डडेल्धुरा: नेकपा (माओवादी केन्द्र) अमरगढी नगर कमिटी अध्यक्ष यादवप्रसाद ओझाले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि सक्रिय सदस्य हुँदै नगरकमिटी अध्यक्षको रूपमा काम गरिरहेको पार्टी छाडेको घोषणा गरेका हुन्। अध्यक्ष ओझाले विविध व्यक्तिगत कारणवश माओवादी केन्द्रको नगरकमिटी अध्यक्ष पदबाट र पार्टी साधारण सदस्यसमेत नरहने गरी मंगलबारदेखि नै पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत् जनाएका छन्। यस्तो छ प्रेस विज्ञप्ति
Author: महेन्द्रनगर पोष्ट
धनगढी : कञ्चनपुरमा एक युवतीको सामूहिक हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ को आई.बि.आर.डि. बजार बस्ने २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुस्करराज पन्तले भदौँ ३० गते आईबीआरडी बजारदेखि (घ) गाउँ तर्फ जाने सडकमा वेवारिसे अवस्थामा मृत भेटिएकी घर्तीको सामूहिक हत्या गरेको अभियोगमा आइतबार चार जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा बेलौरी नगरपालीका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेको प्रहरी निरीक्षक पन्तले बताए । हत्या…
काठमाडौं : बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको हो। हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्र भएर ५.१ रेक्टर स्केलको परकम्प गएको केन्द्रका प्रमुख बलबहादुर तामाङले बताए। त्यसपछि ३ : ४५ बजे ४.१, ४ : २८ मा ४.१ र ४ : ३१ मा ४.३ रेक्टर स्केलको परकम्प गएको उनले जानकारी दिए। चार रेक्टर स्केलभन्दामुनी थुप्रै परकम्प गइसकेको उनले बताए। दिउँसो २ बजेर ४० मिनेटमा पहिला ५.३ रेक्टर…
काठमाडौं : नेपालगञ्जमा मान्छे काटेको अभियोगमा कैद सजाय पाएका रिगल भनिने योगराज ढकाललाई दिएको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । चेतन मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले दिएको कैद माफीविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । चेतनको हत्यामा अदालतबाट जन्मकैदको सजाय पाएका तरुण दलका तत्कालीन क्षेत्रीय सभापति रिगललाई संविधान दिवसका अवसरमा सरकारले असोज ३ गते कैद माफी दिएको थियो । कैद माफीपछि रिगल गाडीको लावालस्करसहित दाङ कारागारबाट नेपालगञ्ज पुगेर सार्वजनिक कार्यक्रम गर्दै हिँडेका थिए । आफ्ना श्रीमान्का हत्यारालाई आममाफी दिइएको भन्दै न्यायका लागि काठमाडौं आएकी भारतीले सर्वोच्चमा रिट दायर गरेकी…
धनगढीः धनगढीको विपिन स्टेसनर्सविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ९ की मनिषा शाहीले ठगी गरेको भन्दै उजुरी दिएकी हुन्। शाहीले गत साउन २५ गते निम्न माध्यमिक तहको शिक्षक लाइसेन्सको फाराम भर्न पैसा बुझाएको तर विपिनले फाराम नभरेकाले ठगी गरेको भन्दै उजुरी दिएकी हुन्। साउनमा लाइसेन्सको फाराम भरेको तर सोमबार प्रवेश पत्र ल्याउन जाँदा प्रवेशपत्र नमिलेपछि शाहीले स्टेसनर्स सञ्चालकविरुद्ध उजुरी दिएको बताइन्। कात्तिक १८ निम्न माध्यमिक तहको शिक्षकको लाइसेन्सको परीक्षाको मिति भए पनि विपिनले शाहीको फारामको शुल्क नबुझाएकाले प्रवेशपत्र नआएको हो। विपिन स्टेसनर्सका सञ्चालक सन्तोष उप्रेतीले यो वर्ष ६ सय बढीको फाराम भरेको भए पनि…
धनगढीः भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको प्राङ्गणमै सुत्केरी गराइएको छ। मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको प्राङ्गणमा लगेर सुत्केरी गराइएको हो। अस्पतालका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३ः ३० मिनेटमा बच्चालाई जन्म दिएकी हुन्। नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको बताइएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो। दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। पछि पुनः ३ बजेर ६ मिनेटमा…
धनगढीः बझाङमा भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा बिरामीलाई बाहिरै सेवा दिइएको छ। दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ। अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्। भूकम्पपछि लगातार पराकम्प आइरहेकाले बाहिर राखेर सुत्केरी गराउन लागिएको अस्पताल प्रशासनले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ। भूकम्पका…
धनगढी: सुदूरपश्चिममा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। अछामसहित सुदूरपश्चिमका सबै जिल्लामा दुईपटक भूकम्प गएको हो। प्रहरीका अनुसार अछाममा एक युवक घाइते भएका छन्। उनी विद्यालयको भवनबाट हाम फाल्दा घाइते भएका हुन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको बिन्देवासीनि माद्यामिक विद्यालयको विज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन्। भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ। यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। केही बेरअघि दिउँसो…
धनगढी: सुदूरपश्चिममा आज (मंगलबार) दिउँसो २ पटक आएको भूकम्पले बझाङमा क्षति पुगाएको छ। जिल्लाको तलकोट र चैनपुर आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर गएको भूकम्पले संरचनामा क्षति पुगाएको हो। स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन्। यस्तै जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो गएर बाटोसमेत अवरुद्द भएको बताइएको छ। यस्तै अहिलेसम्म आंशिक क्षति भएपनि मानवीय क्षतिको विवरण नआएको प्रहरीले जनाएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो। केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु…
काठमाडौं: सुदूरपश्चिममा आज(मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो । केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।