Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही घर भएका २५ वर्षीय आकाश मिश्र, २२ वर्षीय अभिषेक जैसवला, २५ वर्षीय नितेश हरिजन, २९ वर्षीय रामु गिरी, २८ वर्षीय प्रतीक बस्याल र काठमाडौँ घर भएका २९ वर्षीय सजल श्रेष्ठ रहेका छन् । वूल्फ ७७७ अनलाइन क्यासिनो साइटबाट जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार उनीहरूलाई विभिन्न मितिमा काठमाडौँ र रुपन्देहीबाट पक्राउ गरिएकोहो । उनीहरूले विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जालमार्फत पठाई अनलाइन…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले संयुक्त राष्ट्र संघ (यूएन) को मिसनमा खटिएर फर्किएका प्रहरी अधिकारीलाई सम्मान गरेको छ । शान्ति स्थापनका लागि खटिएको प्रहरी टोलीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका डीआईजी जनक भट्टराईले प्रशंसा पत्रले सम्मान गरेका हुन् । शान्ति मिनका लागि दक्षिण सुडानमा खटिएको प्रहरी टोली एक वर्ष पूरा भएर जेठ ११ र १७ मा नेपाल फर्किएको थियो । एक वर्षको मिसन शान्तिपूर्वक सम्पन गरेर फर्किएको भन्दै सम्मान गरिएको विभागले जनाएको छ । सुडान मिसनका लागि २०८० जेठ ११ र १७ मा दुईजना डीएसपी ११ जना प्रहरी निरीक्षक र चारजना नायव निरीक्षक गरी १७ जना प्रहरी कर्मचारी सहभागी…

Read More

धनगढी : कञ्चनपुरमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–४ का २५ वर्षीय लक्ष्मण रेग्मीको शनिवार साँझ मृत्यु भएको हो। उनको बेदकोट नगरपालिका–६ अवस्थित बछेला खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। डुबेर बेपत्ता भएका रेग्मीलाई प्रहरी चौकी सुडा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारेको हो।

Read More

धनगढी : सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । विशेषगरी सिंहदरबारभित्र नै अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा भएको हो । केही सहसचिवहरुलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ । प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको विभिन्न सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् । नेपाल ट्रस्टको कार्यालयका सहसचिव झलकराम अधिकारीलाई आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिम प्रदेश खटाएको छ । हेर्नुस् सूची !

Read More

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि सञ्चालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायब निरीक्षक २१ जना र प्रहरी सहायक…

Read More

धनगढीः डोटी निर्माण व्यवसायी संघका उप–महासचिवसहित दुई जना पक्राउ परेका छन्। ठगी सम्वन्धि मुद्दामा निर्माण व्यवसायी संघका उप–महासचिव शिव खड्का र चेत खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई तीनदिन अघि नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनीहरु विरुद्ध सम्पत्तिको अपराधिक दुरुपयोग अर्थात ठगीको मुद्दा परेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सबै क्षेत्रलाई समेटेर समानुपातिक हिसाबले बजेट ल्याएको बताएका छन् । शनिबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिएको बजेटबारे आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले विगतमा भन्दा राम्रो र सन्तुलित बजेट ल्याएको दाबी गरेका हुन् । ‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएका छौँ,’ पालले भने, ‘यो बजेट पहिले भन्दा राम्रो हो की भन्ने लागेको छ ।’ उनले कानुनी हिसाबले नमिल्ने, दोहोरो भएका बाहेक विषयगत मन्त्रालयहरुले सिफारिस गरेअनुसारकै…

Read More

धनगढीः बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्। जिल्लाको सिगास गाउँपालिकास्थित भूवनेश्वरी माविका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले केही दिन अगाडि कक्षा ९ मा अध्ययनरत छात्रा सँगितालाई कुटपिट गरेका हुन्। धामीको कुटपिटबाट घाइते सँगितालाई डडेल्धुरा अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर उनको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। शौचालय जाँदा प्रधानाध्यापक धामीले कुटेर छोरी घाइते भएको उनका ठूल्बबा जगदिश धामीले बताए। उनका अनुसार अहिले आफ्नी घाइते छोरीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीका सहोदर भाईसमेत रहेका प्रधानाध्यापक धामी विगतदेखि नै विवादित मान्छे हुन्। पहिलेदेखि कयौंपटक प्रहरी फन्दामा परेका उनले अहिले पनि उपचार खर्च…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा यौनधन्दा मौलाउदै गएको पाइएको छ। केही समययता प्रहरीले छापा हान्ने क्रममा दिनहुँ यौन क्रियाकलापमा संलग्न युवायुवतीहरु समातिने क्रम जारी छ। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले हिजो (शनिबार) मात्र ४ जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया रिङरोड स्थित न्यू अपि सुदूरपश्चिम होटलबाट उनीहरूलाई समातिएको हो। होटल मालिकसहित ४ जनालाई अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा फेला पारेर समातिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा एक युवक लागू औषध (खैरो हेरोइन) सहित समातिएका छन्। हिजो शनिबार कैलालीको धनगढी उप-महानगरपालिका- ३ भन्सार ब्यारेल स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई समातेको हो। यसरी समातिनेमा बैतडीको पाटन नगरपालिका-८ बस्ने २२ वर्षीय गणेश महरा रहेका छन्। उनलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट २ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन भेटिएको प्रहरीले जनाएको छ।

Read More