Author: महेन्द्रनगर पोष्ट

बारा : बाराको पचरौता नगरपालिका १ पिपरपाती गाउँ नजिककै नेपाल(भारत दसगजामा सशस्त्र प्रहरीका एक पूर्वसिपाहीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । आइतबार मध्यराति हत्या गरिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । उनका अनुसार ६ महिनाअघि जागिरबाट राजीनामा दिएर घर बसेका पचरौता नगरपालिका १ का ३४ वर्षीय जवान अमरेश सिंहको हत्या भएको हो । हत्या आरोपमा भारतीय र नेपाली नागरिक गरी चार जनलाई नियन्त्रणामा लिएर सोधपुछ भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए । मृतकको टाउको, घाँटीलगायतका शरीरका विभिन्न भागमा काटिएको गहिरो घाउचोट लागेको प्रहरीले बताएको छ । घटनाबारे भारतीय समकक्षी सुरक्षा…

Read More

धनगढी : धनगढीमा भोलिबाट विद्युत अवरुद्ध हुनेभएको छ। भोलि बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुने भएको हो। क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीले जनाएको छ।

Read More

काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् । काँग्रेसका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरूको नाम नलिईकन संविधानसम्मत भएको दाबी गरे । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान दिवसका दिन कैद सरकारले कैद छुट दिएका व्यक्तिको विषयमा प्रश्न उठाएपछि खड्काले जवाफ दिएका हुन् । संविधान दिवसको दिन तरुण दलका पूर्व नेता योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल र काँग्रेसप्रति प्रश्न उठेको थियो । कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले संविधान, ऐन, नियमलाई टेकेर राष्ट्रपति समक्ष सिफारिस गरेको बताए । मुद्धा माफीका जति पनि…

Read More

धनगढी: धनगढीको केजी हस्पिटलले प्रसुती गराउन गएकी एक महिलाको पाठेघर झिकेको छ । शनिबार शल्यक्रिया गरेर शिशु जन्माएकी धनगढी उपमहानगरपालिका–३ बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो । महिलाका श्रीमान मोती रहमानले अस्पतालले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकेको बताए । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थायी घर भएका रहमानले शनिबार दिउँसो शिशु जन्मिएको भएपनि डाक्टरले ४ घण्टापछि मात्र अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिक्नुपर्ने बताएको सुनाए । उनकाअनुसार यो बीचमा डाक्टरसँग वादविवाद समेत भएको थियो । डाक्टरले तीन प्वाइन्ट ब्लड आवश्यक पर्ने बताएपछि आफूले व्यवस्थापन गरेको उनी बताउँछन् । पाठेघर झिकेपछि आईसीयू वार्डमा राखेर…

Read More

धनगढीः कैलालीमा जिपको ठक्करबाट साइकलमा सवार एक महिला घाइते भएकी छन्। जिल्लाको धनगढी उप–महानगरपालीका–१ बसन्तटोलमा प्रदेश नम्बर–३ को ०१–०२४ च २०६५ नम्बरको जिपको ठक्करबाट अन्दाजी ५० वर्षीया महिला घाइते भएकी हुन् । घाइते महिलाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भैरहेको र घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Read More

विराटनगर : कोशी प्रदेश सरकार पुनः गठन भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार चार जना मन्त्री थप गरेका हुन् । उनले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री छन् । कार्कीले सोमबार नियुक्त गरेका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भएका छन् । लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रीभएका छन् । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि नै नियुक्त मन्त्रीहरु तिलकुमार…

Read More

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वागमती प्रदेश अधिवेशनमा प्यानल बनाएको थाहा पाए त्यो प्यानलका सबै उम्मेदवारहरुको उम्मेदवारी खारेज गर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौँमा वागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकताबद्ध एमालेको नीति अनुसार अघि बढ्न सुझाव दिए । उनले मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने नहुने भन्दै भने, ‘मिल्दा लोकतन्त्रको अभ्यास हुँदैन भन्ने हुँदैन । मिल्नु सबैभन्दा ठुलो लोकतन्त्रको अभ्यास हो ।’ देश बनाउने र पार्टी एकजुट बनाउने कुरामा मिल्दा अलोकतान्त्रिक नहुने ओलीको भनाई छ । ‘नेकपा एमाले लोकतान्त्रिक पार्टी हो । यहाँ कसैले चुनाव लड्छु भन्छ भने पाउँछ । लड्नुुस् । लड्न…

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो । तर उनले मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् । सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ । क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।

Read More

वाशिङ्टन डीसी : अमेरिकाको राजधानी वासिङ्टन डीसीमा रहेको क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम आक्रमण गरेका छन् । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले वाशिङ्टन डीसीमा रहेको आफ्नो मुलुकको दूतावासमा पेट्रोल बम आक्रमण भएको बताएका हुन् । विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिएका छन् । विदेशमन्त्री रोड्रिगेजले यसअघि ट्वीटर भनिने एक्स सामाजिक सञ्जालमार्फत् घटनाबारे जानकारी दिएका हुन् । एक्समा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।” सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि…

Read More

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संलग्न कुनै व्यक्ति अपराधमा जोडिए त्यसको भारी सिंगो पार्टीले नबोक्ने प्रष्टाएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका महामन्त्री थापाले आममाफीको निर्णय अहिले चर्चामा रहेको बताए। ‘राष्ट्रपतिजीले माफी दिएको विषय अहिले चर्चामा छ। सरकारले निर्णय गर्छ, राष्ट्रपतिजीको त औपचारिकता मात्र हो,’ उनले भने, ‘कुनै बेला पार्टीमा रहेको व्यक्ति अपराधमा जोडिएको छ तर सरकारले आममाफी निर्णय गर्दा त्यसको भारी कांग्रेसमाथि आइपरेको छ। तर हामीलाई त केही पनि थाहा छैन। किन आममाफी दिइयो पनि थाहा छैन।’ पार्टीमा संलग्न जो(कोही अपराधमा जोडिए त्यसको भारी पार्टीले नबोक्ने थापाले प्रष्टाएका छन्। ‘अपराध गर्नेले नै भारी बोक्नुपर्छ,’…

Read More