अध्यक्षमा २ मतले पराजीत…

Read More