काठमाडौँ : अस्ट्रेलिया र भारतबिच जारी क्रिकेट विश्वकपको फाइनलमा भारतले चौथो विकेट गुमाएको छ। चौथो विकेटका रूपमा भारत विराट कोहलीलाई गुमाएको हो। प्याट कमिन्सको बलमा कोहली आउट भएका हुन्। उनले ६३ बलमा ५४ रन बनाए। यसअघि श्रेयश अय्यर चार रन बनाएर आउट भएका थिए। यस अगाडि रोहित शर्मा ३१ बलमा ४७ रन लिएर आउट भएका थिए। शुभमन गिल आउट भएका थिए। आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल टस जितेको अष्ट्रेलियाले बलिङ रोजेको थियो। फाइनलसम्म पुग्दा भारत अपराजित रहेको छ। भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो। भारत २००३ को फाइनलमा अष्ट्रेलियासँग हारेको थियो। अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११…
Author: महेन्द्रनगर पोष्ट
बैतडी : बैतडीमा एक जना पुरूष मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–५ कुमालीका अन्दाजी ४५ वर्षीय नरेश जोशी आइतबार मृत अवस्थामा फेला परेका हुन्। घरबाट कार्तिक ३० गते देखि बेपत्ता रहेका जोशी आइतबार बिहान दशरथचन्द नगरपालिका–५ कै मुल्यभिटा भन्ने भीरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक खेमबिक्रम केसीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रौतहट: सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद गरेक छ। इन्टेलिजेन्स ब्युरोले रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्याग्जिन ६ वटा तथा एयर गन १ नाल समेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सो घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा ब्युरोले आइतबार दिउँसो सो घरमा खानतलासी गरेको थियो। बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ। हतियार सहित मोबाइलको सोमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी गरिएको नागरिकता समेत…
काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको संयुक्त बैठकले एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका हुन्। बैठकको सुरुमा एकता वार्ता समितिको विगतको गतिविधिबारे रिपोर्टिङ गरिएको संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ। बैठकमा पार्टी एकताका लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने भएको छ। समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधारमा अगाडि बढ्ने सहमति गरेका छन्। त्यस्तै, पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्हलगायतका विषयमा एकता समितिले सहमति गरेअनुरूप अगाडि बढ्ने…
काठमाडौं : भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल खेलमा घरेलु टोलीले टस हारेको छ। अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। खेल दिउँसो सवा २ बजे सुरू हुनेछ। एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो। यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जित्दा भारतले दुई…
बझाङ : बझाङस्थित सेती नदीमा बगिरहेकी एक बालिकाको उद्दार गरिएको छ। आज बिहान ९.३० बजे जयपृथ्वी नगरपालिका–३ पडेशकी ११ वर्षीया अमिसा ओखेडालाई वडा प्रहरी र स्थानीयले उद्दार गरेको हो। पडेशबाट पुजाको लागि जल लिन आएकी अमिसा पानी भर्ने क्रममा ढुङ्गाबाट चिप्लिएर बगेकी थिइन। उनी बगेको केही तल नदीको बीचमा अड्किएको अवस्थामा स्थानीयले देखेका थिए। उनलाई वडा प्रहरी कार्यालय चैनपुरबाट प्रहरी सहायक निरिक्षक हरिशराज पन्तको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोली र स्थानीय मानिसहरुले नदीबाट सकुसल उद्दार गरी आफन्तको जिम्मा लगाएका पठाएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
काठमाडौं : नेपाली राष्ट्रिय गीत ‘यो नेपाली शीर उचाली…’ नेपालमा मात्र होइन, नेपाली भाषी बसोबास गर्ने विश्वका धेरै देशमा चर्चित छ। नेपाली राष्ट्रियताको भावना बोकेको यो गीतमा बलिउड अभिनेता विक्की कौशलले पनि नृत्य प्रस्तुत गरेका छन्। विक्कीले आफ्नो आगामी फिल्म ‘साम बहादुर’का लागि उक्त गीतमा नृत्य प्रस्तुत गरेका हुन्। लखनउमा भएको छायाङ्कनमा विक्कीले उक्त गीतमा खुकुरी नाच गरेका हुन्। भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरुमा बजाइने यो गीत विक्कीको फिल्म ‘साम बहादुर’मा पनि समावेश गरिएको छ। फिल्म ‘साम बहादुर’ भारतीय सेनाको गोर्खा रेजिमेन्टका पहिलो प्रमुख साम मनेकसवाको जीवनीमा आधारित छ। लखनउमा भएको फिल्मको छायाङ्कनका क्रममा विक्कीले गीतमा खुकुरी नाच प्रस्तुत गरेका…
काठमाडौं : चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३, थानबाडाकी ५६ वर्षीया मनसरी कामी र भेरी नगरपालिका–४, तल्याउनका केशव भडेलको मंसिर २ गते मृत्यु भएको हो। यसअघि बारेकोट गाउँपालिका–१, रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४, जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका–४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड–४ की ४८ वर्षीया पम्फा रावल, बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५…
धनगढी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुदैछन्। अहमदाबादमा हुने फाइनल खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ। भारतले न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। यी दुईबीचको खेल रोचक हुने अनुमान गरिएको छ। यी दुई टोलीबीचको खेलमा कसले बाजी मार्ला ? भनेर अनेक अडकलबाजी भइरहेको छ। यसैबीच आज हामी तपाईंलाई आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको एक रोचक पाटोबारे जानकारी दिँदैछौं। २००७को एकदिवसीय विश्वकप क्रिकेट आईसीसीद्वारा आयोजित नवौं क्रिकेट विश्वकप थियो। क्यारेबियनमा आईसीसी क्रिकेट विश्वकप आयोजना भएको त्यो पहिलो पटक थियो। संयुक्त राज्यको…
डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाँउपालिका-२ मा अवस्थित भागेश्वर मन्दिरमा मंसिर १० गते राती मेला लाग्ने भएको छ। धुराइ जाँतका नामले परिचित उक्त मन्दिरमा मंसिर १० गते राती (रतेडी) मेला लाग्ने भागेश्वर मन्दिरका पुजारी चन्द्र जैशीले जानकारी दिए। भागेश्वर मन्दिर डडेल्धुरा सदमुकामदेखि करिब चालिस देखि पचास किलोमिटरको दुरीमा महाभारत क्षेत्रमा रहेको छ। सुदूरपश्चिमकै प्रमुख धार्मिक स्थल रुपमा रहेको भागेश्वर मन्दिरमा वर्षको चार पटक पूजा गर्ने प्रचलन भएपनि भब्य मेला भने वर्षमा दुई पटक मेला लाग्ने गर्दछ। ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो र ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती लाग्ने गर्दछ। समुद्री सतहदेखि २००२ मिटर अग्लो महाभारत…