Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्।  बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रण लिएको उनले बताइन्। आज पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने दोलखा प्रहरीको तयारी छ।

Read More

कृष्णप्रसाद जैसी सुदूरपश्चिममा स्थापित नाम हो। एमाले भित्र त उनी परिचित थिए नै तर २०५८ सालमा अछाम सदरमुकाम माओवादीले आक्रमण गरेर ध्वस्त पारेपछि, उनले जिल्ला विकास समितिको सभापतिका हैसियतले थालेको पुर्ननिर्माणको कामले अरु क्षेत्रले पनि उनलाई चिन्ने मौका पायो। शिक्षण पेशा छोडेर राजनीतिमा आएका जैसीसंग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुईपटक सचिव भएको अनुभव छ। उनले अहिलेका एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसंग तत्कालिन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका छन्। ओली त्यतिवेला प्ररायुसंघको केन्द्रीय अध्यक्ष थिए। २०५४ सालको स्थानीय चुनावमा जिविस सभापति भएका जैसी बीचमा स्थानीय तहको चुनाव नभएकोले १६ वर्षसम्म जिविस…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएको टोलीका २ सदस्य डुबेर बेपत्ता भएका छन्। वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका २ t युवक देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन्। आज(बिहीबार)बिहान बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका बताइएको छ। लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका बताइएको छ। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए। आइतबार धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि…

Read More

धनगढीः कैलालीमा नगदसहित जुवाको खालबाट १० जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-५ वनकट्टास्थित प्रवेश चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय शिव चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। टोलीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा इलाका प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-६ का ३३ वर्षीय भुवन कुँवरलाई बुधवार साँझ पक्राउ गरिएको हो। जिल्ला अदालत कैलालीले २०७९ मंसिर १४ गते कुँवरलाई बहुविवाह मुद्दामा ११ महिना ११ दिन कैद र १० हजार जरिवाना तोकि फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Read More

काठमाडौं: उभिएरै धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ईः र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच हिजो बेलुका चारबुँदे सहमति भएको हो। सहमतिसँगै ईः ले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन्। साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनले ९ दिनदेखि आन्दोलन गर्दै आएका थिए। ईः निरन्तर एक सय ९९ घन्टादेखि महानगरको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए। हिजो दुई पक्षबीच भएको सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्री महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र धर्ना स्थगित गर्ने उल्लेख छ। अरु के-के भयो सहमति ?

Read More

काठमाडौं: नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ। कैलालीको लम्किचुहा नगरपालिका -२ चौरी निवासी उनको आज(बिहिवार) उपचारका क्रममा निधन भएको हो।माओवादीको ३ महिने अभियानमा सक्रिय भएका बेला एक्कासी स्वासप्रस्वासमा समस्या आएपछि उनलाई लम्की अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनौं लैंजादै गर्दा उनको बाटोमै निधन भएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए। बडुवाल चर्चित सुर्खेत जेल ब्रेकर योद्धा भनेर चिनिन्थे ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ। कञ्चनपुरमा काम गर्दै आएका बैतडीको मेलौली नगरपालिका १ का ४१ वर्षीय लक्ष्मण दयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–५ स्थित देवता निर्माण एण्ड सप्लायर्स कम्पनीमा काम गर्दै आएका दयालको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।  हिजो(बुधबार) दिउँसो सो कम्पनी नजिकै रहेको मलरिया खोलाको पानीमा करेण्ट लगाएर माछा मार्ने क्रममा दयाल घाइते भएका थिए। उनको दोधारा–चाँदनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरिएको हो । सरुवा सूचीः saruwa-asi-janapad-2080-06-10Download

Read More