Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा अज्ञात समूहले आगजनी गरेको छ ।विद्यालयका प्रधानाध्यापक पदमराज लेखकका अनुसार अफिस कोठाको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ । आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका बताइएको छ । आगजनी कसले गरे भन्ने खुलेको छैन । मंगलवार राति आगजानी भएकोमा बुधवार बिहानमात्रै जानकारी पाएको प्रधानाध्यापक लेखकले बताए । यस्तै, विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलबाट पनि ९ हजार ३ सय मूल्य बराबरको धनमाल चोरी भएको छ । आगजनी र चोरीको विषयमा निवेदन आएको र आगजनी र चोरी गर्ने समूहको खोजी…

Read More

बैतडी: बैतडीको पुर्चौँडी नगरपालिका१ हडफोड भन्ने ठाउँमा जिप दुर्घटना भएको छ । बिहीवार बिहान ११ बजेतिर ग१ज ६६११ नम्बरको जिप हाट–भटना कच्ची सडकमा पल्टिएको पुरघाट प्रहरी चौकीले जनाएको छ । प्रहरीका अनुसार मान्छे पुर्याएर हाटतिर फर्किरहेको अवस्थामा जिप पल्टिएकाले मानवीय क्षति भएको छैन ।

Read More

धनगढीः थारू समुदायको अट्वारी पर्व यस वर्ष भदौ ३१ गते परेको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतवार तथा कुशेऔँसी पछिको पहिलो आइतवारका दिन अट्वारी पर्व मनाइन्छ। यसैबीच, थारु बाहुल क्षेत्र रहेको कैलारी गाउँपालिकाले अट्वारी पर्वमा भदौ ३१ र असोज १ गते दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।

Read More

काठमाडौँ: तेक्वान्दोका ओमम्पियन समेत रहेका खेलाडी दिपक विष्टलाई सम्मान गरिएको छ। अमेरिकाको एक राज्यले विष्टलाई सम्मान गरेको हो। अमेरिकाको कनेक्टिकट राज्यबाट विष्टले प्रमाणपत्रसहित सम्मान प्राप्त गरेका हुन्। विष्टले सो सम्मान पाएपछि गर्व महसुस भएको बताए। खेल क्षेत्रमा योगदान गरेको भन्दै उनलाई सम्मानित गरिएको हो। विष्ट सुदूरपश्चिमको (कंचनपुर) घर भएका खेलाडी हुन्।

Read More

बाजुरा: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल…

Read More

धनगढी: भारतमा चोरीको एक करोड रकमसहित ९ जना नेपाली पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमाना जोडिएको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रमा ९ जना चोरीको रकमसहित समातिएका बताइएको छ। उनीहरुले सोमवार राति दिल्लीबाट उक्त मात्रामा पैसा चोरेर ल्याएकोमा मंगलवार राति पक्राउ परेका बताइएको छ। पक्राउ पर्नेहरुको नाम खुलाइएको छैन। यसबारे भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्रलाई समेत विस्तृत विवरण दिएको छैन। पक्राउ परेकाहरुमध्ये बाजुरा, अछाम र बझाङका रहेको पाइएको छ। सशस्त्र सुदूरपश्चिमका डिआइजी कुमार न्यौपानेले पनि भारतीय प्रहरीले चोरी गरेको पैसासहित नेपाली पक्राउ परेको जानकारी आएको बताए। यस्तै, उनले त्यहाँको प्रहरीले उनीहरुलाई समातेकाले नेपालको सशस्त्रसंग समन्वय नगरेको बताए।

Read More

काठमाडौं: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको विषयमा छलफल भएको छ। दार्चुलामा हिजो उक्त विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको हो। केही समयअघि महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको थियो। छलफलमा आफ्नो पक्षबाट कमजोरी भएको भारतीय पक्षले स्वीकार गरेकाे छ। र, आगामी दिनमा यस्तो अवस्था दाेहाेरिन नदिन गम्भीर रहेको उसले बतायो। छलफलबाट एक-आपसमा सम्पर्क, समन्वय बढाउनुपर्ने दुवै पक्षले निश्कर्ष निकालेको थियो। दार्चुलापारी एसएसबीको दादागिरी, बर्दिधारीलाई छुट, जनप्रतिनिधिलाई अवरोध

Read More

दार्चुला: दार्चुलाको नेपाल-भारत जाेड्ने झाेलुङ्गे पुलबाट एक जनाले महाकाली नदीमा हाम फालेका छन्। महाकाली नगरपालिका-४ पुलघाट स्थित नेपाल-भारत जाेड्ने बीच पुलबाट महाकालीमा हाम फालेकाे एक प्रत्यक्षदर्शीले बताए। उनकाे सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खाेजी गरिरहेका छन्। भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले उनीसँग पहिचान पत्र मागेकाे तर उनकाे साथमा कुनै परिचयपत्र नभेटिएकाले उनलाई नेपाल फर्काएकाे बताइएको छ। त्यसपछि उनले पुलबाट महाकाली नदीमा हाम फालेकाे खुलेको छ।

Read More

काठमाडौं: सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी नायिका एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किन लागेको बताइएको छ। राजीनामा अस्विकृत भएपछि एलिजा गौतम पुनः नागरिक उन्मुक्ति पार्टीमा फर्किने पार्टीका संरक्षक रेसम चौधरीले जानकारी दिएका छन्। गौतम असोज १२ र १३ गते हुने केन्द्रीय समितिको बैठकमा समेत सहभागी हुने चौधरीले बताए। गत असार २ गते धरान पुगेकी उनले मेयर हर्क साम्पाङको कामबाट प्रभावित भएको भन्दै आफूले सक्रिय राजनीतिबाट बिदा लिएको र आगामी दिन समाजसेवामा सक्रिय हुने बताएकी थिइन्। गत माघ १४ गते उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन्।

Read More

कैलाली: भारतमा चोरी गरेर नेपाल छिरेका ३ नेपाली गौरीफन्टाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङका २१ वर्षीय राजु खड्का, २१ वर्षीय विकास कुमार र किरण ३४ वर्षीय किरण खड्का रहेका छन् । उनीहरुले आफै काम गर्ने भारतको कर्नाटकका एक व्यापारीको घरमा चोरी गरेका थिए। उनीहरुलाई ६१ हजार नगद र १७ लाख बराबरको एक सय ६० ग्राम सुन चोरी गरेर नेपाल ल्याइरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुलाई पक्राउ गरी लखिमपुर अदालतमा पठाएको छ।

Read More