धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन्। उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेपछि नेताहरूले सहमतिको प्रयास थालेका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौँ फर्किएपछि नेताहरु सहमतिको प्रयामा लागेका हुन् । ओली हिजो अधिवेशनको उद्घाटन गर्न धनगढी पुगेका थिए। ओलीले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएपछि पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् । अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेर छलफल भइरहेको छ। तीन जना आकांक्षी मध्ये एक जनालाई…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौ : परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमा आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई सहजीकरण गर्न मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको हो। मन्त्रालयलका प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाल, इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई परराष्ट्रले सम्पर्क व्यक्ति तोकेको छ। मन्त्रालयले उनीहरूको सम्पर्क नम्बरसमेत दिएको छ भने इमेलसमेत खुलाएको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनको इस्लामिस्ट समूह ‘हमास’को आक्रमणमा परी १० जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ।
काठमाडौं : मनसुन बाहिरिएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पश्चिमी भूभागमा तत्काल पानी पर्ने सम्भावना छैन। अन्य भूभागमा पनि लामो झरी पर्ने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ। नेपालका पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावका कारण बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सफा रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा…
काठमाडौं : कार्ड सकिएपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइको काम रोकिएको छ। अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक ३ सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। अहिले आकस्मिक रूपमा सेवाग्राहीका लागि मात्रै अनुमतिपत्र छापिएको तीन साताभन्दा बढी भएको विभागले जनाएको छ। नियमित रूपमा हुने छपाइ रोकिएपछि विभागका लागि छाप्नुपर्ने अनुमतिपत्रको संख्या भने बढिरहेको छ। थप कार्ड खरिदका लागि ठेक्काको तयारी अघि बढाइएको प्रवक्ता पनेरूले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
बैतडीः बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित पक्राउ परेकी बैतडीको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहरा आइतबार धरौटीमा रिहा भएकी छन्। पार्वतीको बयानको आधारमा पक्राउ परेका सोही ठाउँका भरत बोहरा पनि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। यही असोज ४ गते बारुद बनाउने १२ किलो कच्चा पदार्थसहित सीमा क्षेत्र झुलाघाटबाट पार्वतीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको अनुसन्धानपछि जिल्ला अदालतमा भएको थुनछेक बहस पश्चात दुवै जनालाई धरौटीमा छाड्ने आदेश दिएसँगै उनीहरु धरौटी बुझाएर रिहा भएका हुन्। पार्वतीले २५ हजार धरौटी बुझाएकी छन् भने भरतले १० हजार धरौटी बुझाएका छन्।
काठमाडौं : नेपालकी मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिएकी छन्। उनले ‘तुम्हारे बिना हमारे कोनो नहीँ’ बोलको गीत गाएकी थिइन्। उनले गीत गाउँदा शोका निर्णायक कुमार सानु, विशाल ददलानी र श्रेया घोषाल भावुक भएका थिए। तीनै जना निर्णायकबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाएकी मेनुकाले ‘गोल्डेन माइक’ समेत जितेकी छन्। उनको प्रस्तुतिले यतिबेला सामाजिक सञ्जालमा तारिफ बटुलिरहेको छ। मेनुकाले ‘नेपाल आइडल’ र भारतको रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिएकी थिइन्। उनी ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन्।
काठमाडौं : सशस्त्र प्रहरी बलले दसैं, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा दुई वटा बस सेवा सञ्चालन गर्ने भएको छ। चाडपर्वको समयमा घर बिदा जाने सशस्त्र प्रहरी कर्मचारीको आवतजावतमा यातायात सहजताको लागि गत वर्षदेखि सञ्चालन भएको सशस्त्रले निःशुल्क बस सेवाले यस वर्ष पनि निरन्तरता पाउने भएको हो। सशस्त्र प्रहरी प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाडौं, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले…
काठमाडौं : इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् । इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेको नेपालीहरुले जनाएका छन् । यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १४का वडा सदस्य मानबहादुर खत्रीको निधन भएको छ । उनको काठमाण्डौको गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको शब धनगढी ल्याईदैछ । दाहसंस्कार भने सोमबार फुलबारीमा गरिने बताईएको छ ।
कञ्चनपुरः महेन्द्रनगरमा आइतवार सम्पन्न इन्टरनेशनल टी–२० कप क्रिकेटको उपाधि धनगढीको एसपीए कलेजले हात पारेको छ। आइतवार भएको फाइनलमा महेन्द्रनगरको लिटिलबुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो।उपाधिसँगै १ लाख नगद हात पार्यो। एसपीएले अपराजित रहदैँ प्रतियोगिताको उपाधि हात पारेको हो। महेन्द्रनगरस्थित क्रिकेट मैदानमा आइतवार सम्पन्न फाइनलमा एसपीएले पाएको ६४ रनको लक्ष्य १३.४ ओभरमा ७ विकेट गुमाएर भेट्टाएको थियो। एसपीएका आशिष लुहारले ६ बलमा १४ रन, विशाल विष्टले ८ र गौरव मल्लले ११ रन जोडे। लिटिलबुद्धका नरेन्द्र ऐडीले ३ विकेट, राजेश ऐरले २ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको लिटिलबुद्धका लागि पुकार चन्दले २३ र राजेश ऐरले १०…