Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ सुन्दरखालीका अन्दाजी २३ वर्षीय चक्रराम लावड झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। दशरथचन्द नगरपालिका–२ सुन्दरखाली घर भएका उनी दशरथचन्द नगरपालिका २ कै थलालगाउँका स्थानीय दानसिंह थलालको गोठमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। बालुवा राखेको गोठमा गएर उनले ढोका लगाएर पासो लगाएको अवस्थामा फेला परेका हुन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ : काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो। भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ । त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ। प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए।

Read More

काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार रूपैयाँले घटेको हो। मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १५ हजार रुपैयाँमा कारोवार भइरहेको छ। साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। मंगलबार १ हजार ४ सय २० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौं : दशैंमा चिनीको अभाव भोगेका उपभोक्ताले तिहारमा पनि भोग्नु पर्ने भएको छ। सरकारले चाडपर्वलक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्ने निर्णय गरेकोमा खरिद गर्न असफल भए पछि तिहारमा पनि अभाव हुने भएको हो। दशैंमा उपभोक्ताले किलोको एक सय ५० रुपैयाँ तिर्दासमेत चिनी पाएका थिएनन्। कर्पोरेसन र खाद्य कम्पनीले दसैँ अगाडि नै चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेकोमा खरिदमै प्रतिकिलो एक सय ४२ रुपैयाँ तिर्नुपर्ने प्रस्ताव परेको छ। त्यसमा पनि भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ। अब…

Read More

बाजुरा: बाजुरामा एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुविन्द्र भण्डारी रहेका छन्। मङ्गलवार दिउँसो सोही ठाँउ स्थित कर्णाली नदीमा नुहाउने क्रममा सुबिन्द्र बगेर बेपत्ता भएकाको प्रहरीले जनाएकाखे छ। सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुड्डी बाजुराबाट खटिएको टोलीले उक्त नदीमा उनको खोजतलास तथा घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Read More

पोखराः संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ। प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए। गुटेरेस हेलिकप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए। हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो। तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत रहेका थापाले जानकारी दिए।

Read More

धनगढी : भारतबाट घर फर्किरहेका दुई जना नेपाली कामदार बाटोमै लुटिएका छन्। भारत उत्तराखण्डको हरिद्वारमा लुटिएका उनीहरू अलपत्र अवस्थामा बुधबार गड्डाचौकी पुगेका हुन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’ गाउँका २१ वर्षीय सुशान्त तामाङ र २३ वर्षीय दिनेश तामाङ लुटिएका हुन्। सुशान्तको ४० हजार भारु, लुगा कपडा र मोबाइल तथा दिनेशबाट पनि ५० हजार भारु, लुगा कपडा र मोबाइल लुटिएको हो। दुवैजना लेह–लद्दाखमा मजदुरी गरेर तिहारका लागि घर फर्किरहेका थिए। हरिद्वारमा सुर्खेत घर बताउने एक जना नेपालीले होटेलमा लगेर चिया बिस्कुट खान दिइ उनीहरूलाई बेहोस् बनाएका थिए। बुधबार बिहानै गड्डाचौकी पुगेका उनीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने…

Read More

बारा: बाराको कलैया उपमहानगरपालिका-६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ। बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए। .हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ। सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो। सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए। गोली…

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल भारतको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे सुरु हुनेछ। आजको खेलमा दुवै टोली सेमिफाइनलको यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन्। आज पराजित हुने टोलीले सेमिफाइनलमा प्रवेश गर्नका लागि अर्को खेल कुर्नुपर्ने हुन्छ। जारी विश्वकपमा ६ मध्ये ५ खेल जितेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने ४ खेल जितेको न्युजिल्याण्ड तेस्रो स्थानमा छ। दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच एकदिवसीय विश्वकपमा अहिलेसम्म ८ खेल भएका छन्। जसमा न्युजिल्यान्ड ६ र दक्षिण अफ्रिका दुई खेलमा विजयी भएका थिए।

Read More

डडेल्धुराः गन्यापधुरा गाउँपालिका–२ बडालस्थित गणेशपुर स्वास्थ्य चौकीमा आँखा जाँच तथा निःशुल्क औषधी वितरण गरिएको छ। डडेल्धुरा जेसीजले जेसीज सप्ताह कार्यक्रम अन्र्तगत मंगलबार गणेशपुर स्वास्थ्य चौकीमा आँखा जाँच तथा निःशुल्क औषधी वितरण गरेको हो। अन्नपूर्ण अप्टिकल, च्यारिटी हेल्थ फाउन्डेसनसँगको सहकार्यमा जेसीज डडेल्धुराले आँखा शिविरको आयोजना गरेको थियो। एक दिने शिविरमा १२० जनाले आँखा जाँच गराउनुका साथै निःशुल्क औषधी प्राप्त गरेका छन्। २० जनाको आँखामा मोतिबिन्दु भरिएको पाइएकाले अप्रेसन गर्नुपर्ने देखिएको नेत्र सहायक लक्ष्मी डालामगरले जानकारी दिइन्। गाउँकै स्वास्थ्य चौकीमा आँखा जाँच तथा निःशुल्क औषधी शिविरबाट आँखा जाँच गर्न पाएको गन्यापधुरा गाउँपालिका–२ का ७१ वर्षीय प्रताव नेपालीले खुसी व्यक्त गरे। गाउँमै आँखा…

Read More