Author: महेन्द्रनगर पोष्ट

धनगढीः बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्। जिल्लाको सिगास गाउँपालिकास्थित भूवनेश्वरी माविका प्रधानाध्यापक बिरेन्द्रसिंह धामीले केही दिन अगाडि कक्षा ९ मा अध्ययनरत छात्रा सँगितालाई कुटपिट गरेका हुन्। धामीको कुटपिटबाट घाइते सँगितालाई डडेल्धुरा अस्पतालमा उपचारका लागि ल्याइएको थियो। तर उनको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। शौचालय जाँदा प्रधानाध्यापक धामीले कुटेर छोरी घाइते भएको उनका ठूल्बबा जगदिश धामीले बताए। उनका अनुसार अहिले आफ्नी घाइते छोरीको मायामेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको छ। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीका सहोदर भाईसमेत रहेका प्रधानाध्यापक धामी विगतदेखि नै विवादित मान्छे हुन्। पहिलेदेखि कयौंपटक प्रहरी फन्दामा परेका उनले अहिले पनि उपचार खर्च…

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा यौनधन्दा मौलाउदै गएको पाइएको छ। केही समययता प्रहरीले छापा हान्ने क्रममा दिनहुँ यौन क्रियाकलापमा संलग्न युवायुवतीहरु समातिने क्रम जारी छ। सोही क्रममा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले हिजो (शनिबार) मात्र ४ जनालाई पक्राउ गरेको छ। गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया रिङरोड स्थित न्यू अपि सुदूरपश्चिम होटलबाट उनीहरूलाई समातिएको हो। होटल मालिकसहित ४ जनालाई अनैतिक क्रियाकलाप गरे गराएको अवस्थामा फेला पारेर समातिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा एक युवक लागू औषध (खैरो हेरोइन) सहित समातिएका छन्। हिजो शनिबार कैलालीको धनगढी उप-महानगरपालिका- ३ भन्सार ब्यारेल स्थित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई समातेको हो। यसरी समातिनेमा बैतडीको पाटन नगरपालिका-८ बस्ने २२ वर्षीय गणेश महरा रहेका छन्। उनलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट २ ग्राम ८०० मिलिग्राम खैरो हेरोईन भेटिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डा. नेत्रबहादुर कार्कीलाई गृह मन्त्रालयले ७ दिने सूचना जारी गरेको छ । लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएको जनाउँदै विभागीय कारबाहीका लागि गृहमन्त्रालयले सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डिएसपी डा. कार्कीलाई स्पष्टीकरण पेश गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।

Read More

काठमाडौँ : काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।

Read More

काठमाडौँ : नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह…

Read More

धनगढीः धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा रहेको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो।  स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो। बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ। गंगादशहरा मेलामा भारतको उत्तर प्रदेशबाट सयौंको संख्यामा पर्यटकहरु दर्शनकालागी बेहडाबाबा पुग्ने गर्दछन् ।  बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३९ हजार ५५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४४० र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार दुई गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो। फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

काठमाडौं : गायिका तथा मोडेल पशुपति खनालको देउडा गीत ´पिरतीका फेराई फेरा`सार्वजनिक भएको छ। म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकि खनाल र सुशील बोहराको आवाजमा रहेको उक्त गीत पशुपति खनालले आफ्नै यूट्यूब च्यानल बाट बजारमा ल्याएकी हुन। पछिल्लो समयमा साङ्गितिक क्षेत्रमा स्रोता तथा दर्शकको मन जितेकि खनालले यसअघि दर्जनौ गीतमा अभिनय तथा स्वर दिईसकेकी छिन। सुशील बोहराको लयशब्द तथा पशुपति खनाल र सुशील बोहराको स्वर रहेको यस गीतमा सन्तोष भट्ट र कामना जोराको अभिनय रहेको छ । भिडियो :- https://youtu.be/SjmK9l462CI?si=zlNzWRYvdKQiNE93

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।  राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस…

Read More