Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापा जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्। मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए। उनी शाहका प्यारा मानिन्छन्। धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए।

Read More

काठमाडौं: ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक राजु अर्यालले भलिबल खेलाडीहरु सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरेका हुन्। लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेको भदै उनीहरुलाई सम्मान गरिएको हो। उनीहरुले देश र संगठनको छवि उच्च राख्न खेलेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। यस्तै, उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको भन्दै सशस्त्र…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्। शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्। ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन्। ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुुई तिहाई हो।बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए। स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशी भने…

Read More

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँ खर्चेर खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ। दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजी अस्पताल धाउन बाध्य भएका छन्। सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले झण्डै दोब्बर मूल्य लिने गरका छन्। यस्तो सेवा शुरु भएको कम समयमै मेशिनमा समस्या देखिएको छ। एमआरआई सेवा बन्द गरिएको विषमा अस्पतालले सुचना नै जारी गरेको छ। सेवा लिन आउने सेवाग्राहीहरुले अस्पताल पुगेपछि मात्रै मेशिन बिग्रेको विषयमा जानकारी पाउने गरेका छन्। गत जेठ १३ गतेबाट एमआरआई सेवा शुरु भएको अस्पतालले सुचना जारी गरी सेवा अवरुद्ध…

Read More

धनगढी : डडेल्धुरामा पहिलोपटक रिसोर्ट खोल्ने अवधारणासहित रातो गुँरास रिसोर्ट सञ्चालनमा ल्याएका प्रमोद जोशीको निधन भएको छ । ५३ वर्षको उमेरमा उनको भारतको सिक्किममा निधन भएको परिवारिक स्रोतले बताएको छ । डडेल्धुराको अमरगढी नगरपालिका–८ टाँटर घर भएका उनी विद्यापरिधी गरेपछि पछिल्लो समय सिक्किममै काम गर्दै आएका थिए । हिजो कार्यालयका लागि जानेबेला उनलाई ह्रदयघात भएको बताइएको छ । उनको शव अन्तिम संस्कारका लागि नेपाल ल्याउन लागिएको बताइएको छ । इञ्जिनियरसमेत रहेका उनले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणमा काम गरेका थिए । त्यस्तै गरिबी निवारण कोषको जिल्ला प्रमुख भएर पनि उनले काम गरिसकेका थिए ।…

Read More

धनगढीः कैलाली जिल्ला अदालतबाट चोरी भएको पेस्तोलसहितका सामान अझै फेला परेको छैन्। अदालतबाट चोरी भएको २८२ दिनसम्म न सामान फेला परेको छ न त चोरी कार्यमा संलग्न कुनै व्यक्ति नै। अदालतबाट २०८० कात्तिक १९ गते राति चोरी भएको थियो। तर, चोरी भएको २८२ दिनसम्म चोरीमा सङ्लग्न कुनै व्यक्ति पत्ता लागेको छैन्। अदालतले २०८० कात्तिक १९ गते आइतवार राति पेस्तोल, गोली र मोबाइल चोरी भएको भन्दै प्रहरीमा छानबिनका लागि निवेदन दिएको थियो। अदालतबाट एक थान कटुवा पेस्तोल, चार राउण्ड गोली र पाँच थान मोबाइल चोरी भएको थियो। अदालतले प्रहरीलाई अनुसन्धान गरेर दोषी पत्ता लगाउन पत्राचार गरेको भएपनि प्रहरीले अहिलेसम्म कुनै काम…

Read More

धनगढी : दैजी–छेला औद्योगिक क्षेत्रमा पर्ने सामुदायिक वनभित्रका रूखको लगत लिने कार्य अगाडि बढाइएको छ । बेदकोट नगरपालिका–२ र ३ मा पर्ने औद्योगिक क्षेत्रको स्वीकृत वातावरणीय प्रभाव मूल्याङकनअनुसार लगतमा समावेश हुनबाट छुटेका रूखहरुको लगत लिने कार्य अगाडि बढाइएको हो । औद्योगिक क्षेत्रका पूर्व, उत्तर र दक्षिणी क्षेत्रअन्तर्गत पर्ने जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वन क्षेत्रमा रूख तथा खम्बाको लगत लिने कार्य यसअघि गरिएको थियो । स्वीकृत वातावरणीय प्रभाव मूल्याङकनमा छुटेको पश्चिमतर्फको क्षेत्रमा रूखको लगत लिने कार्य अहिले भइरहेको डिभिजन वन कार्यालयका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले बताए । उनका अनुसार औद्योगिक क्षेत्रभित्र पर्ने दुई सय ४० दशमलव ३४ हेक्टर जग्गामा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए । उनकाअनुसार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन प्रदेश सभा सदस्यहरुलाई ह्वीप लगाइएको हो । २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

Read More

काठमाडाैं: दार्चुलाको एक विद्यालयका प्रधानाध्यापकले कार्यकक्षमै चुरोट सल्काएको पाइएको छ। विद्यार्थी मात्र होईन, शिक्षकलाई पनि नेतृत्व गर्ने हेडमास्टरले नै कार्यकक्षमा चुरोट तानेको भिडियो बाहिर आएको हो। शैल्यशिखर नगरपालिका–१ मा रहेको कृष्ण मावि बलाचका प्रधानाध्यापक जनक तितराले कार्यकक्षमै चुरोट तानेको भन्दै चर्को आलोचना भइरहेको छ । ‘प्रअले अफिसमै चुरोट खाइरहेका छन्। हेर्नुहोस योबाट विद्यार्थीले के सिक्ने त ? यस्ता शिक्षकलाई तुरुन्त काबाही होस्। यो घर होइन सरकारी अफिस हो ’ स्थानीय चन्द्रदेव भन्छन्। यस विषयमा प्रअ तितराले कुनै प्रतिक्रिया दिएका छैनन्।कानुनी रुपमा नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ। उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी…

Read More

धनगढी : कञ्चनपुरबाट तीन लाख बढीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ कालिका पुल नजिक, भीमदत्त नगरपालिका–१२ भाइरल रोड र भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख ११ हजार ३५० मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त स्थानबाट पेन्ट, ग्यालेण्डर, कब्जा, बोल्ड, स्टिलका भाँडाकुडा, फुटबल सुज, छापाखानामा प्रयोग हुने मसि, भारतिय नम्बर प्लेटको मोटरसाइकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको जनाएको छ।

Read More