Author: महेन्द्रनगर पोष्ट

भोजपुर: सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ। तुलानात्मकरूपमा हेर्ने हो भने सवारी साधनको क्षेत्रमा काम गरेर धेरै मानिस स्वरोजगार बनेको देख्न सकिन्छ। खास गरेर युवावर्गलाई सवारी साधन चलाउन सिक्ने बढी चाहना हुन्छ तर भोजपुरवासीलाई सवारी साधन चलाउन सिक्न भने त्यति सहज छैन। उनीहरूलाई सवारी साधन चलाउने सीप आर्जन गर्न जिल्ला बाहिरका सहरमा जानुपर्ने बाध्यता छ । यसरी सीप लिनको लागि बाहिर जाँदा धेरै खर्च हुन्छ। भोजपुरवासीले भोगेको दुःखलाई ध्यानमा राखेर वैदेशिक…

Read More

बाँके : बडाको दसैंको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । “चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई आफन्तको कमी महसुस…

Read More

काठमाडौँ : भारतको चर्चित गायन रियालिटी सो ‘इन्डियन आइडल १४’को अन्तिम १५ मा नेपाली गायिका मेनुका पौडेल पनि छनोट हुन सफल भएकी छन्। सोमबार रातिको शृंखलामा राउन्ड फिफ्टिनका प्रतिस्पर्धी घोषणा गर्दा उनको नामसमेत समावेश भएको छ। पौडेल अडिसन चरणबाटै नै धेरैको मन जितेर चर्चित भएकी छन्। उनले ‘तुम्हारे बिना हमारे कोनो नही’ बोलको शाष्त्रीय भजन गाउँदा गोल्डेन माइकसमेत जितेकी थिइन् ।

Read More

एजेन्सी : सार्वजनिकरूपमा दुई महिनादेखि नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ।उनलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन। दुई महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका लिको बर्खास्तीको समाचार चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका थिए गत जुलाई महिनामा पनि तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा परेका थिए । बर्खास्तीमा परेका दुवैजनाको स्टेट काउन्सिलको सदस्यता पनि खारेज गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लिमाथि भ्रस्टाचारको अभियोगमा अनुसन्धान भइरहेको थियो। उनी गत अगस्ट २९ तारिकदेखि सार्वजनिक रुपमा देखिएका थिएनन्।

Read More

काठमाडौं : सिरहाको लहान नगरपालिकाका–४ स्थित एक बोर्डिङ स्कुलले बन्धक बनाएका विद्यार्थीको प्रहरीले उद्धार गरेको छ। कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फि नबुझाएको भन्दै घरमा थुनेर राखेपछि प्रहरीले उद्धार गरेको हो। छोरालाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए। प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ।

Read More

बझाङः बझाङमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा डुबेर मृत्यु भएको हो। उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी बगेको केहीबेरमा नै मृत फेला परेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन प्रकाश सेढाईंको मृत्यु भएको छ। उनले चलाएको हेलिकोप्टर गत असोज २७ गते सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो। उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो मृत्यु भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।

Read More

जनकपु: जनकपुरस्थित रेल्वे स्टेशन आसपासबाट पेस्तोलसहित एक जना भारतीय युवती पक्राउ परेकी छन्। भारतको बिहारस्थित लकीसराई ग्रामपञ्चायतकी पूजाकुमारी सहनी पक्राउ परेकी हुन्। उनको साथबाट कटुवा पेस्तोलसँगै भारतीय कम्पनीको एउटा सिम र केहि नेपाली रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ। सूचनाको आधारमा गएको सुरक्षाकर्मीको टोलीले रेल्वे स्टेशन नजिकैको हनुमान मन्दिरमा सुरक्षा जाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। यस सम्बन्धी थप अनुसन्धानका सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी : कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। हिजो मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विशेष सुराकीको आधारमा रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थान सहित रानालाई नियन्त्रणमा लिइएको हो।

Read More

बैतडी: बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्द हिजो मंगलबार मृत भेट्टिएका हुन्। चन्द पाटन– मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट २०० मिटर तल मृत भेट्टिएका हुन्। सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मंगलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

Read More