Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्की–चुहा नगरपालिका–१० सुतैयाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। करिब ३ सय २० मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई शनिबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही स्थानबाट २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन्। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपी पक्राउ परेका छन्। शुक्रबार हत्या गरि फरार भएका उनका भाइ बिजुली मण्डेल आज (सोमबार) ३ दिनपछि पक्राउ परेका हुन्। मण्डेललाई घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेको बताइएको छ। लक्षिमन मण्डेलको घरमा भएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी गइरहेको स्थानीय मिनबहादुर मण्डेलले बताए। मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि उनी जंगलमै लुकेको आशंकामा प्रहरीले गरेको थियो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएको भएपनि प्रहरीले फरार मण्डेललाई समात्न सकेका थिएन। सम्बन्धित समाचार बझाङमा जैलु हत्या प्रकरण: बिजुलीको…

Read More

धनगढी:  कैलालीको सेती प्रादेशिक अस्पताल भित्रै पानी छिरेको छ। गएराति परेको अविरल वर्षाका कारण अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरू जलमग्न भएका हुन्। पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ। त्यहाँ पानी भरिदा बिरामी तथा कुरुवालाई समस्या भरहेको एकजनाले बताए।

Read More

नेत्र सुवेदी ‘प्रयास’, काठमाडौं: केन्द्रिकृत विकाससम्बन्धी दृष्टकोण राख्ने एकात्मक शासन प्रणालीलाई विस्थापित गर्दै नेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेको छ। संघीय संरचनामा रहेका तीन तहमध्ये नागरिकको नजिक रहेर विकास, सेवाप्रवाह र जीविकामा सुधार ल्याउने खालका गतिविधि गर्ने जिम्मेवारी स्थानीय तहको हुन आउँछ। स्थानीय तहलाई संविधानले सुम्पिएका अधिकारहरूको सन्दर्भमा प्रदेश तह वा संघीय तहले हस्तक्षेप भने गर्नुहुँदैन। स्थानीय परिवेश र आवश्यकतालाई हेरी समग्र मुलुकले विधि, व्यवहार र प्रयत्नबाट जराधरको तहलाई बलियो बनाउनुपर्ने हो।  स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरूले विकास निर्माण र संस्थागत विकासको दिशामा जे गरिरहनुभएको छ त्यो भने आशाप्रद र सह्रानीय नै छ। स्थानीय आर्थिक विकासको सन्दर्भमा केही स्थानीय तहमा…

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

काठमाडौं : भारतीय भएर नेपाली नागरिकता लिएको आरोपमा १ जना पक्राउ परेका छन् । भारतको बिहार राज्य पूर्वी चम्पारण–१० खरतरीका ५२ वर्षीय जागा चौधरी भनिने जग्गाप्रसाद जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । रौतहटबाट २०६३ सालमा नागरिकता बनाउन खटिएको स्थलगत टोलीसमक्ष झूटा विवरण पेश गरी उनले नेपाली नागरिकता लिएको प्रहरीले जानकारी दिएको छ । रौतहटको साविकको सरमुजवा गाविस–९ बाट उनले नेपाली नागरिकता लिएको पाइएको छ । नेपाली नागरिकताबाटै उनले नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय गरिसकेका छन् । उनको साथमा भारतीय आधारकार्ड र जग्गाप्रसाद जैयसवालको नामको नेपाली नागरिकताबाट बनेका सवारी चालक अनुमतिपत्र सहितका कागजात समेत फेला परेका छन् ।

Read More

डोटी : सुदूरपश्चिम प्रदेशमा २ सय ९६ जना प्रहरी जवानलाई दीक्षित गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले दीक्षान्त समारोहको आयोजना गरी आधारभूत तालिम प्राप्त गरेका १८-८२ औँ समूह अन्तरगत रही आधारभूत तालिम प्राप्त गरेका प्रहरी जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले समयको परिवर्तन सँगै नयाँ प्रकृतिका अपराधिक क्रियाकलाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान कार्यलाई जोड दिनुपर्ने, संविधान प्रदत्त कानुनको…

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन । उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको हो । वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताए । चौधरी नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

Read More

काठमाडौं : वैदेशिक रोजगारीमा माल्टा पठाउने विश्वास दिलाएर रकम असुल्दै आएका एक जना दलाल प्रहरीको फन्दामा परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ठगीको आरोपमा उनलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका घर भएका र हाल ललितपुरको भैंसेपाटी बस्ने ३५ वर्षीय रमेश बडु हुन् । कुम्भराज जोशीसमेत पाँच जनालाई माल्टा पठाइदिने वाचा गरी रकम हात पारेपछि उनी बेपत्ता भएका थिए । प्रहरीका अनुसार माल्टामा आकर्षक जागिर पाइने आश्वासनमा रमेशले प्रतिव्यक्ति साढे ७ लाखको हिसाब देखाएर पीडितसँग किस्ताबन्दीमा १३ लाख १५ हजार उठाएका थिए । पैसा लिएपछि काम गर्न नसकेका उनी त्यसपछि फरार भएको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न मन्त्रालयको सचिव हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालयको माननीय मन्त्रीको निजी सचिव, स्वकीय सचिवलगायत मन्त्रालय मातहतको कार्यालयको प्रमुख हुँ भनी ठगी गर्ने अम्मरराज सेजुवाल पक्राउ परेका हुन् । अनुसन्धान गर्दै जाँदा कालिकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा ४ खजुरा बस्ने वर्ष २९ को सेजुवाललाई पक्राउ गरिएको कैलालीका डिएसपी कुलदीप चन्दले बताए । मोबाइल र विभिन्न सामाजिक संजालको प्रयोगबाट मन्त्रालय अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारीहरु समेतबाट नगद जिन्सी रकम माग राख्ने गरेको हुँदा आम नागरिकलाई सतर्क रहन…

Read More