Author: महेन्द्रनगर पोष्ट

धनगढी: सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो। बाढीपहिरोले देशभर प्रभाव पारेपछि मन्त्रालयले यो निर्णय गरेको हो। सरकारले आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यसअघि काठमाडौं महानगरपालिकाले पनि तत्काल विद्यालय सञ्चालन नगर्न सूचना जारी गरेको थियो।  शुक्रबार र शनिबार देशभर भएको वर्षाका कारण व्यापाक जनधनको क्षति भएको छ। सयौँ सडकहरू भत्एिका छन्। 

Read More

धनगढी: कैलालीमा ९ जना जुवाडे पक्राउ परेका छन्। आज (शनिबार) गोदावरी नगरपालिका वडा नं.०१ बिजयनगरस्थित केशव सिंह गुरुङको घरमा जुवा खेलिरहेका ९ जना समातिएका हुन्। विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको टोली र मालाखेती प्रहरीको टोलीले उनीहरूलाई समातेको हो। समातिनेमा गोदावरी नगरपालिका बस्ने वर्ष ६६ का केशरसिंह गुरुङ, वर्ष ४२ को निरज शाह, वर्ष ४१ को खगेन्द्र योगी, वर्ष ४० को बुद्धी सापकोटा, वर्ष ३७ को नरेश रोकाया, वर्ष ६३ को मिनप्रसाद सिरिस, वर्ष ४० को मान बहादुर ऐरी, वर्ष ५४ को धिर्क बहादुर बम र वर्ष ४० को बिजय चौधरी रहेका छन्। उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी रितपुर्वकको…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्, भने एक जना फरार भएका छन्। धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट लागुऔषध ब्राउनसुगरसहित धनगढी–१ का २४ वर्षीय भरतराज जोशी पक्राउ परेका छन्। जोशी ८० मिलिग्राम लागुऔषधसहित शुक्रवार राति पक्राउ परेका हुन। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस्तै धनगढी–१७ का २३ वर्षीय पप्पु राना पक्राउ परेका छन्। रानालाई प्रहरीले १३० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा धनगढी–५ का बिनय थापाको घरबाट ७ सय ४० मिलिग्राम लागुऔषध बरामद गरिएको छ। बिनय भने फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै कञ्चनपुरबाट भारतीय नागरिकसहित…

Read More

काठमाडौँ: अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ। शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन्। बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ। कान्तिपुर संवाददाताहरूले पठाएको विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १(१ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन्। प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन्। उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार…

Read More

धनगढी: धनगढीस्थित डुब्का थकाली एण्ड रेस्टुरेन्टले आज आफ्नो प्रथम वार्षिकोत्सब मबाइरहेको छ। जसक्रममा रेस्टुरेन्टले विभिन्न प्रकारका अफरहरु तथा लाइभ म्युजिक प्रस्तुतिको कार्यक्रम पनि राखेको जनाइएको छ। रेस्टुरेन्टका सञ्चालक अमिर खड्काले वार्षिकोत्सबको अवसरमा ग्राहकवर्गलाई १५ प्रतिशत छुटसहित लाइभ म्युजिकको प्रस्तुति पनि राखिएको जानकारी दिए। उनका अनुसार आज द सोच ब्यान्डले रेस्टुरेन्टमा प्रस्तुति दिनेछ। जो चर्चित ब्यान्ड हो। एक वर्ष अगाडि धनगढीमा खुलेको डुब्का थकालीले आफ्ना ग्राहक बढाउदै लगेको सञ्चालकको दाबी छ।

Read More

काठमाडौँ: अविरल वर्षासँगैको पहिरोका कारण देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध बनेका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै बसेका खबरहरू आइरहेका छन्। नेपाल प्रहरीका अनुसार उपत्यकामै चार वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेका छन्। यस्तै कोशी प्रदेशमा ५, बागमतीमा २१, गण्डकीमा ४, लुम्बिनीमा ३ र कर्णालीमा १ राजमार्ग तथा सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ। यस्तै अवरुद्ध भएका ५ वटा सडक भने खुलाइएको छ भने केही सडक एकतर्फी सञ्चालनमा रहेका छन्। सडकमा पहिरो खस्ता प्रमुख राजमार्ग पृथ्वीराज मार्गसहित प्रभावित बनेका छन्।

Read More

काठमाडौँः वर्षाजन्य विपदमा परी काठमाडौँ उपत्यकामा २१ जनाको मृत्यु भएको छ। हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए। बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ। विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय…

Read More

बैतडीः बैतडीमा एक चितुवा पासोमा परेको छ। स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रवार राति १२ बजेतिर चितुवा परेको हो। स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए। उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए। पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ। पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको ढुङ्गानाले बताए।

Read More

काठमाडौं: अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर देशभर ११ जनाको मृत्यु भएको छ ।  शनिबार बिहान साढे १० बजेसम्म देशभर बाढीपहिरोमा परेर ११ जनाको मृत्यु भएको हो । बाढीपहिरोमा परेर १० जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीका अनुसार, पहिरोमा पुरिँएर काभ्रे तीन जनाको ज्यान गएको छ । यस्तै, धनकुटा र पाँचथरमा २-२ तथा काठमाडौं र ललितपुरमा १-१ जनाको मृत्यु भएको छ । यस्तै, बाढीले बगाउँदा झापा र धादिङमा १-१ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल एपीएफले जनाएको छ । पहिरोमा पुरिएर ललितपुरमा ६, धनकुटामा २, काठमाडौं / धादिङमा १-१ जना गरी १० जना बेपत्ता भएका छन् । यसैगरी, बाढीपहिरोमा फसेका ७६०…

Read More

डडेल्धुराः नागरिकताका लागि सिफारिस अनलाइनबाटै गर्न थालिएको छ। नागरिकता सेवाका लागि अब वडा कार्यालयबाटै अनलाइनमार्फत सिफारिस गर्न सुरु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । नागरिकता बनाउन अब अनलाइनबाटै सिफारिस गर्नुपर्ने गरि सबै वडा सचिव र सूचना प्राविधिक अधिकृतहरुलाई तालिम प्रदान गरिएको उनले बताए।जिल्लाका ७ स्थानीय तहका ५२ वडा कार्यालयले अब अनलाइनमार्फत सिफारिस गर्ने उनले बताए। अहिलेसम्म सबै वडा कार्यालयहरुले हस्तलिखित नागरिकता फाराम भरेर जिल्ला प्रशासन पठाउने गरेका थिए। यो प्रणाली लागू भएपछि नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ। सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु…

Read More