Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको सरुवा गरेको हो । सरुवाका क्रममा उपत्यकालगायत देशभरका महत्वपूर्ण मानिएका राजश्व कार्यालयका प्रमुख कर अधिकृत पनि फेरबदल भएका छन् । सूचीसहित: Mof-Under-Secretary-SaruwaDownload

Read More

काठमाडौँ : हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको छ । हङकङबाट ल्याएको ६० किलो ७ सय १७ ग्राम सुनबारे अनुसन्धान पुरा गरेर ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाइएको हो । ब्यूरोले अनुसन्धानको मिशिल बुझाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्यूतमणी न्यौपानेले बताए । थुनामा रहेका ३२ जनामध्ये २६ जनालाई मात्र प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ । रोल्पा घर भएकी अमला रोका सहित १८ जनालाई फरार प्रतिवादी कायम गरिएको छ । रेडीट्रेड…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा राखेकी छन् । जापानको टोकियोमा ‘द फाउण्डेशन अफ द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल’ले आयोजना गरेको एसियास्तरीय सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्दै सांसद डा.राणाले सो धारणा राखेकी हुन् । उनले जलवायु परिवर्तनले पारेको असर कम गर्न जडीबुटी प्रशोधनका लागि आधुनिक प्रविधिका साथै उनीहरुद्वारा उत्पादित परम्परागत औषधिजन्य वस्तुको बजार सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहेकी डा राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मात्रै नभइ नेपालका लागि ठूलो समस्या…

Read More

काठमाडौँ: संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन् । महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ । हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ । रासस

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका-७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुससहित पक्राउ परेकी हुन् । हाजिर गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १४ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई आज नियन्त्रणमा लिएको बताइएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन् । “विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन् ।” खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडेको उनको भनाइ छ । जुट कुहाउन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा अनुमती बिना सञ्चालन गरिएका दुई अस्पताल बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले अनुगमनका क्रममा अनुमती बिना सञ्चालन गरेको पाइएपछि धनगढीकाे स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेष्लिटी हस्पिटल र संजिवनी हस्पिटलमा ताला लगाइएको हाे। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकबहादुर कार्कीले स्थानीय प्रशासनकाे निर्देशनपछि दुवै अस्पताल बन्द गरिएको जानकारी दिए। उनकाअनुसार प्रशासनले एक दिनको समय दिदै अस्पताल बन्द गर्न निर्देशन दिएको थियोे तर अटेरी गरेपछि बुधबार दुवै अस्पताल बन्द गरिएको हाे।

Read More

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै ६१ किलो सुन तस्करी प्रकरणमा ब्रेक शुबाट ३ सय २ किलो सुन तस्करी भएको निष्कर्ष निकालेको छ । रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाइ छिपाइ अवैध पैठारी गरेको झण्डै ६१ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भइ आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको झण्डै ३ सय २ किलो सुन अवैध पैठारी भएको सीआईबीले जनाएको छ । सीआईबीले रेडी ट्रेडसहितका ७ कम्पनीविरुद्ध ३ अर्ब ५० करोड दुई लाख १६ हजार पाँच सय ५२ रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गर्न जिल्ला अदालत काठमाडौँलाई राय दिएको छ । आज पत्रकार सम्मेलन…

Read More

भोजपुर: पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका–५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिए । बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा–५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उनले बताए । “हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ । यसलाई थप फैलन…

Read More

दमौली: तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको डेङ्गुबाट मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे । अधिकारीले डेङ्गु सङ्क्रमण परीक्षणका लागि किट पर्याप्त मात्रामा रहेको जानकारी दिए । उनले भने, “दमौली अस्पतालमा डेङ्गु परीक्षणका लागि किट पर्याप्त मात्रामा छ ।” गत वर्ष जिल्लामा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या एक सयभन्दा बढी थियो । लामखुट्टेको…

Read More