Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुक दोधारमा उभिएको बताएका छन्। शनिबार काठमाडौंमा सुरु कांग्रेस बागमती प्रदेश सम्मेलनमा देउवाले मुलुक संक्रमणकालमा रहेको बताएका हुन्। भन्ने कुरा धेरै छैन भन्दै देउवाले भने, ‘कांग्रेस नेतृत्वदायी भूमिकामा बसेर समावेशी समानुपतिक लोकतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ, यो महत्त्वपूर्ण कुरा हो।’

Read More

काठमाडौं : पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ। डब्लुएचओले जारी गरेको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो २८ दिनमा कोभिड सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ।’ डिसेम्बर १७ सम्ममा कोभिड–१९ सुरु भएयता विश्वभर ७७ करोड २० लाखभन्दा बढी सङ्क्रमित पुष्टि भएका छन् भने करिब ७० लाख कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भइसकेको छ। कोभिड–१९ का नयाँ संक्रमित एक लाख १८ हजार भन्दा बढी अस्पताल भर्ना भएका र एक हजार ६०० भन्दा बढी नयाँ सघन उपचार कक्ष (आइसियु) मा भर्ना भएका डब्लुएचओले जनाएको छ । डब्लूएचओले मानिसहरूलाई उपलब्ध…

Read More

पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो। गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै थिए मकरबहादुर। मकरबहादुरले यसपालि १६८ मुरी धान उब्जाएका थिए। सोही कारण त्यस दिन उनलाई स्थानीय सरकारले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो। सम्मान कार्यक्रममा उपस्थित सबैले ५६ वर्षीय मकरबहादुर र उनकी ६० वर्षीय श्रीमती टीकामायाको मेहनतको प्रशंसा गरिररहेका थिए। फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार र सय मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रूपैयाँ पुरस्का दिने घोषणा…

Read More

काठमाडौं : ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो। ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले हिजो मध्य राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइन मार्फत फाराम भरेको बताए। कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरिएको थियो। यसमा सीप विल्डङकम लागि आवेदन दिएर परीक्षामा अनुउत्तिर्ण भएका २८ हजार भन्दा बढीले फाराम भर्न पाएका छैनन्। उनीहरूलाई समेत फाराम भर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी…

Read More

छान्ना : बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन। निर्माण व्यवसायीको लापरबाहीका लागि सडक निर्माण गर्ने योजना अधुरै छ। खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने बनाउने कामको अहिलेसम्म टुङ्गो लागेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। पूर्वाधार विकास कार्यालयले ठेक्का आह्वान गरेपछि एमपी कन्स्ट्रक्सनले ४६ लाख ३६ हजारमा ट्र्याक खोल्न २०७७ पुसमा सम्झौता…

Read More

काठमाडौं : कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिएका छन्। पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो। अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको शाखा प्रमुख सुवेदीले बताए।

Read More

कैलालीः कैलालीको टीकापुरबाट बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । टीकापुर नगरपालिका-१ बस्ने २६ वर्षीया माया चौधरी शुक्रवार पक्राउ परेकी हुन् । कैलाली जिल्ला अदालतले २०७२ माघ १० गते उनलाई बहु–बिबाह मुद्दामा ९ महिना ८ दिन कैद र  ५ हजार जरिवाना ताकेपछि उनी फरार रहेकी थिइन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरको ठेगानामा फेला पारी पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिसकेको प्रहरीले बताएको छ। 

Read More

कैलाली : कैलालीको गौरीगंगामा संचालित कान शिविरमा १७५ जनाले सेवा लिएका छन्। गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमालाको आयोजनामा चौमालामा सम्पन्न शिविरमा १७५ जनाले निःशुल्क कान चेकजाँच गराएका हुन्। गौरीगंगा नगरपालिका वडा नम्बर २ को समन्वय र इमप्याक्ट नेपालको प्राबिधिक सहयोगमा सम्पन्न शिविरको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हेमन्त राज जोशीले सहजीकरण गरेका थिए। शिविरमा ५ जनाको कानको शल्यक्रिया गराउनु पर्ने देखिएकाले उनीहरुको सहुलियत दरमा शल्यक्रिया गर्ने ब्यवस्था मिलाउने इमप्याक्ट नेपालले जनाएको छ।

Read More

कैलाली : कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्। जिल्लाको गौरिगंगा नगरपालिका- ६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोक्किदा सुपप्र ०३ ००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका-४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएका छन्। प्रहरीले ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार कार र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Read More

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।  भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन…

Read More