Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं : नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्ब ३३ करोड बराबर बाह्य ऋण तिर्न बाँकी देखिएको हो । ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० सकिँदासम्म रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर थियो । चालु आर्थिक वर्षको शुरुआती दुई महिनामा मात्रै रू १० अर्ब ५१ करोड बराबर ऋण थपिएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा कुल राष्ट्रिय ऋण…

Read More

धनगढी : प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले हरेक वर्ष आयोजना गर्दै आएको नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम एसईई आईडलको तेस्रो संस्कारण सुरू भएकाे छ । धनगढीकाे बोराडाँडीमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रमकाबीच अडिसन सुरू भएकाे हाे । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएनजोशीले कला र संस्कृतिको प्रबर्द्धनका लागि यस्ता प्रकारका कार्यक्रम आवश्यक रहेको बताए । कार्यक्रममा सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, सुदूरपश्चिम एकेडेमीका क्याम्पस प्रमुख योगराज उपाध्याय र कैलाली मोडेल स्कूलका प्राचार्य तपेन्द्र सिंह लगायतले मन्तव्य राखेका थिए । अडिसनमा आयोजक विद्यालयका प्रधानाध्यापक ल‍ोकराज पन्तले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे सभापतित्व…

Read More

छेन्दु: चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ झियाहोऊसँग भेटवार्ता गरेका छन् । सिचुवान प्रान्तीय जनकांग्रेसका स्थायी समिति अध्यक्षसमेत रहेका वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग प्रचण्डले द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी विज्ञप्तिको स्मरण गरे । उनले छुङकिङ, तिब्बत र सिचुवानको भ्रमणका क्रममा पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । चीनसँगको पारवहन सन्धिको कार्यान्वयनले अब भूपरिवेष्ठित होइन भू–सम्बन्ध जोड्ने देश भएको प्रधानमन्त्रीले…

Read More

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका कर्मचारीलाई तुरुन्त रमाना दिन निर्देशन दिएको छ । रमाना भएर जानुपर्ने धेरै कर्मचारीले हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश र स्थानीय तहलाई रमाना दिन निर्देशन दिएको हो । मन्त्रालयले नियम बमोजिम सरुवा, पदस्थापन, कामकाज, काज र काज फिर्ताका निर्णय बमोजिम नै रमाना दिन भनेको हो । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतसहित संघीय निजामती कर्मचारीलाई प्रचलित कानून बमोजिम रमाना लिन निर्देशन दिएको छ । मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम…

Read More

डडेल्धुरा : डडेल्धुरादेखि डोटी जोड्ने केआइसिंह राजमार्गका विभिन्न स्थानमा ऐना राखिएको छ । केआइसिंह राजमार्गमा जोखिमपूर्ण घुम्तीहरू हुँदा बर्सेनि सवारीसाधन एक–आपसमा ठोक्किएर हुने दुर्घटना न्युनिकरण गर्न सडक डिभिजन कार्यालय कुलपाते डोटीले ऐना राखेको हो । कार्यालयका इन्जिनियर पदम पन्तका अनुसार स्याउलेदेखि सिलगढीसम्म सडकको १७ स्थानमा ऐना राखिएको छ । उनका अनुसार पहिलो चरणमा आवतजावत गर्ने क्रममा सवारीसाधन आएको नदेखिने अवस्थामा रहेका घुम्तीमा ऐना राखिएको छ । ‘सडक दुर्घटना न्यूनिकरणका लागि घुम्तीमा ऐना राख्ने कार्यको असारदेखि सुरुवात भएको उनले बताए । यस वर्ष महाकाली र सेती राजमार्गका विभिन्न स्थानमा ऐना राख्ने कार्यक्रम रहेको पनि उनले बताए । सडकमा ऐना राखेदेखि निकै…

Read More

हुम्ला: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौँबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो । नाम्खा–५ का पेमा आङ्मु तामाङका अनुसार आफूले खरिद गरेर लिमिटेडले ढुवानी गरेको अनुदान चामल कुहिएको भेटिएको बताए । एक घरधुरीलाई चार बोराका दरले बिक्री गरिएको थियो । उनले त्यसमा दुई बोरा चामल कुहिएको भेटिएको बताए । उनले आफ्नो मात्र नभई अधिकांश खाद्यान्न पाएका घरपरिवारको कुहिएको चामल डल्लैडल्ला परेको भेटिएको बताए । २५ किलोको बोरा चामलको मूल्य रु दुई हजार तीन सय ७५ मा…

Read More

टीकापुर : कैलालीको टीकापुरमा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागुऔषधका क्रममा पक्राउ परेका व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता गरेका छन् । प्रहरीले लागुऔषधका बारेमा निष्पक्ष भएर छानविन गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने प्रतिबद्धता पनि कार्यक्रममा गरिएको छ । टीकापुरमा संवाद समूहले गरेको छलफलमा यस्तो प्रतिबद्धता राजनीतिक दल, प्रहरी प्रमुख र सरोकारवालाले गरेका हुन् । टीकापुर क्षेत्रमा लागुऔषधको कारोबार बढेपछि संवाद समूहले सरोकारवाला पक्षसँग छलफल चलाएको हो । छलफलमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्ने बताए। “हामी कडारूपमा…

Read More

काठमाडौँ : अभिनेता अनमोल केसी पक्राउ परेका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

Read More

काठमाडौं : भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घूस रकमसहित रंगे हात पक्राउ परेका छन्। उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो। घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। नासु र खरिदारले सेवाग्राहीसँग घूस मागेको उजुरीपछि अख्तियार सक्रिय भएको थियो ।

Read More

काठमाडौँ : दोलखा प्रहरीले थप ३ किलो अवैध सुन विगु गाउँपालिका–३ जामुनेबाट बरामद गरेको छ । विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चीनबाट अवैधरुपमा ल्याएर लुकाएको थप ३ किलो सुन शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो । अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप ३ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । हालसम्म तस्करले ल्याएको ७ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार चीनको रोङजिया नाका ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ…

Read More