Author: महेन्द्रनगर पोष्ट

धनगढी: मदन भण्डारी स्पोर्टस् एकेडेमीको सुदूरपश्चिम प्रदेश संयोजकमा कुमार बडेला मनोनीत भएका छन्। नेकपा एमाले कैलालीका युवा नेतासमेत रहेका बडेला एकेडमीको प्रदेश संयोजकमा मनोनीत भएका हुन्। एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बडेलालाई प्रदेश संयोजकको जिम्मेवारी दिइएको जानकारी दिए। एकेडेमीको गत महिना १५ गते काठमाण्डौमा सम्पन्न केन्द्रिय कमिटिको निर्णयानुसार बडेलालाई प्रदेश संयोजकको रुपमा मनोनीत गरिएको उनले बताए। सो एकेडेमी “सबैका लागि खेलकुद’ भन्ने नारासहित २०६६ पौस १७ गतेका दिन स्थापना भएको थियो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओम विक्रम भाट (सरल) ले कैलाली र कञ्चनपुरका नागरिकमाझ पुगेर धान दिवस मनाएका छन्। आज (शनिबार) मन्त्री भाटले कैलालीको कैलारी गाउँपालिकास्थित हसुलिया र कञ्चनपुरको कृष्णपुरस्थित रैकवारमा पुगेर २१औं राष्ट्रिय धान दिवस मनाएका हुन्। रैकवार मन्त्री भाटकी निर्वाचन क्षेत्र पनि हो। सो क्रममा कृषक पृष्ठभुमिका मन्त्री भाटले आफैंले हलो जोत्नेदेखि ट्याक्टर (चम्फा) चलाउने र धान रोप्ने लगायतका कार्य गरेका थिए। बिहानैदेखि किसानमाझ पुगेर उनले नागरिकलाई धान दिवस मनाउनेमात्र होइन, उनीहरूलाई सघाउनेसमेत काम गरेका थिए। त्यस्तै उनले कृषि प्रधान मुलुक नेपालमा त्यसमा पनि सुदूरपश्चिममा मलको अभाव लगायतका समस्याले गर्दा कृषिमा परनिर्भरता बढ्ने जोखिम देखिएकोले सरकारले त्यसको…

Read More

धनगढी: डडेल्धुरामा सब-ओभरसियरसमेत रहेका एकजनाले आफ्नै घाटीमा चक्कुले रेटेका छन्। हिजो (शुक्रबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरबहादुर भट्ट (सन्तोष)ले आफ्नै घाँटीमा चक्कुले रेटेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले घाँटी रेटिएको अवस्थामा डम्बरबहादुर घर नजिकैको जंगलमा फेला परेको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार डम्बरबहादुर हिजो बेलुकादेखि हराएकोमा आज बिहान घर नजिकैको जंगलमा घाँटी काटेको अवस्थामा फेला परेका थिए। यस्तै घटनास्थलमा चक्कु पनि फेला परेको थियो। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका थिए। त्यसपछि उनलाई जिल्ला अस्पतालमा लगिएकोमा अहिले धनगढी रेफर गरिएको थियो। तर, धनगढीमा उपचाररत उनको निधन भएको छ। आज साँझपख…

Read More

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले झण्डै ११ लाख बराबरको अवैध भन्सार छलीका सामान सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार नवदुर्गा मन्दिर नजिकै चेकजाँचका क्रममा अवैध सामानसहित गाडी चालक र एक महिलालाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर पुनर्वास नगरपालिका-१ का ३१ वर्षीय हरि बुढाले चलाएको सु.प.प्र.०१-००१ ज १२७९ नम्बरको म्याजिक गाडीलाई शंका लागी चेकजाँच गर्दा अवैध सामान फेला पारेको हो। गाडीमा सवार ४० वर्षीया सरस्वती बिकसमेत पक्राउ परेकी छन्। गाडीबाट सेन्डो, लेडिज मोजा र जेन्स मोजा गरी करिब १० लाख ७२ हजार बराबरको अवैध भन्सार छलीको मालसामान…

Read More

धनगढी : धनगढी उप-महानगरपालिका-३ चटकपुर स्थित अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले २ किलो गाँजा सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारत संग्रौला जिल्ला श्रीपुरका ६५ वर्षीय दलजित सिंह रहेका छन्। शंका लागेर चेकजाँच गर्दा सिंहको साथबाट २ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। दलजित सिंहलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासत कक्षमा राखिएको र थप अनुसन्धान कार्य भईरहेको बताइएको छ।

Read More

डोटीः  डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। शनिबार भे २ च १७६० नम्बरको ट्याक्टर सायलमा निर्माणाधीन १० शय्याको अस्पतालमा सामान पुगाएर फर्किने क्रममा भाँतला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सायल गाउँपालिका–४ डौडमा ट्याक्टर दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका ४६ वर्षीय चालक रामकृष्ण डगौराको मृत्यु भएको हो।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिकाबाट एसइईमा ४ जिपिए ल्याएका निर्मल ठगुन्नालाई नगद सहित सम्मान गरिएको छ । नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले एसइईमा ४ जिपिए ल्याएका सोही वडाका ठगुन्नालाई नगद सहित सम्मान गरेका हुन । अत्तरियास्थीत सत्यवती एकेडेमीमा अध्ययनरत ठगुन्नालाई वडाध्यक्ष शाहीले नगद रु. १५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका छन । उनले विकट क्षेत्रबाट शिक्षामा फड्को मार्न सफल भएको भन्दै आफुले ठगुन्नालाई सम्मानित गरेको बताए ।

Read More

धनगढी : कैलालीमा एक चप्पल फ्याक्ट्रीको गोदाममा आगलागी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका—१ शान्तीनगर स्थित जगदिश जोशीले सञ्चालन गरेको चप्पल फ्याक्ट्रीको गोदाममा विद्युतको तार सट हुन गई आगलागी भएको हो । शुक्रबार आगलागी हुँदा गोदाम कोठामा रहेका सम्पुर्ण सामानहरु जलेर नष्ट भएको बताइएको छ । आगलागी हुदाँ मानबिय क्षती नभएको र क्षतिको विवरण आउन बाकी रहेको छ । स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

काठमाडौं : अविरल वर्षापछि आएको पहिरोले गुल्मी, बागलुङ र कास्कीमा गरी शनिबार मात्र ९ जनाको मृत्यु भएको छ ।  अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।  मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।  जिल्ला  प्रहरी कार्यालय  गुल्मीका डीएसपी  शंकर पोखरेलका  अनुसार मृत्यु हुनेमा भेष बहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक, नातिनी सपना विक र  बिपना विक रहेका छन् । उता बागलुङमा गएराति गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका ५५…

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेका बेचन झा पक्राउ परेका छन् । फरार सूचीमा रहेका उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही प्रकरणमा शुक्रबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो। उनी पनि  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए । उनलाई प्रहरीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

Read More