Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् । परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ । “केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ”, जोगबुढाका किसान जिते धामीले भने, “आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।” चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य…

Read More

सुर्खेत: ट्याक्टरको ठक्करबाट जाजरकोटमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका–६ भेरे निवासी ८ वर्षीय केशव महतारा रहेका छन्। उनको गए राती ट्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम १५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका २२ वर्षीय विज्ञान बस्नेत शुक्रवबार दिउँसो पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बस्नेतको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ। शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको फाइनल खेलमा लिटिलबुद्ध एकेडेमीको टिमलाई सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। उपाधि उचालेसँगै आर्मीको टिम रु एक लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपबिजेता लिटिलबुद्धको टिमले रु ५० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ। प्रतियोगिताको उपाधि विजेता टिमलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापाले पुरस्कृत गरे। त्यसैगरी खुलातर्फ शिवशक्ति खाद्य उद्योग झलारीको टिम तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगदसहित पुरस्कृत भएको छ। त्यसैगरी पुरुष भेट्रानतर्फको उपाधि बेलौरी…

Read More

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा बा७८ प ३६४६ नम्बरको मोटरसाईकलले जोशीपुर गाउँपालिका–४ हस्नापुरका ३६ वर्षीय साईकल यात्री डाटाप्रसाद चौधरीलाई ठक्कर दिँदा चौधरीको शुक्रबार राति मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दगोरिया अस्पताल बौनिया हुँदै निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। मोटरसाइकल र चालक लम्कीचुहा नगरपालिका७ का चाकावारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब बजारबाट १.३७ ग्राम लागुऔषध खैरो हेरोइनसहित भीमदत्त नगरपालिका-१० का २४ वर्षीय प्रमल नाथ शुक्रवार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नाथले प्रयोग गरेको हेलमेटभित्र लुकाई राखेको अवस्थामा लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। मोटरसाइकलसहित नाथलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : यसपालिको दशैँ घमाइलो हुने भएको छ । दशैँको टीकासम्म खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । आज केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताए । त्यस्तै बिहान बेलुका चिसो भए पनि दिउँसो भने गर्मी नै छ ।

Read More

काठमाडौँ : रुसी सेनामा भर्ना भएका सन्दीप थपलियाको मृत्यु भएको छ। रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्धको लडाइमा संलग्न भएका उनी युक्रेनी सेनाको ट्र्यापमा परेका थिए। उनले नेपालमा रहेको बहिनीलाई फोन गरेर आफूलाई जङ्गलतिर लिएर गइरहेको जानकारी गराएका थिए। त्यसपछि उनी सम्पर्कमा आएनन्। जुलाई १४ मा रसीयाबाट उनको मृत्यु भएर शव गाडेको सन्देश आएको द न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ।

Read More

काठमाडौं: आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी। बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ। महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ। यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ। यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ। गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ। फूलपातीकै अवसरमा सैनिक…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More