Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङमा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको सनाखत भैसकेको छ। यस्तै दुर्घटनामा परेर १ बालिका गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। दुर्घटनामा बम बहादुर धामीकी ६ वर्षीया छोरी आकृति धामी गम्भीर घाइते भएकी छन्। से १ ज ८४३ नम्बरको…

Read More

धनगढी: बझाङमा साढे ९ बजेको समयमा जिप खसेर दुर्घटना भएको छ। जिल्लाको तलकोट गाउँपालिका-१ स्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। सेती सु १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घटनास्थलमै चालक ३३ वर्षीय सम्शेर मल्ल र अन्य दुई जनाको ज्यान गएको छ। अन्य मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ। दुर्घटनामा परेकी एक बालिका गम्भीर घाइते भएकी छन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। उनकी अवस्था चिन्ताजनक रहेको चिकित्सकहरूले…

Read More

काठमाडौं: नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग, महाराजगंजमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका गिरीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार यो सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरिएको हो। यस्तै, आजै जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा पाँच एसएसपीलाई बढुवा सिफारिस गरिएको छ। डीआईजीमा बढुवा सिफारिस भएका अधिकारीहरूमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलिया रहेका छन्। एसपीबाट प्राविधिकतर्फको एसएसपी बढुवा गरिएकोमा जनपदतर्फ भने रिक्त…

Read More

काठमाडौं: नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलियालाई सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयले डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरेको छ। सिफारिस गरिएको सूची मन्त्रिपरिषद्को अनुमोदनपछि कार्यान्वयनमा आउनेछ। पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम…

Read More

काठमाडौं: काठमाडौँको गौशालास्थित होटलमा हिजो मृत भेटिएकी युवतीको हत्या भएको खुलेको छ।  कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्का हिजो बागमती होटलको कोठा नं ३०८ मा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या प्रेमी देवबहादुर थापाले गरेको निश्कर्षमा प्रहरी पुगेको हो।  उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाउन उनीहरु मंगलबार बिहान होटलमा गएका थिए। होटल पुगेको केहीबेरमा थापा कोठामा ताला लगाएर एक्लै निस्किएका थिए। लामो समयसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे। साँझ ढोका खोलेर हेर्दा बेडमा सुस्मिताको शव भेटिएको थियो। शवको छेवैमा रेडबुलको बट्टा पनि भेटिएकाले नशालु…

Read More

धनगढी: प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन राना नियुक्त भएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी रानालाई प्रदेश मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो। मन्त्रिपरिषद्ले सदस्यमा समेत नियुक्ति गरिसकेको जनाएको छ। सदस्यमा भने डाक्टर हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन्। आजै उनीहरूको पद ग्रहणको कार्यक्रम राखिएको छ। एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो। यो नियुक्तिसँगै प्रदेश नीति तथा योजना आयोगले आगामी दिनमा नीति तथा योजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

Read More

धनगढी: कैलालीमा साढु दाईकाे घरकाे बरन्डामा सुतेका एक जना मृत भेटिएका छन्। जिल्लाकाे घाेडघाेडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय साेमन चाैधरी बिहीबार बिहान मृत फेला परेकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले परैचामा साढु दाइ नाता पर्ने बुधराम चाैधरीकाे घरकाे बरन्डामा उनी मृत भेटिएको बताए। चाैधरी बुधबार राति बुधरामकाे घर गएका थिए।तर बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै धनगढीमा डिप्रेसनमा परेकी एक किशोरी औषधीकाे ओभर डाेज सेवनपछि अस्पताल भर्ना भएकी छन्। धनगढी उपमहानगरपालिका -५ हसनपुर बस्ने गजेन्द्र चन्दकाे १६ वर्षीया छाेरी संकृतिले डिप्रेसनकाे ओभर डाेज औषध सेवन गरेकाे…

Read More

काठमाडौं: कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीविरुद्ध परेको मुद्दामाथि निर्णय सुनाउने मिति सरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले चौधरीको योग्यतामाथि प्रश्न उठाई दायर भएको रिटमाथि निर्णय सुनाउने मिति सारेको हो।  अधिवक्ता वसन्त जोशीले चौधरीसहित निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई २०७९ चैत १७ गते मुद्दा दायर गरेका थिए। गत मंसिर १९ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा.मनोजकुमार शर्माको संवैधानिक इजलासले आज निर्णय सुनाउने भनिएको थियो।  तर निर्णय सुनाउने मिति सरेको जनाएको…

Read More

काठमाडौं: समयमै काम सम्पन्न नगर्ने एक दर्जन निर्माण कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।  कालोसूचीमा पर्ने ठेकेदार कम्पनीमा एसएएस कन्स्ट्रक्सन प्रालि, एमएस इस्पुर सफ्टवेयर ग्रुप, मृत सन्जवनी–ग्याल्वा जेभी, लक्ष्मी कन्स्ट्रक्सन, सुष्मी कन्स्ट्रक्सन प्रालि, रबिन कन्स्ट्रक्सन, थोक्रा सप्लायर्स–मोनेकोर कन्स्ट्रक्सन, एमएस एमडी अप्टिकल सोलुशन प्रालि, शिलादेवी एसबिडि निर्माण सेवा प्रालि, खिम निर्माण सेवा र मेनका निर्माण सेवा छन्।  सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षका लागि कालोसूचीमा परेका यी निर्माण कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग…

Read More

धनगढी: डडेल्धुराको आलिताल गाउँपालिका–२ की २२ वर्षीया आशा मल्लको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ। आशा गत शुक्रबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार घटनामा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। प्रहरीले हालसम्मको अनुसन्धानका क्रममा मृतकको प्रेमीसमेत रहेका आलिताल गाउँपालिका–१ का ३५ वर्षीय हेमप्रकाश बोगटीलाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार मृतक मल्ल र बोगटी एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। बोगटी विवाहित पुरुष भएको र मल्लले मृत्यु गर्नुअघि फेसबुकको स्टोरीमा “बुढाबुढी” लेख्दै तस्बिर सार्वजनिक गरेकी थिइन्। प्रारम्भिक अनुसन्धानमा मल्लले प्रेममा…

Read More